विद्युत् अनियमितता, चोरी गर्ने कार्यमा प्राधिकरणका कर्मचारीहरुको संलग्नता हुने गरेको पोल क्रमशः खुल्न थालेको छ । चोरी तथा अनियमितता गरी लोडसेडिङको भार बढाउने यस्ता कर्मचारीहरु पछिल्लो समय पक्राउ गर्दै आएका छन् । चोरीमा संलग्न नेपाल विद्युत् प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यस घटनाले कर्मचारीकै मिलोमतोमा गैरकानुनी विद्युत् वितरण तथा बिक्री भइरहेको पुष्टि गरेको छ ।मिटर बिगार्ने, उल्टो घुमाएर रकम कम उठेको देखाउने, राखिएको मिटरलाई उल्टो बनाउने र ग्राहकलाई थोरै रकम तिराउने तथा त्यसबापत् ग्राहकहरुबाट व्यक्तिगत रकम असुल्ने कार्य राज्यमाथिको गम्भीर अपराध हो ।

राजस्व ठगी गरेर अकुत सम्पत्ति कमाउने धन्दा किमार्थ शोभनीय होइन । यस्ता राज्यमारा कर्मचारी अभैm प्राधिकरणका अन्य शाखाहरुमा अभैm भेटिन्छन् । प्राधिकरण प्रशासनले अनुगमन र निगरानी गरी कारवाहीको दायरामा ल्याउनुपर्दछ ।काठमाडौँ उपत्यकासहित देशभरका दर्जनौँ उद्योग, कलकारखाना, गार्मेन्ट, होटल, लज तथा व्यक्तिविशेषका घरहरुमा विद्युत् मिटरमा अङ्क घटाएर विद्युत् खपत बढाएको र लोडसेडिङमा समेत प्रभाव पार्ने गरी काम गरेको पाइन्छ । उनीहरुलाई बिजुली बेचेर मोटो रकम लिने गरेको यथार्थ कतै छिपेको छैन ।

प्रहरीले यस्ता कुकर्ममा लागेका कर्मचारीको भण्डाफोर अभियान चलाउनुपर्दछ । यस्तो विकृतिमात्र रोक्ने हो भने नेपालमा आधा लोडसेडिङ कम हुने छ ।‘जो अगुवा उही....’ भनेभैmँ अनुगमन गर्ने व्यक्ति नै यस्ता कुकर्ममा संलग्न भएपछि प्राधिकरण सुधारको आशा गर्न सकिन्न । यस्तो कुकर्मले मुलुकलाई लाखौँको राजस्वसमेत घाटा लागेको छ । पहुँच र पावरमा विद्युत् विवरणमा अनियमितता हुने यस्ता गतिविधि रोक्न प्राधिकरण प्रशासन अब गम्भीर हुनुपर्दछ ।