इटहरी । एक नम्बर प्रदेशको स्थायी राजधानी इटहरी हुनु पर्ने आधार सहित इटहरीबासीले माग राखेका छन । प्रदेश एककै केन्द्रबिन्दु इटहरीलाई प्रदेशको राजधानी बनाउँनुको विकल्प नरहेको भन्दै इटहरीबासीले राजधानी बनाउँन धारणा प्रस्तुत गरेका हुन । इटहरीको हावापानी, बसोबास, विकास र चारैतर्फ आउन जान सहज सँगै प्रदेशका दुई ठूला शहरहरु, धरान र विराटनगरको केन्द्रमा पर्ने भएकोले पनि इटहरी राजधानी उपयुक्त हुने इटहरीबासीले तर्क राख्दै आएको छन ।
प्रदेश एकको राजधानी इटहरी राख्नुको विकल्प नभएको वताउँछन इटहरी राजधानी संर्घष समितिका सहसंयोजक समिर कार्की । इटहरी अन्य शहरहरुको तुलनामा राजधानी राख्न उपयुक्त शहर भएको भन्दै प्रदेश सरकारले इटहरीलाई राजधानी तोक्नु पर्न माग गरे । हामीले इटहरीलाई राजधानी त्यतीकै मागेका छैनौ राजधानी हुने योग्य शहर भएर हो । पूर्वी पहाडी जिल्लाहरुलाई समेत सहज हुने गरी इटहरीलाई राजधानी नतोकिए आन्दोलन गछौ कार्की भन्छन् ।
प्रदेशको नामकरण र स्थायी राजधानीको विषय निकै पेचिलो बन्दै गर्दा इटहरीका पत्रकार हिमाल दाहालको टिमले इटहरीलाई प्रदेशको राजधानी बनाउँने आधार सहितको भिडियो तयार गरीएको छ । यस अघि इटहरी उपमहानगरपालिकाले राजधानी बनाउँने आधार सहितको प्रतिबेदन तयार गरेको र त्यही आधारमा इटहरी राजधानी बनाउँने र मन्त्रालयहरु बस्ने भवन सहितको भिडियो तयार पारिएको हो ।
प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा छ । तर, स्थायी राजधानीका विषयमा विवाद छ । स्थायी राजधानीका लागि सांसदहरूले विराटनगर, इटहरी, धनकुटा र मोरङको गोठगाउँको नाम चर्चामा ल्याइरहेका छन् । तर एमालेका सांसद सर्वध्वज सावाले भने संसदमै इटहरीलाई प्रदेशको राजधानी बनाउँन माग गरेका थिए ।
यी हुन मन्त्रालय बस्न योग्य इटहरीका प्रस्ताबित भबनहरु
यी भवनहरु इटहरीको जुटविकासमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र रेशम प्रशोधन केन्द्रमा ४५ विगाहा जमिन छ । तीन वटा आधुनिक भवन छन् । क्वार्टर बाहेकै ८० वटा कोठा छन् । सात वटा सभाहल छन् । यो ठाउँमा प्रदेशको मूख्य प्रशासनिक केन्द्र राख्न उपयुक्त हुने इटहरीबासीको भनाई छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय हो । २ विगाह ७ कठ्ठा क्षेत्रफल यो कार्यालयसँग छ । ७ वटा भवनमा जम्मा ३२ वटा कोठा छन् । यो कार्यालयमा एउटा मन्त्रालय राख्न सकिन्छ ।
