२४ औं गोधुली फुटबल रनिङ कप नाफामा गएको छ । 

आयोजक गोधुली क्लबका अनुसार प्रतियोगितामा पाँच लाख २२ हजार पाँच सय ७० रुपैयाँ नाफा भएको हो ।

प्रतियोगितामा कुल १९ लाख १२ हजार ५ सय ७५ रुपैयाँ आम्दानी भएको उपाध्यक्ष सतीस केसीले जानकारी दिए । जसमा १३ लाख ९० हजार ५ रुपैयाँ खर्च भएको छ । ५ लाख २२ हजार ५ सय ७० रुपैयाँ भएको हो । 

क्लबका अनुसार ३ लाख १५ हजार रुपैयाँ उठ्न बाँकी रहेको छ । प्रतियोगिता गत माघ १३ गतेदेखि २७ गतेसम्म भएको थियो ।