सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाइ रहँदा विभिन्न शहरहरूले पनि पर्यटन प्रवद्र्धनमा उल्लेख्य मात्रामा पर्यटन मैत्री कार्यक्रम गरेको जग जाहेरै छ । भ्रमण वर्षलाई नै लक्षित गरेर धरान उप महानगर पालिकाले पनि घुमौ धरान अर्थात् भिजिट धरान को अवधारणा अनुरूप धरानमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् ।जुन कार्यक्रमले परम्परागत रूपकै रमाइलो मेला, सडक महोत्सव, विभिन्न औद्योगिक प्रदर्शनी खाना महोत्सव लगायतका दर्जनाै र शहरबाहिरका उत्पादनका मेलालगायतका दर्जनौ नाममा हुने कार्यक्रमले साँचिकै आन्तरिक पर्यटन प्रवद्र्धन गरेकै छ त ?

सोच्ने बेला आएको छ । धरानमा सञ्चालित ट्राभल एजेन्सी, होटल व्यवसायीदेखि देशका विभिन्न शहरदेखि धरान भित्रिने बस सेवा का व्यवसायीहरू धरान शहरका विभिन्न स्थानीय रुटमा चल्ने सिटी सफारी व्यवसायी एवम् चालकहरू, टेम्पो व्यवसायी साथै चालकहरूमा पर्यटकलाई गर्ने पर्यटक मैत्री व्यवहारको सामान्य जानकारी नहुँदा पर्यटकले सही सूचना पाउन नसक्दा धरान घुमाइ अलि पूर्ण हुन नसकेको गुनासो पहिलो पटक धरान आउने पर्यटकबाट आउने गरेको पनि छ । यस्तो अवस्थामा पर्यटकले कस्तो खालको प्रचार गर्छन् होला हामी सबैले अनुमान लगाउन सक्छौं । एक जना पर्यटक धरान आउँदा माथि उल्लेखित सम्पूर्ण व्यवसायलगायत सामान्य चिया पसल, पान पसल सम्ममा यसको प्रत्यक्ष प्रभाव पर्ने भएका कारणले पनि यी ससाना कुरामा हामी ले ध्यान दिनु जरुरी छ जस्तो लाग्छ ।

धरान शहर लाहुरेहरूको शहर भनेर देशै भरि र साथै छिमेकी राष्ट्र भारतको पश्चिम बङ्गाल सिक्किममा समेत परिचित छ । धरान कहिले पनि नआउनेको दिमागमा धरान देशकै आधुनिक शहरको रूपमा लिन्छन् धरानका प्रायः धेरै लाहुरे परिवार विश्वका विकसित मुलुक र त्यहाँको पर्यटकीय स्थल, बाटोमा चल्ने बस, साना गाडी, साइकल यात्री, पदयात्रीहरूले पालन गरेको अनुशासनले पक्कै पनि धरान शहरलाई प्रभावित पारेको होला भन्ने ठान्ने गर्छन् । तर, यहाँ त्यसको विपरीत पाउँदा पर्यटकमा धरान शहरप्रति बनाएको धारणा फेरिन्छ । त्यसैले हामी सबै धरान बासीले हाम्रो धरान राम्रो धरानको यो शाखलाई गिर्न नदिनका लागि यी कुरा हरूमा ध्यान दिनैपर्ने बेला आएको छ । धरान धार्मिक, सांस्कृतिक, ऐतिहासिक, वातावरणीय रूपमा निक्कै धनी छ । यसको उचित उपयोग गर्न सकेमा भने यसबाट धरानले धेरै भन्दा धेरै फाइदा लिन सक्छ ।

धरान शहरलाई केन्द्रमा राखेर पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिन्छ । जस्तै धार्मिक पर्यटन पञ्चकन्या मन्दिर, बुढा सुब्बा मन्दिर, दन्तकाली मन्दिर, पिण्डेश्वर महादेव मन्दिर, विश्वकर्मा मन्दिर, विष्णुपादुका मन्दिर, श्याम चोक स्थित बौद्ध गुम्बा, इसाई धर्मावलम्बीको आस्थाको केन्द्र चर्च, इस्लामिक मस्दिजका साथै किरात धर्म सम्बन्धित रहेको ऐतिहासिक तथा धार्मिक स्थल, ओशो महानिर्वाण केन्द्र, इस्कोन मन्दिर, प्राचीन हरिद्वारको रूपमा परिचित चतराधाम जहाँ अर्ध कुम्भ मेला, कुम्भ मेला हुने गर्दछ, त्यस्तै गरी बराह क्षेत्र मन्दिर, कोकाह नदीको उद्गम स्थल, पाथीभरा मन्दिरमा हुने क्रियाकलापले कुनै न कुनै रूपमा यहाँ धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको प्रमाणित गर्दछ । यसै गरी साहसिक पर्यटनको रूपमा प्याराग्लाइडिङ, मोटरबोट जलयात्रा, तमोर, दुध कोशी र सप्तकोशीमा ¥याप्टिङ, साइकल यात्रा, हाइकिङ, ट्रेकिङ, जङ्गल सफारी (साइकल,जीप,हात्ती) क्यानोइङ जस्ता क्रियाकलापले साहसिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

