राजनीति

    Showing १-१० of ४९४ items.
  • किरायाकाे अधिवेशनमा कालाेपट्टी बाधेर किराया पत्रकारकाे विराेध

    विजयपुर / किरात राई यायोख्खा जिल्ला कार्य समितिको आठौं अधिवेशन धरानमा सम्पन्न भएको छ । किरात राई यायोख्खा सुनसरीका भवनमा आयोजित कार्यक्रमको उद्घाटन यायोख्खाका केन्द्रीय अध्यक्ष तिलक राईले गरे । अधिवेशनका क्रममा बोल्ने अधिकांश वक्ताहरूले एक नम्बर प्रदेशको नामाकरण किरात प्रदेश हुनुपर्ने बताए । उनीहरूले किरायाले एक नम्बर प्रदेशका जनतालाई बुझाउन नसकेको आरोपसमेत लगाए । कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासङ्घ सुनसरीका अध्यक्ष राम राईले किरात राज्यका लागि आन्दोलित हुँदै आएको सुनसरीको अधिवेशन वृहत नभएकोप्रति गुनासो पोखे । उनले अब किरात राईहरू एक भई अझ सशक्त भएर अगाडि बढ्नुपर्ने बताए । अधिवेशनले

    • प्रकाशित मितिः मंसिर २८, २०७५
    • ४६ पटक पढिएको
    • गाेविन्द बस्नेत
  • देशको नाम राख्ने खेलकुद ओझेलमाः मुख्यमन्त्री राई

    भद्रपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजनीतिक अस्थिरताको कारणले खेलकुद ओझेलमा परेको बताएका छन् । भद्रपुर नगरपालिका–२ पृथ्वीनगरमा भएको प्रथम मुख्यमन्त्री कराँते प्रतियोगिताको विहीबार उद्घाटन गर्दै राईले अब सङ्घीय प्रणालीअनुरूप खेलकुदको विकास हुने दाबी गरेका छन् । खेलकुदमा सङ्र्घष र बलिदान गर्दा देशको नाम संसारभर उच्च राख्न सकिएको उनको भनाइ छ । ‘स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गरिएको प्रदेश स्तरीय प्रतियोगितामा कराँतेको क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको थियो । प्रदेशसभा सदस्य बसन्त बनियाँ, झलकसिंह दर्लामी, भद्रपुर नगर

    • प्रकाशित मितिः मंसिर २७, २०७५
    • ९८ पटक पढिएको
    • उत्तम नेपाल
  • ओली सरकारद्वारा किशानको ऋण मिनाहा

    काठमाडौँ /  सरकारले तत्कालीन साझा सहकारी संस्थाबाट साना किसानले लिएको ऋण मिनाहा गरेको छ ।   कृषि विकास बैंकमा ती ऋणको व्याज मात्र रु एक अर्बमाथि पुगेको छ । यसबाट विभिन्न जिल्लाका ६५० भन्दा बढी परिवार लाभान्वित हुने बताइएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर २४ गते बसेको बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले आज राजधानीमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । ग्रामीण स्वावलम्बन कोषका कार्यक्रम साना किसान लघुवित्त वित्तीय संस्थाबाट सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय पनि बैठकले गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले जानकारी दि

    • प्रकाशित मितिः मंसिर २७, २०७५
    • १२० पटक पढिएको
    • रासस
  • ‘मुलुकको परिवर्तनमा थारु समुदायको भूमिका महत्वपूर्ण’ : प्रचण्ड

    काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको परिवर्तनमा थारु समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छ ।  ‘मुक्तिक डगर’ थारु भाषाको पत्रिका आज विमोचन गरेपछि उहाँले जनयुद्धका क्रममा सबैभन्दा बढी मानवीय क्षति थारु समुदायले भोग्नुपरेको स्मरण गर्दै जनयुद्धमा पनि ठूलो सहयोग गरेको स्मरण गरे । अध्यक्ष दाहालले शहीदको रगत र बेपत्ता तथा घाइतेको त्यागले ठूलो राजनीतिक परिवर्तन ल्याए पनि सबै सपना पूरा नभएको बताए । “हामी यो अवस्थामा आइपुगेका छौँ, यो सबै हजारौँ हजार शहीदको बलिदानले सम्भव भएको हो”, “उनले भ

    • प्रकाशित मितिः मंसिर २७, २०७५
    • ४८ पटक पढिएको
    • रासस
  • प्रधानन्यायाधीशमा राणा सिफारिश

    काठमाडौँ /  प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर राणालाई सिफारिश गरिएको छ ।  सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले राणालाई सर्वसम्मतबाट सिफारिश गरेको परिषद्का सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिल्मिसिनाले जानकारी दिए  । न्याय परिषद्को बैठकले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र राणालाई सिफारिश गरेको थियो । परिषद्ले सिफारिश गरेपछि राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ अनुसार नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । जोशी केही समयअघि संसदीय सुनुवाइमा असफल भए पनि पुनः सिफारिशमा पर्नुभएको थियो । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस तेस्र

    • प्रकाशित मितिः मंसिर २७, २०७५
    • ४१ पटक पढिएको
    • रासस
  • गोईत एक्लिए, ११ जना केन्द्रीय सदस्यले हतियार बुझाए

