नेपाल विद्युत प्राधिकरणले २०७४ जेठपछि देशभर विद्युत कटौती (लोडसेडिङ) अन्त्य गर्ने तयारी थालेको छ । हुन त परीक्षणका रुपमा गत असोजदेखि नै काठमाडौंमा लोडसेडिङ अन्त्य भएको छ । आउँदो जेठभरमा मुलुकलाई लोडसेडिङमुक्त बनाउने प्राधिकरणको तयारीले लामो समयदेखि अत्यासलाग्दो लोडसेडिङ भोगेका नेपालीको मन उज्यालो भएको छ । विद्युत अभाव भन्दापनि वितरण प्रणाली व्यवस्थित नहुँदा अन्धकारमा जीवन बिताउँदै आएका उपभोक्ताको मन उज्यालो हुनु अस्वाभाविक मान्न सकिँदैन । विद्युतको असमान वितरण तथा अनियमितताको बोझ उपभोक्ताले झेल्दै आएका छन् । प्राधिकरणमा कुलमान घिसिङको आगमन र उनको सक्रियताले मुलुक उज्यालोतर्पm धकेलिँदै गएको छ । प्राधिकरणको घोषणा अनुसारको विद्युत खरिद तथा विद्युत व्यवस्थापन वैज्ञानिक हुनु वाञ्छनीय छ । अहिलेको अभावलाई पूरा गर्न प्राधिकरणले ढल्केवर–मुजप्mफरपुर अन्तरदेशीय प्रशारण लाईनमार्पmत् आयात भइरहेको नियमित ८० मेगावाटबाट ४० मेगावाट थप गर्ने सम्झौता गरिसकेको छ । यसले तत्कालका लागि प्राधिकरणको लोडसेडिङमुक्त बनाउने लक्ष्यलाई पूरा गर्ने छ । यद्यपि दीर्घकालीन समाधानका लागि भने प्राधिकरणले स्वदेशी विद्युत् उत्पादनमा ध्यान पु¥याउनु पर्दछ । नेपालले उत्पादन गरेर अन्य देशलाई विद्युत बिक्री गर्न सक्ने सम्भावना प्रशस्त छन् । यसलाई प्राधिकरणले दीर्घकालीन योजना बनाएर विद्युतमा लगानीको वातावरण बनाउनु पर्दछ । जनता विद्युतमा लगानी गर्न तयार छन् । त्यो वातावरण सरकारले तयार गर्नु पर्दछ । जनताको लगानीमा मुलुकलाई दीर्घकालीन उज्यालो बनाउन सकिनेमा दुईमत छैन ।