धरान । सुनसरी धरान उपमहानगरपालिका–१७ का २८ वर्षीय भोजराज चौहानलाई प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ गरेको छ ।
आइतबार राति सवा ९ बजेतिर लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानले निजको घर तथा कोठामा खानतलासी गरी लागूऔषध बरामद गरेको हो । प्रहरीले विभिन्न नामका २ सय ८० ट्याब्लेट लागूऔषध बरामद गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।































