Trending Tags

हलिउड

    Showing १-१० of १९७ items.
  • लेडी गागाको डग वाकरलाई गोलीहानी दुई फ्रान्सेली बुलडगहरू चोरी

    ब्लाष्टखबर ।  अमेरिकी पप गायक लेडी गागाको डग वाकरलाई आक्रमणकारीहरूले गोलीहानी दुई फ्रान्सेली बुलडगहरू चोरेका छन् । लस एन्जलस पुलिसका अनुसार बुधबार राती लेडी गागाको ३० वर्षीय डग वाल्करलाई गाेली हानी दुईकुकुर लगेर गएका हुन्  ।  जसकाे फिर्ताको लागि  गागाले ५ लाख डलर पुरस्कारकाे घाेषणा गरेकी छिन् । अमेरिकी संञ्चार माध्यमका अनुसार  कुकुर कुन प्रयाेजनकालागी चाेरी भएकाे हाे भन्ने अझै खुलिसकेकाे छैन । 

    • प्रकाशित मितिः फाल्गुन १४, २०७७
    • ३८४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘द रक’ को परिवारलाई नै कोरोना सङ्क्रमण

    धरान । ‘द रक’ नामले परिचित हलिउड नायक डिवाइने जोन्सनसहित परिवारलाई नै कोरोना भाइरस सङ्क्रमण भएको छ । नायक जोन्सनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै ‘कोरोना भाइरसबाट परिवारै पीडित भएको’ उल्लेख गरेका छन् । बुधबार ११ मिनेटभन्दा लामो भिडियो सार्वजनिक गरेका हुन् । उनले कसरी यस्तो दुःखद् घटना हुन पुग्यो भनेर चिन्ता व्यक्त गरेका छन् । उनीसहित श्रीमती लाउरेन ह्यासहिऐन र दुई जना छोरीलाई कोरोना भएको हो । जोन्सनले आफूसँग निकट भएका साथीभाइ तथा आफन्तहरूलाई स्वास्थ्य परीक्षण गर्न सल्लाह दिएका छन् । उनका दुई छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको उनले उल्लेख ग

    • प्रकाशित मितिः भदौ १९, २०७७
    • ३३९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अमेरिकन आइडलबाट दिवेश पोख्रेलले गरे भाेट गर्न आग्रह

    ब्लाष्टखबर । अमेरिकन आइडलको ईतिहासमै नेपाली समुदायको पहिलो सहभागी बनेका दिवेश पोख्रेलले आफ्ना समर्थकलाई धन्यबाद दिदै अत्याधिक भाेट गर्न आग्रह गरेका छन् । केहि समय अघि सामाजिक संजाल फेसबुकमा भिडियाे सन्देश मार्फत दिवेशले आफूलाई समर्थक गरेकाेमा धन्यबाद दिदै, अप्रिल २६ बाट सुरू हुने भाेटिङकामा आफूलाई अत्याधिक भाेट गरेर विजयी गराउन अनुराेध गरेका छन् । भिडियाेमा उनले मतदान करसी गर्ने र कतिपटक सम्म गर्न सकिन्छ भन्ने कुरापनि उल्लेख गरेका छन् । उनले सामाजिक संजालमा सात समुद्रबाट रहेर पनि समर्थन गरेकाेमा धन्यवाद दिदै िवश्वमा रहेकाे उनका समर्यकलाइ सबै जनाले सबै तवरबाट भाेट गर्न नसक्नाे भएपनि प्रस

    • प्रकाशित मितिः बैशाख १४, २०७७
    • ७१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारतमा कोरोनाको सङ्क्रमण बढेसँगै झापाका सीमामा सुरक्षाकर्मी थपियो

