नयाँ शक्ति नेपालले स्थानीय तहको निर्वाचनमा ‘आँखा’ चिह्न माग गर्दै निर्वाचन आयोगका कार्यालयहरूमा धर्ना दिइरहेको छ । एउटा ‘राष्ट्रिय दलबाट अलग भएको व्यक्तिको नेतृत्वमा बनेको पार्टीले जनताको अनुमोदन हासिल गर्नुपूर्व नै चुनाव चिह्न पाउनुपर्ने माग जायज या नाजायज निर्वाचन आयोगले विवेक पु¥याउने कुरा हो । निर्वाचनमा यसअघि भाग नै नलिएको दलले अन्य दलहरु जस्तै मान्यता पाउनु पर्ने वा नपर्ने भन्ने कुरा पनि एउटा बहसको विषय हो । यही मागको क्रममा डा. बाबुराम भट्टराईसहित उनकी पत्नी तथा नयाँ शक्तिकी नेतृ हिसिला यमीलगायत पक्राउ परे । चुनाव चिह्न पाउने÷नपाउने एउटा विषय हो । तर, गिरफ्तारीकै क्रममा हिसिला यमीले चिच्याई चिच्याई लगाएको एउटा गम्भीर नाराले आम नागरिकको ध्यान खिचेको छ । उनको उत्तेजक नाराले समाजलाई नै आक्रोशित मात्र बनाएन, उनलाई कारवाही गर्न अभियान नै चलाउन बाध्य बनायो । ‘यो देश खारेज गर’ भनेर नारा लगाएको श्रव्यदृश्य सामाजिक सञ्जालमा भाइरल भयो । प्रतिक्रियामा उनलाई गिरफ्तार गर्नुपर्ने माग सतहबाटै उठ्यो । सामाजिक सञ्जालमा उनको अभिव्यक्ति भाइरल बनेलगत्तै पत्रकार सम्मेलन गरी क्षमा त मागिन् । त्यस्तो अभिव्यक्ति दिएको स्वयं नै स्वीकार गरिन् । तर ‘जनजातिकी छोरी’ र अर्धमूर्छित अवस्था अनि ‘आवेश र अर्धबेहोशीमा नारा लगाएँछु’ भन्ने स्पष्टीकरणले उनको हैसियत र योग्यतामाथि प्रश्न उठाएको छ । मन्त्री भइसकेकी उच्च तहकी नेत्रीबाट यस्ता आपत्तिजनक अभिव्यक्ति र उक्त अभिव्यक्ति बेहोशीमा फुत्कियो भन्ने दुहाइ गर्नु उनको राजनीतिक पद र हैसियतले दिँदैन । ‘यो देश खारेज गर’ भन्ने माग गर्नु र ‘आवेगमा, बेहोशीमा भनेछु’ भनेर भन्नुले उनको नेतृत्व क्षमतामाथि नै प्रश्न उब्जिएको छ । उनले जे दुहाइ गरे पनि उनको माग स्वयम् नै आपत्तिजनक र निन्दनीय छ । उनले जुन कारणहरु प्रस्तुत गरेर आप्mनो अभिव्यक्ति स्वीकारिन्, त्यो निश्चयनै राम्रो मान्न सकिँदैन । यो उनको कमजोरी हो । देश खारेजी गर्ने, मुलुकलाई मर्ज गर्ने जस्ता अभिव्यक्ति दिनेहरुलाई जनताले मूल्याङ्कन गर्नेछन् । गैर जिम्मेवार अभिव्यक्तिलाई मुलुकको राजनीति र जनताको नजरमा स्थान रहने छैन भन्ने कुरा हिसिलाहरुले हेक्का राख्नु पर्दछ ।