श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल कात्तिक ३ गते सोमबार, २० अक्टोबर २०२५, सिद्धार्थीनाम संवत्सर। कार्तिक कृष्णपक्षको चतुर्दशी तिथि १४ः५९ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र हस्ता २०ः३७ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः०७ बजे र सूर्यास्त ०५ः२८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरका लागि केही दौडधुप गर्नुपर्ला। सानो गल्तीले हर्जाना तिराउन सक्छ। परिस्थिति अलि सङ्घर्षपूर्ण रहला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ। अरूको करकापमा निर्णय गर्नुपर्ने हुन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बलजफ्तीले समस्या निम्त्याउन सक्छ। सानो कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसरका साथै चुनौतीसमेत देखापर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्य चिन्ताले सताउन सक्छ। नयाँ काम थाल्नुअघि राम्ररी विचार पु¥याएर अघि बढ्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ । ईष्र्या गर्नेहरूले नै काममा अवरोध पु¥याउन सक्छन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रोकिएका काममा भने दोहो¥याएर प्रयत्न गर्नुपर्ला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ।