ताप्लेजुङ । किराँतहरुको महान पर्व चासोक तङनाम अर्थात ‘न्वागी पूजा’ पुर्वि पहाडि जिल्ला ताप्लेजुङमा भव्यताको साथ मनाईएको छ । लिम्बु समुदायको बढि बसोबास भएको ताप्लेजुङमा आज झाँकि सहितको र्रयाली, परम्परागत पोशाकको प्रदर्सन सहित मनाईएको हो । च्याबु्रङ र धान नाचले विषेश आकर्षण बढाए पनि अधिकाँसको ध्यान परम्परागत काठको रोटे पिङले तानेको थियो ।

सदरमुकाम स्थित भानुजन माविको खेल मैदानमा आयोजना गरीएको चासोक तंङ्नाम विषेश कार्यक्रम नजिकैको खुल्ला चौउरमा काठे पिङ पनि राखिएकाले बालक देखि युवा हुँदौ बृद्धबृद्धाको भिडनै लागेको थियो । लिम्बु समुदायले बनाउने परीकारको स्टल सहितको सो कार्यक्रममा जिल्लाका कार्यालय प्रमुख सहित सुरक्षा निकायका प्रमुख व्याक्तिहरुले पनि आज सार्वजनीक विदा परेकाले सोहि क्षेत्रमा दिन कटाएका छन् । विशेष गरी राई, लिम्वू, सुनुवार र याक्खा जातिले मंसीर पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर आजको दिन न्वागी पूजा गर्ने चलन रहेको छ । प्रत्येक वर्ष मंसीर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दुले धान्य पूर्णिमा, किराँत याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उधौली पर्वका रुपमा मनाउने गर्छन । केही वर्षदेखि नेपाल सरकारले मंसीर पूर्णिमाका दिन चासोक तङ्नाम पर्व मनाउन सार्वजनिक विदा दिन थालेको छ ।

बिशेषतः यो पर्व किराँतहरुको वाहुल्यता रहेका ताप्लेजङ, पाँचथर, इलाम धनकुटा, तेहथुम, संखुवसभा, झापा, मोरङ र सुनसरी तथा उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौंमा भव्यताका साथ मनाउने गरिएको छ ।

फोटोहरुः रविन भट्टराई/ताप्लेजुङ