    भद्रपुर । भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापामा जनपथ र सशस्त्र प्रहरीले जनशक्ती थप गरेको छ ।  जिल्लाको पूर्वोउत्तर सिमाना तिरीङ खोला देखी पश्चिम दक्षिण सिमावर्ती गोरीगञ्जसम्म १४४ दशमलव २ किलोमिटर सीमा क्षेत्रमा परिचालन गरिएको ती कार्यालयले जनाएका छन् । कोभिड १९ रोकथाम नियन्त्रणका लागि सीमा क्षेत्रबाट आवतजावत हुन सक्ने साना ठुला सीमा नाकाहरुको पहिचान गरी सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बल नं.२ गणका डिएसपी द्रोर्ण बिक्रम शाहले बताए । एक गुल्म, ८  बिओपि र थप १७ ओटा अस्थाई पोष्ट स्थापना गरी नेपाल सरकारद्धारा जारी गरिएको लकडाउनलाई अझ प्रभावकारी बनाउन सुरक्षाकर्मी

    • प्रकाशित मितिः चैत्र २८, २०७६
    • ४६७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोरोना भाइरसको उपचारपछि घर फर्किए टम र रीता

    धरान / ओस्कार विजेता टम हन्कस र पत्नी रीता विल्सन कोरोना भाइरसको उपचार गरेर आराम गरिरहेका छन् । उनीहरू कोरोनामुक्त बनेका हुन् । उनीहरूलाई केही समयअगाडि कोरोनाबाट सङ्क्रमित भएको जनाएका थिए । उनीहरू उपचार गरेर घर फर्किएको पिपुल म्यागजिनले लेखेको छ । कोरोना देखिएका उनीहरू आइसोलेसनमा रहेका थिए । अहिले अष्ट्रेलियाको भाडाको घरमा आराम गरिरहेको पिपुल म्यागजिनले उल्लेख गरेको छ । उनीहरू आफैले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै आफूहरूलाई कोरोना भाइरस भएको बारे जानकारी दिएका थिए । उनी अष्ट्रेलियामा फिल्मको छायाङ्कनको क्रममा कोरोनाको सङ्क्रमण देखिएको थियो । कोरोनाबाट सङ्क्रमित हुने उनीहरू अमेरिकाको पहिल

    • प्रकाशित मितिः चैत्र ७, २०७६
    • ४७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • जेनिफरको पाँचौं विवाहको चर्चा

    अमेरिकी गायिका तथा अभिनेत्री जेनिफर लोपेज विभिन्न काण्डले चर्चामा आइरहन्छिन् । कहिले तस्बिर काण्डका कारण त कहिले विवाहको विषयलाई लिएर । हालै उनी पाँचौं विवाहको विषयलाई लिएर चर्चामा छिन् । लोपेज अहिले रिटायर्ड बेसबल खेलाडी एलेक्स रोड्रिगेजसँगको सम्बन्धमा छिन् । दुई वर्षसम्म डेटिङ गरेर उनीहरूबीच हालै इन्गेज्मेन्टसमेत भइसकेको छ । जेनिफरले १९९७ मा ओजनी नोआसँग विवाह गरेकी थिइन् । ओजनी नोआसँगको सम्बन्धविच्छेदपछि जेनिफरले क्रिस जुडसँग विवाह गरिन् । २००२ मा उनले एफ्लेकसँग विवाह गरेकी थिइन् । दुई वर्षपछि उनीसँग पनि सम्बन्ध विच्छेद भएको थियो । त्यसपछि २००४ मा उनले पुराना साथी मार्क एन्थनीसँग विवाह गरेक

    • प्रकाशित मितिः कार्तिक २, २०७६
    • ३४१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एञ्जेलिना राजनीतिमा आउँदै

    हलिउड अभिनेत्री एञ्जेलिना जोलीले कलाकार–निर्देशकबीच हालै भएको एक कार्यक्रममा आफू राजनीतिमा आउनसक्ने बताएकी छन् ।केही समययता उनी राजनीतिमा आउन सक्ने चर्चा भइरहेका बेला उनी आफैले आउन सक्ने सङ्केत दिएकी हुन् । सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै उनले भनिन्, ‘२० वर्ष पहिले मलाई कसैले यस्तो प्रश्न सोधेको भए सायद म हाँस्थें हुँला तर म त्यहीँ जानेछु, जहाँ मेरो आवश्यकता छ ।’उनले आफूलाई राजनीतिमा आउनु ठीक भएको या नभएको भन्नेमा अझै भन्न नसकिए पनि सायद आफूमा राजनीतिज्ञमा हुनुपर्ने प्रतिभा भएको हुनसक्ने बताइन् । उनले भनिन्, ‘म जुनसुकै चुनौतिका लागि पनि तयार छु ।’जोलीको