साथै धरान आसपास रहेका पर्यटकीय स्थल मोरङको केराबारी गाउँपालिका मा रहेको सप्तकन्या गुफा, सुन्दर झरना त्यहाँ पाइने अग्र्यानिक खानेकुरा, स्थानीय उत्पादन साथै विश्व सिमसार क्षेत्रमा सूचीकृत बेतना सिमसार, ताल तलैया क्षेत्र त्यहाँको ढुङ्गामा कुँदिएका सुन्दर कलाकृति, इमानसिङ चेम्जोङ पार्क (रास ताल ), धरान वडा नम्बर २० अवस्थित ब्रिटिश लाहुरेद्वारा निर्मित स्मारक पार्कले पर्यटकलाई लोभ्याइरहेका छन् । ऐतिहासिक स्थलहरू पञ्चकन्या जङ्गलमा अवस्थित किराती राजाको प्राचीन दरबार, साँगुरी गढी दरबार चाल्र्स भ्यू टावर, राजारानी ताल, ओख्रे भ्यू टावर, चिण्डे डाँडाको राम्रो प्रचार प्रसार गर्न सके हामीले पर्यटन विकासमा केही विकास गर्न सक्छाँै भन्ने विश्वास छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्र अहिले खासै आकर्षणको केन्द्र बन्न सकेको छैन । त्यसको विकासमा पर्यटन बोर्डको ध्यान जानु जरुरी छ । वन्यजन्तु संरक्षणका लागि सुनसरी, मोरङ, उदयपुरमा रहेको चारकोशे जङ्गललाई राष्ट्रिय निकुञ्जको रूपमा स्थापित गरी अगाडि बड्नु आजको आवश्यकता हो । प्रकाशपुरमा अवस्थित म्युजियमलाई तत्काल व्यवस्थित गर्नु जरुरी छ । धरानदेखि उत्तर तर्फ धनकुटा, हिले, बसन्तपुर, तिनजुरे, मिल्के, जलजले, गुफा पोखरी, सभा पोखरी, मकालु आधार शिविर, ताप्लेजुङ पाथीभरा मन्दिर, कञ्चनजङ्घा आधार शिविर, सन्दकपुर, श्रीअन्तु डाँडालगायत धेरै पर्यटकीय स्थलहरू स्पेसल टुर प्याकेजको रूपमा अगाडि सार्न सकिने देखिन्छ । यसै गरी खेल पर्यटनको माध्यमबाट पनि धरानलाई अगाडि बढाउन सक्ने प्रचुर सम्भावना छ .

बुढा सुब्बा गोल्ड कप, धरान रन जस्ता प्रतियोगिता धरानले गर्व गर्न लायक प्रतियोगिताहरू हुन् । त्यस्तै गल्फ प्रतियोगिता, साइकिलिङ च्याम्पियनशिप प्रतियोगिता बास्केटबल प्रतियोगिता साथै स्वास्थ्य सम्बन्धी पर्यटकलाई पनि आकर्षित गर्ने आधार भएकाले यसका लागि स्वयम् जनता, व्यवसायी र स्थानीय सरकार केही सचेत र एकताबद्ध भई केही सामान्य कार्य गर्नु जरुरी देखिन्छ । ती जरुरी सामान्य कार्य यी रहेका छन् : 
– पर्यटकीय स्थलको जानकारीमूलक ब्रोसर र होर्डिङ बोर्ड राख्ने ।
– ठाउँठाउँमा पर्यटक सूचना बोर्ड राख्ने ।
– पर्यटक सूचना केन्द्र स्थापना गर्ने ।
– सम्पूर्ण व्यवसायीलाई पर्यटन मैत्री तालिमको व्यवस्था गर्ने ।
– प्लास्टिकजन्य पदार्थको उचित व्यवस्थापन गर्ने ।
– ठाउँठाउँमा सार्वजनिक शौचालयको निर्माण गरी सरसफाइको विशेष व्यवस्था गर्ने
– सुरक्षाको पूर्ण प्रत्याभूति दिने ।
– सार्वजनिक सवारी साधन प्रयोग गर्नेका लागि नगर बस सञ्चालन गर्ने
– पञ्चकन्या, विजयपुर, दन्तकाली, पिण्डेश्वर मन्दिर गौधारा एक तर्फी सवारी सञ्चालन गर्ने ।
– पञ्चकन्या मन्दिर, विष्णुपादुका मन्दिर परिसर भन्दा कम्तीमा ५०० मिटर वरिपरि सवारी साधन निषेधित क्षेत्र बनाउने ।
– सकेसम्म वातावरण मैत्री सवारी साधनको प्रायोग गर्ने ।
– सवारी चलाउँदा ट्राफिक नियम सधैं पालना गर्ने
– मूल सडक पार गर्दा पदयात्रीले सधैं जेब्राक्रस प्रयोग गर्ने ।
– सवारी आवागमनमा सहजता बिग्रेको भत्केको सडकले शहरको सुन्दरता हराइरहेको छ यसको तुरुन्त मर्मत सम्भार गर्ने ।
यस्तै यस्तै सामान्य कुराहरूमा बानी बसाल्न सकेमा मात्रै पनि धरानको सभ्य धरानको गरिमालाई जोगाउँदै पर्यटन विकासमा धेरै फड्को मार्न सक्ने सम्भावना रहेको देखिन्छ ।
न्त्यमा भ्रमण बर्ष २०२० को एना घुमौ धरान बन्न सकोस् ।