    राजविराज / जनतान्त्रीक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) वाट विद्रोह गरी ११ जना केन्द्रिय सदस्यले वुधवार सप्तरीमा हतियार वुझाएका छन् । उपेन्द्र यादवको नेतृत्वमा नथुरी यादव (प्रदिप), रामउद्गार साह (रोशन), योगेन्द्र यादव (कमल), भवानीप्रसाद मगरिया यादव (भगतसिंह), वद्री यादवलगायतले हतियार वुझाएका हुन् ।मोर्चाका नेताहरुसँग सरकारी वार्ता टोलीले ६ वुँदे सहमति गरेको छ । मुद्दा फिर्ता, जेलमा रहेकालाई रिहाई, मधेशी युवाहरुलाई सेना÷प्रहरीमा भर्ती, मोर्चाका कार्यकर्तालाई जिविकाका लागि रोजगारीको अवसरलगायतका ११ वुदे मागमा छलफल गरी सहमति तयार भएको राजनितिक वार्ता समितिका संयोजक सोमप्रसाद पाण

    • प्रकाशित मितिः मंसिर २७, २०७५
    • ४१९ पटक पढिएको
    • शिवहरीप्रसाद भट्टराई
  • सार्वजनिक बिदाको लागि ख्रीष्टियनकाे ध्यानाकर्षण

    काठमाडौँ / राष्ट्रिय ख्रीष्टियन महासङ्घले ख्रीष्टमस (क्रिसमस) मा सार्वजनिक बिदा कायम गर्न सरकारसँग पहल गर्न राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको ध्यानाकर्षण गराएको छ । महासङ्घका अध्यक्ष सि.बि.गहतराजको नेतृत्वमा एक प्रतिनिधिमण्डलले आयोगस्थित अध्यक्ष शर्माको कार्यकक्षमा आज सो विषयमा ध्यानाकर्षण गराएको हो । विसं २०६४ देखि निरन्तर रुपमा दिइदै आएको सार्वजानिक बिदा यस वर्ष सरकारले ख्रीष्टियनका लागि मात्र कायम गरिएको हुँदा महासङ्घको गम्भीर ध्यानकर्षण भएको र यसले ख्रीष्टियन समुदायको भावनामा गहिरो चोट पुगेको पत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझेपछि आयोगका अध्यक्ष शर्माले

    • प्रकाशित मितिः मंसिर २५, २०७५
    • १५७ पटक पढिएको
    • रासस
  • काङ्ग्रेसले कर्मको फल पायो : गगन थापा

    उर्लाबारी/नेपाली काङ्ग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले नेपाली काङ्ग्रेसले कर्मअनुरूपको फल पाएको बताएका छन् । २०७२ साल असोज ३ गते संविधान घोषणा गरेपछि प्रधानमन्त्री नबन्ने सार्वजनिक गरेका तत्कालीन प्रधानमन्त्री शुशील कोइरालाले पुनः प्रधानमन्त्रीमा उम्मेद्वार दिनु, प्रधानन्याधीशलाई महाअभियोग लगाउने निर्णय गर्नु, प्रहरी महानिरीक्षक नियुक्तमा हस्तक्षेप गर्नु, भरतपुरमा माओवादीसँग तालमेल गर्नुलगायतका कार्यलाई मतदाता र कार्यकर्ताले मन नपराएका कारण पार्टी पराजित भएको बताए । नेता थापाले अब जनभावना र कार्यकर्ताको मागअनुसार कार्य गर्न आवश्यक रहेको बताएका छन्

    • प्रकाशित मितिः मंसिर २५, २०७५
    • १५५ पटक पढिएको
    • मदनबाबु प्रसाई
  • पुरूष नेताले महिलाप्रति गरेका केही विवादास्पद टिप्पणी

        वसुन्धरा राजे अवसर राजस्थानमा चुनावी सभाको थियो, तर कुरा गर्दै जाँदा जनता दल (युनाइटेड) का नेता शरद यादवले टिप्पणी गरे, "वसुन्धरालाई आराम दिनूस्, निकै थाकिसकिन्। पहिले पातली उनी अहिले धेरै मोटी भइसकिन्। हाम्रो मध्यप्रदेशकी छोरी हुन्।" शरद यादवको शब्दमा त्यो केवल ठट्टा थियो। तर वसुन्धरा राजेले त्यसप्रति कडा आपत्ति जनाउँदै त्यसबाट आफूले अपमानित भएको महसुस गरिरहेको बताइन्। शरद यादवको मुखबाट त्यस्तो टिप्पणी पहिलो पटक निस्केको होइन। मान्छेको तौल घटनु-बढ्नु स्वाभाविक कुरा हो। तर पुरूष नेताहरू मोटो भए त्यस्ता सार्वजनिक टिप्पणी दिइन्छन् त? शरद यादव कुरा केवल

    • प्रकाशित मितिः मंसिर २५, २०७५
    • ७६ पटक पढिएको
    • बीबीसी
  • उनीहरुकाे संझनामा

    आज म ति साथिहरुलाई संझीरहेको छु । जसले नेपालको निरंकुश पंचायति व्यवस्था र जहाँनिया निरंकुश राजतन्त्रको अन्तका लागि लागे । यि मानिसहरु मध्येका धेरै जना अब यो संसारमा छैनन अव उनिहरुको संझना मात्रै छ भने कति जना त्यतिकै अरगज परेर बसेका छन । तर यी मानिसहरु जसले अति अफटयारो बेलामा आन्दोलनको अगुवाई गरेका थिए । अरु कसैले यी साथिहरुको बारेमा लेख्छन लेख्तैनन संझन्छन , संझदैनन । तर मैले भने ति साथिहरुलाई संझिरहेको छु । ति साथिहरु तिनीहरु थिए । जसले यो देशको निर्दलिय पंचायति व्यवस्थाको अन्तका लागि त्यसको चिहान खनेर त्यहि चिहानमा पुर्ने उदेश्यका साथि त्यहि भित्र पसेर त्यसलाई हुडल्ने काम गरेका थिए । समय नि

    • प्रकाशित मितिः मंसिर २५, २०७५
    • ६९ पटक पढिएको
    • ओम कोईराला

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved