धरान/प्रकृति पूजक लिम्बू जातिले धरानमा हरेक वर्ष पाँचदिनसम्म ‘चासोक तङ्नाम’ मनाउथे । धरान–१४ स्थित हाङयुक्ना दरबारमा पूजा गरेर विधिवत सुरुवात भएको चासोक पाँचदिनसम्म निरन्त चल्थ्यो । [caption id="attachment_62937" align="alignnone" width="979"]vujeli-parba-dharan धरान–८ मा भुजेली पर्व मनाउँदै । तस्बिरःभोजराज[/caption] तर, यो वर्ष प्रतिनिधि र प्रदेश सभाको चुनावका कारण ‘चासोक तङ्नाम’ एकदिनमा खुम्चिएको छ । लिम्बू जातिको मात्रै हैन, राईहरुले पनि तीनदिनसम्म उधौली मनाउथे । धरान–१४ कै हाङ बुद्धिकर्ण राईको भग्वाशेस दरबारबाट सुरु भएको उधौलीले तीनदिनसम्म छोप्थ्यो । तर, योपटक त्यो हुन सकेन । भुजेल सेवा समितिले पनि त्यसरी नै आफ्नो भूजेली पर्व मनाउथ्यो । नेवारहरुले तीनदिनसम्म साँस्कृतिक कार्यक्रम गर्दै योमरी पुन्ही मनाउने प्रचलन थियो । तर, यो पटक चुनावका कारण नै किरात जातिहरुको उधौलीले व्यापकता पाउन सकेन । ‘चुनावले गर्दा उपस्थिति पनि घटेको छ ।’ किरात राई यायोक्खाकी जिल्ला अध्यक्ष कमला राईले भनिन्, ‘धुमधाम मनाउने गरेका थियौं । यो पटक एक दिन मै सिमित बन्यो ।’ चासोक, उधौली, योमरी पुन्ही, भूजेली पर्व भन्दा पनि यसपटक चुनावले व्यापकता पाएको छ । मानिसहरुको उपस्थिति त्यता बढी देखिन्छन् । ‘यो पाली चुनानवको माहौलले गर्दा चासोक भव्य बनाउन सकिएन ।’ किरात याक्थुम चुम्लुङका सुनसरी अध्यक्ष मोहन हुक्पा चोङबाङ बताउँछन् । उनका अनुसार चुनावले गर्दा प्रशासनले पनि बेलुका हुने कार्यक्रमहरु रोक लगाइदिएको छ । जसले गर्दा चासोकलाई प्रत्यक्ष असर पुगेको उनी बताउँछन् । नयाँ अन्नबाली भित्रयाएपछि न्वागी गर्ने प्रचलन रहेको छ । खेतवारीमा छरिएको÷रोपिएको अन्नवाली उव्जाएपछि आफ्नो इष्टदेव तागेरा निङ्वाफुमाङलाई पहिले अर्पण गरेपछि मात्र आफूले खाने प्रचलन रहेको अध्यक्ष हुक्पा चोङबाङ बताउँछन् । त्यही खुसियालीमा चासोक मनाइन्छ । त्यसरी नै भुजेली पर्व पनि मनाइने गरिएको छ । तर, यो पटक चुनावी माहौलले गर्दा उपस्थिति निक्कै नै कम भएको भुजेल सेवा समाज सुनसरीका सल्लाहकार डिगबहादुर भुजेलले बताए । ‘यो पटक नगन्य उपस्थिति भएको छ । नत्र सुनसरीभरीबाट उपस्थिति हुन्थे ।’ धरान–८ पूजास्थलमा भेटिएका डिगबहादुरले भने । उनका अनुसार जल, वायु, हावा, जंगल, भूमीलाई पूजा गरी नयाँ बालीलाई न्वागीको रुपमा चढाउने गरेको छ । त्यसरी नै नेवार समूदायले पनि योमरी पुन्ही मनाउने गरेका छन् । यो दिन विशेष चाँडको रुपमा मनाउने गरिएको भए पनि यो पटक चुनावी माहौलका कारण नै प्रभावित बन्न पुगेको छ । नेवाः ल्ह्याम पूचःले हरेक वर्ष तीनदिनसम्म योम्हरी पुन्ही मनाउने गरेको थियो । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकु राखेर खाने पर्वको रुपमा यो पूर्णिमा लिने गरिएको छ । तर, याे पटक भने एक दिनमा सिमित गरिएकाे छ ।