किरात राई यायोक्खाको सामुदायिक भवन यहाँ एक विगाहा ७ धुर जमिन छ । एउटा अत्याधुनिक भवन छ जहाँ प्यारापिट, एट्याच कार्यकक्ष तथा बाथरुमसमेत छ । अन्य ८ वटा कोठाहरु छन् । जहाँ कार्यालयहरु राख्न सकिन्छ । प्रदेश सांसद सचिवालय तथा सभाकक्ष यो भवनलाई बनाउँदा साह्रै राम्रो हुन्छ । तरहरामा रहेको कृषि अनुसन्धान केन्द्र यहाँ १ सय ५६ विगाहा जग्गा छ । तीन वटा भवनमा गरेर ३० वटा कोठा छन् । अन्य तीन वटा पुराना भवनमा थप ३० वटा कोठा छन् । एउटा सभाहल छ । यो भवन गभर्नर कार्यालयको लागि उपयुक्त हुन सक्छ । आन्तरिक राजस्व कार्यालयको भवन जहाँ ८ कठ्ठा जग्गामा बनेको भवनमा २० वटा कोठा छन् । एउटा सभाहल छ । यो भवनमा एउटा मन्त्रालय राख्न सकिन्छ । कृषि सामाग्री कम्पनि, राष्ट्रिय विउ विजन कम्पनि र नेपाल खाद्य संस्थानको कार्यालय रहेको चार विगाहा क्षेत्रमा दुई वटा भवन छन् । जहाँ १६ वटा कोठा छन् । एउटा सभाहलसहितको यो कार्यालयमा ६ वटा पुराना भवनसमेत छन् । यहाँ पनि एउटा मन्त्रालय राख्न सकिन्छ । यस्तै निर्माणाधिन उद्योग वाणिज्य संघ इटहरीको भवन ७ कठ्ठा क्षेत्रफलभित्र बनेको छ । चार तला गरेर ४० कोठाको यो भवनमा १५०० भन्दा बढी अट्ने दुई वटा सभाहलसमेत छन् । अर्को एउटा पुरानो भवन छ, जहाँ ६ वटा कोठा छन् । यहाँ एउटा मन्त्रलय राख्न सकिन्छ । संगीत साधना केन्द्र सामुदायिक भवनको १० कठ्ठा क्षेत्रफलभित्रको भवनमा दुई वटा सभाहल छन् । ६ वटा अत्याधुनिक कोठा पनि छन् । यहाँ पनि एउटा मन्त्रालय राख्न सकिन्छ ।
प्रदेशको नाम के हुन्छ ? यसअघिका मेची, कोसी, सगरमाथा अञ्चल मिलेर बनेको प्रदेश नं १ मा सोही नाम चर्चामा छन् । विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथा यही प्रदेशको सोलुखुम्बु जिल्लामा पर्ने भएकाले पनि प्रदेशको नाम पनि सगरमाथामा राख्न सकिने धेरैले बताउँदै आएका छन । सबै जातजाति र समुदायको समग्र प्रतिनिधित्व हुने र विश्वपरिचित नाम भएकाले सगरमाथा नै उपयुक्त हुने एमाले केन्द्रीय सचिव तथा प्रदेश १ का सासंद भीम आचार्यले बोलिसकेका छन । तथापी प्रदेश १ मा लिम्बुवान, किराँत, कोच, विराट, कञ्चनजंघा, विजयपुरलगायतको नाम चर्चामा छन् । प्रदेश सभाको दुईतिहाइले प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने संवैधानिक व्यवस्था छ ।
नामकरण र राजधानी तोक्न माग प्रमुख प्रतिपक्ष नेपाली काग्रेसका संसदीय दलका नेता राजिब कोईरालले पछिल्लो समयमा प्रदेशको नामकरण र स्थायी राजधानीको विषय हाउसमा प्रवेश चाडो गराउँन माग गरेका छन । प्रदेशको नामरकण र राजधानीको विषयमा समाजिक सञ्जालहरुमा ब्यापक भएको भन्दै नामरकण र राजधानीको विषय टुंगो लगाउँन उनको माग छ । सरकार पक्षले यस विषयमा गम्भिरता पूर्बक निर्णय गर्नु आवश्यक रहेको संसदीय दलका नेता कोईरालाले वताए । अहिले प्रदेशको नामकरण र स्थायी राजधानीको विषयमा टुंगो लगाउँदै अगाडी बढ्नुको विकल्प नरहेको उनको तर्क छ । नामकरण र स्थायी राजधानीको विषयमा चाडै हाउसमा कुरा उठाउँने उनको भनाई थियो । प्रदेश १ मा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १६, संघीय समाजवादीका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र १ जना सांसद छन् ।