भोजराज श्रेष्ठ,
धरान/खोलाबाट ढुङ्गागिट्टी निकासी गर्नुपूर्व भएको सम्झौतालाई सम्बन्धित निकाय र ठेकेदार कम्पनी दुबैले उल्लङ्घन गर्ने गरेको पाइएको छ ।
ढुङ्गागिट्टी निकासीपूर्व प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) मा स्पष्टसँग जिल्ला विकास समितिको प्रतिनिधि र वातावरणीय अधिकृतको रोहवरमा मात्रै दैनिक ढुङ्गागिट्टी निकासी गर्न पाइने भनिएको छ । सुनसरीका चारवटा खोलामा ठेक्का पाएको इटहरीको जयश्री पाथिभरा ट्रेण्ड एण्ड सप्लायर्सले धरानको सेउती खोलाबाट दुई दिनअघिबाट ढुङ्गागिट्टी निकासी गर्दा आईईईको प्रतिवेदनलाई अनुशरण नगरेको पाइएको छ । ठेक्का दिने आधिकारिक निकाय जिविस र ठेकेदार कम्पनी जयश्रीबीच भएको सम्झौताको २० नम्बर बुँदा अनुसार काम नभएको हो।
सम्झौताको २० नम्बर बुँदामा भनिएको छ, ‘आईईईमा उल्लेख भएका नाकाहरुमा मात्र मेशनरी (स्काभेटर) को प्रयोग गर्दा अनिवार्य रुपमा जिविसको प्राविधिक र वातावरण अधिकृतको रोहवरमा मात्र झिक्न पाइनेछ ।’ तर, अहिले ठेक्का पाएको कम्पनी जयश्रीले तोकिएको ठाउँबाटै ढुङ्गागिट्टी निकासी गरिरहे पनि त्यो बुँदालाई टेकेको छैन । सेउतीमा दुई दिन अघिबाट ढुङ्गागिट्टी निकासी गर्न थालेपछि धरान–१५ बाँझोगरा सामुदायिक वन उपभोक्ता समूहले नझिक्नको लागि आग्रह गरेको थियो ।
तर, उक्त आग्रहलाई अटेर गर्दै ढुङ्गागिट्टी निकासी गरेपछि समूहले अवरोध गरेको थियो । आईईई अनुसार पनि ढुङ्गागिट्टी निकासी गर्दा हरेक दिन अनिवार्यरुपमा जिविसको प्राविधिक र वातावरण अधिकृत हुनुपर्ने स्पष्ट मापदण्डको पालना गरेको पाइँदैन । राष्ट्रिय वन र सामुदायिक वन क्षेत्रमा पर्ने भएकाले पनि हरेक वर्ष ढुङ्गागिट्टी निकासीको कारण कटानले रुखबिरुवालाई क्षती पुग्ने गरेको छ । यस्तै बाँझोगरा सामुदायिक वन क्षेत्रमा समेत क्षती पु¥याउने गरेकाले ढुङ्गागिट्टी निकासीमा रोक लगाइएको बाँझोगरा सावउका अध्यक्ष राजन मोक्तानले बताए ।
‘यसपटक नझिक्नको लागि हामीले आग्रह ग¥यौं । वृक्षारोपण भइरहेको छ, त्यसमा क्षती पुग्छ भनेर पुनर्विचार गरौं भन्यौं’, उनी भन्छन् ‘त्यसपछि कार्यसमिति नै गएर बन्द गरेको हो ।’ यस विषयमा जिविसले उल्टै चुल्ठे, मुन्द्रे लगाएर बन्द गर्ने ? भन्दै हप्काएको उनले बताए । यस विषयमा सेक्टर वन कार्यालय तीनकुने धरानले पनि अवलोकन निरीक्षण गरेको छ । वन कार्यालय तीनकुनेका सहायक अधिकृत ज्ञानकुमार लामाले आईईईको रिपोर्टअनुसार काम गर्नुपर्ने बताए ।
उनले माथिल्लो निकायबाट सम्झौता भएर आएकोले आपूmहरुले हस्तक्षेप गर्न नमिल्ने तर आईईईको रिपोर्ट अनुसार गरे÷नगरेको बारेमा अध्ययन गर्ने जनाए । जयश्रीलाई ९ सय १० मिटर लम्बाइ, २५ मिटर चौडाइ र पौने एक मिटर उत्खनन् गर्ने अधिकार दिइएको छ । उक्त अधिकार क्षेत्रभन्दा बाहिर गएमा जिल्लामा रिपोर्ट गर्नेभन्दा पर्तिर केही पनि गर्न नसक्ने अधिकृत लामाले बताए ।
यस विषयमा जिल्ला विकास समितिका स्थानीय अधिकारी (एलडिओ) रामप्रसाद वाग्लेले आईईई अनुसार गर्न पाउने हो र कति गर्ने भन्ने परिणाम तोकिदिएको बताए । उनले भने, ‘डिमार्केसन गरेको छ । त्योभन्दा तल–माथि जान पाइँदैन ।’ आईईई अनुसार अनिवार्यरुपमा वातावरण अधिकृत र जिविसको प्रतिनिधि चाहिने विषयमा जिज्ञासा राख्दा तोकिएको भन्दा दायाँबायाँ गरेमा निगरानी हुने एलडिओ वाग्लेले बताए । ‘त्यो विषयमा के भएको रहेछ, म भोलि नै हेर्न लगाउँछु ।’ उनले भने, ‘वातावरणीय अधिकृतसँग यसबारेमा बुझिहाल्छु ।’
यता ठेकेदार कम्पनीका भीम पौडेलले सम्बन्धित निकायले डिमार्केशन गरेअनुसार नै आपूmहरुले खन्ने भएकाले त्यो मापदण्डको हकमा उक्त कुरा उल्लेख भएको बताए । ‘जिविसको प्राविधिक र अधिकृतहरु आइरहन सक्दैनन् । त्यसैको लागि यहाँ–यहाँबाट झिक्ने भनेर डिमार्केशन गरिएको हो ।’ उनले आप्mनो बचाउ गर्दै भने, ‘त्यो बुँदा कर्मचारीले आपूm बँच्ने मेलो बनाएका मात्रै हुन् ।’ उनले स्थानीय सामुदायिक वनको अवरोधका कारण ढुङ्गागिट्टी निकासी गर्न नपाएपछि अहिले सेउतीको रकम फिर्ता गर्न सम्बन्धित निकाय सबैलाई ध्यानाकर्षण गराउँदै पत्र लेख्ने काम गरिरहेको बताए । ‘तीन दिनदेखि स्काभेटर खडा भइरहेको छ । काम गर्न पाइएको छैन’, उनले भने ।