    • प्रकाशित मितिः असार १३, २०७६
    • ६६३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मेगनलाई पहिरन सम्हाल्नै मुस्किल

    एजेन्सी / मोडल तथा बेलायती टेलिभिजन रियालिटी शो ‘लभ आइल्याण्ड’ की २४ वर्षीया मेगन ब्राटन हानसनलाई एउटा कार्यक्रममा आफैंले लगाएको पहिरन सम्हाल्न मुस्किल परेको छ । बुधबार लण्डनमा आयोजित ‘एक्ट्रिमली विक्ड, सकिङ्गली एभिल एण्ड भाइल’ नामक ड्रामा सिरिजको प्रमियरमा बोल्ड अवतारमा देखा परेकी उनलाई पहिरन सम्हाल्न मुस्किल परेको थियो । प्लाष्टिक सर्जरी गरेर सुन्दरी बनेको भन्दै आलोचना समेत खेप्ने गरेकी उनले प्रिमियरमा पहिरन मिलाउने क्रममा आफ्नो वक्षस्थल दुई हातले छोपेपछि उपस्थित सबै चकित परेको बेलायतको मिडिया डेलीमेलले उल्लेख गरेको छ ।

    • प्रकाशित मितिः बैशाख १४, २०७६
    • १,१६९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • हलिउड अभिनेता मोर्गन नेपालमा

    धरान । थुप्रै फिल्मी पर्दामा देखिएका हलिउड अभिनेता मोर्गन फ्रिम्यानलाई नेपालीहरूले प्रत्यक्ष हेर्ने मौका प्राप्त गरेका छन् । युनिभर्सिटी अफ नर्थ टेक्ससको आकिारिक ट्वीटरमा मोर्गन नेपाल आएको जानकारी दिएको छ । उनी सर्ट फिल्म छायांकनकै लागि नेपाल आएको बताइन्छ । नेपाली फ्यानहरूलाई थाहै नदिई सुटुक्क आइपुगेका उनी ‘द स्टोरी अफ गडु’ नामक टेलिसिरियलको छायांकनको लागि नेपाल आएका हुन् । उनी नेपालको विभिन्न स्थानमा घुम्ने छन् । ८१ वर्षीय मोर्गन अस्कर अवार्डसमेत जित्न सफल छन् । फिल्म ‘इन्भिक्टस’ मा उनले नेल्सन मण्डेलाको भूमिकामा खेलेका थिए । जुन अत्यधिक रूचाइएको थियो भने जसबाट उनी

    • प्रकाशित मितिः मंसिर १४, २०७५
    • ६४८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नागरिकता किन–बेच रोक

    भारतीय नागरिकलाई नागरिकताको लागि सिफारिस दिने विराटनगर महानगरपालिका १ नम्बरका वडाअध्यक्ष उद्धव अर्यालसहित १६ जनामाथि तिहारअगाडि मुद्दा दायर भएको छ । अध्यक्ष अर्यालसहित १६ जनालाई झुठो विवरण पेश गरी विदेशीले नेपाली नागरिकता लिएको, दिलाएको अभियोग लगाएर मुद्दा त दायर भयो तर ती अभियुक्तले सजाय पाउलान् वा पहुँचमा छुट्लान् भन्ने बहसको विषय बनेको छ । वडाअध्यक्ष अर्याल विराटनगर महानगरपालिकाको प्रवक्तासमेत हुन् । गैरनेपालीलाई नागरिकता दिलाउन वडासदस्य रमेश साह, वडासचिव पुष्षा तिम्सिनासमेत संलग्न देखिए । कटहरी गाउँपालिका–१ का सत्यनारायण पोद्दारले झुठो विवरण पेश गरी २२ वर्षीय सञ्जीव पोद्दारलगायत नक्कली

    • प्रकाशित मितिः कार्तिक २६, २०७५
    • ४८८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved