धरान / प्रहरीले अपराध नियन्त्रण, समाजका विकृति विसंगति तथा शान्ति सुव्यवस्था कायम गर्न पहिलो कसम खाएका हुन्छन् । यि कर्तव्य निर्वाहसँगै यही प्रहरी संगठन भित्र समाज सेवा गर्नेहरु पनि भेटिन्छन् । आफना कर्तव्य निर्वाहसँगै समाज सेवा गरेर आत्मसन्तुष्टी लिने प्रहरी अधिकृतमा पर्छन डिएसपी रामेश्वर पौडेल । स्याङजा आदीखोला गाउँपालिकामा जन्मेका पौडेल बहुप्रतिभासाली समेत छन् । निजामति सेवामा अधिकृत जागिर छाडेर २४ सैं घण्टा ड्युटी देशको सेवा गर्न उनी नेपाल प्रहरीमा जागिरे भएका हुन ।

तीन विषयमा स्नाकोत्तर
२०६२ साल भदौं २३ गतेदेखि प्रहरी अधिकृत इन्स्पेक्टरबाट जागिर शुरु गरेका पौडेल ७ बर्ष मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा बसेर नयाँ प्रहरी जवानहरुलाई पढाए । एकै स्थानमा बसेर फिल्डको अनुभव विना नै कुसल प्रशिक्षकको अनुभवले उनी २०७२ सालमा डिएसपीमा बढुवा भए । धेरैलाई प्रहरीहरु नपढेका हुन्छन् भन्ने लाग्छ । तर रामेश्वर पौडेल भने २४ बर्ष ११ महिनाको हुदा जागिर भिड्दा व्यवस्थापना विषयमा स्नाकोत्तर गरिसकेका थिए । पछि तालिम केन्द्र मै हुदाँ २०६९ मा शिक्षा संकायमा एम.एड र २०७१ सालमा मानविकी(अर्थशास्त्र)मा स्नाकोत्तर गरे पछि उनी बढुवा भए । अहिले धरानबाट एलएल.वी गरिरहेका छन् । प्रहरी अधिकृतहरुलाई कानुन पनि उतिकै जरुरी ठानेर पढ्न थालेको उनले बताए । शिक्षाको उनको अन्तिम लक्ष्य पिएचडी रहेको सुनाए । प्रहरी प्रशासनमा हाल ५÷६ जनाले मात्र डाक्टरको उपाधी लिएका छन् । त्यो संख्यामा आफ्नो नाम थप्ने उनले बताए ।

निजामति छाडेर समाज सेवा गर्न प्रहरीमा भर्ना
प्रहरी फोर्समा छिर्नु भन्दा अगाडी उनी २ बर्ष शाखा अधिकृतको रुपमा अर्थ मन्त्रालयमा काम पनि गरे । तर सानैदेखि फौजी जीवन मन पराउने पौडेललाई १०–५ को जागिर चित्त बुझेन । आफुले सोचे जस्तो समाज सेवा गर्न नपाईने देखेर राजीनामा दिएर उनी प्रहरीमा भर्ना भए । २४ सै घण्टा युनिफम लगाएर सेवा गर्न पाईने जागिर प्रहरी नै देखेर आफुले सजिलो जागिर छाडेर प्रहरी रोजेको उनी बताउछन् ।

तालिम केन्द्रमै बसेर बढुवा
सामान्यता प्रहरी प्रशासनमा बढुवा हुन फिल्डमा जानु पर्ने हुन्छ । तर जागिरको १० बर्ष तालिम केन्द्रमै वितारएर उनी डिएसपीमा बढुवा भए । हजारौं प्रहरीलाई उनले तालिम दिए । ‘मैले कहिल्यै यहाँ जान्छु भनेर सोर्स लगाइन । नेतृत्वले जहाँ खटाउछ त्यही काम गर्छु भने । कँही सरुवा भएन । तालिम केन्द्र मै काम गरे ।’–उनले भने । २०७२ फागुनमा बढुवा भएर पछि पछि १ बर्ष तामिल केन्द्रमै बसेर २०७४ साउन ३२ गते धरान इलाका प्रहरी कार्यालयमा एक बर्ष काम गरे । यहाँ पनि उनले आफु रोजेर नभई नेतृत्वले खटाएर आएको उनी बताउछन् । पूर्वी नेपाल नटेकेका पौडेल धरान नौलो अनुभव तथा फिल्डको पनि पहिलो अनुभव भएको सुनाए ।

विभिन्न विषयमा तालिम
उनले आफ्नो योग्यता खार्न भारतको हैदरावादमा ११ महिना आईपीएस तालिम लिएका छन् । यो भारतको निकै उच्चकोटीको तालिम मानिन्छ । त्यस्तै विपदपछिको लास व्यवस्थापन, बाह्य प्रशिक्षण प्रशिक्षक तालिम, सार्वजनिक वितिय लेखा तालिम, आलालागी अनुसन्धान तालिम, सडक दुर्घटना अनुसन्धान तालिम, अपराध अनुसन्धान तालिमलगायत दजनौ तालिम लिएका छन् । इन्स्पेक्टर हुदैँ ६ महिना हाइटीमा यूएन मिसनमा समेत काम गरेका थिए ।

आत्म सन्तुष्टी दिने ६ वटा सामाजिक कार्य
प्रहरी भन्ने वितिकै रिसाह, झ्वाकी, निर्दयी हुन्छन् भनिन्छ । तर पौडेल त्यसका विपरित स्वभावका थिए । गरिव दुखी देखे भने पकेटमा भएको पैसा दिई हाल्थ्ये । कसैले दुख पायो अलपत्र प¥यो भने घर पुग्ने पैसा दिएर पठाउथे ।
१. भरतपुर बस्दा नवलपरासीस्थित मौलाकाली मन्दिर बनाउन उनले प्रहरीबाट सामुहिक श्रमदान गरेर निर्माण गरेका थिए । मन्दिर जाने ३ किमी सडक उनको नेतृत्वमा ढुङगा छापेर बनाइएको थियो ।
२. भरतपुर तालिम केन्द्रमा हुँदा एक जना इन्जिनियर सडक दुर्घटनामा परेर छटपटाईरहेको भेटेका थिए । उनको आफन्त कोही थिएनन । उद्धार गरेर आफै हेलिकप्टर मगाएर ९० हजार तिरेर काठमाण्डौ पठाएका थिए । ‘एउटा मान्छे बाच्यो भने ठूलो कुरा हो भनेर मैले ९० हजार लगानी गरे । पछि पैसा फिर्ता पाए । तर ती इन्जिनियर नाम विर्से फर्केर भने आएनन ।’–पौडेलले भने ।
३. २०७४ सालमा धरानस्थित दुर्गाचौकमा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. मोहक बराल दुर्घटनामा परे । उनी सोही क्षेत्रमा गस्ती गरिरहेका थिए । उनले तत्काल रेक्यु गरि प्रतिष्ठानमा आफै लगेर भर्ना गरेर ज्यान बचाए । एक मिनेट उपचारमा ढिलो भएको भए उनलाई बचाउन नसक्ने चिकित्सकले बताएका थिए । पछि उनका आमावुवा आएर आफुलाई भटेर धन्यवाद दिएको उनले सुनाए ।
४. धरान–१५ का मुन्ना राई जो दुव्र्यसनी थिए । कुटपिटबाट मरासन्न हुने अवस्थामा उनले उद्धार गरि विराटनगरस्थित नोवेल अस्पतालमा उपचार गराए । कोही आफन्त नभएका उनले एक हप्ता आईसियुमा राखेर १ लाख ५६ हजार खर्च गरेर उनलाई बचाए । पछि खोजी गर्दै जादा उनीकी ८५ बर्षीय आमा रहेछिन् । दुई नागरिकताविहीन भएको थाहा पाए पछि उनले दुवैलाई नागरिकता बनाउन समेत सहयोग गरे । ती युवकलाई उनले सुधार गृहमा राखि दिएका थिए ।
धरान १५ मा एउटी बुढी आमा र श्रीमति एक छोराका साथ बस्दै आएका ती युवकलाई डिएसपी पौडेलले १ लाख ५७ हजार ८ सय रुपैया खर्च गरेर उनलाई पुनर्जीवन मात्र दिएनन बर्षौदेखि नागरिकता नभएर नेपालको मौलिक अधिकार पाउन समेत बञ्चि भएकी उनकी ८५ बर्षीय आमा कमला राई र छोरा मुन्नाको नागरिकता समेत बनेको छ । समाजमा परिवारप्रति धेरै विश्वास गरेका हुन्छन् । अपराध, लागू औषध, शान्ति सुरक्षा कायममात्र हैन प्रहरीले चाहे कसैको जीवनमा नयाँ उज्यालो ल्याइदिने काम पनि गरिदिन सक्छन भन्ने उदाहरण डिएसपी पोडेल दिएका छन् । ‘यो कार्यले आफूलाई सन्तुष्ट मिलेको छ ।’–उनले भने ।।
५. उनले धरानमा जताततै सडक बालकहरु देखेर उनीहरुको कसरी व्यवस्थपन गर्न सकिन्छ भनेर अभियानसमेत चलाए । इटहरी र धरानका दुई वटा संस्थाहरुसँग समन्वय गरेर २० जना सडक बालबालिकाहरुलाई व्यवस्थापन गरेका थिए ।
६. उनकै कार्यलयमा रहेका प्रहरी जवान तेङ्जीङ शेर्पाकी श्रीमति सुष्माको मृगौला फेल भएर उपचार गराइरहेकी थिइन । उनलाई केही सहयोग मिलोस भनेर पौडेलले धरानमा विभिन्न विद्यालय, कलेजहरुमा परीक्षामा सुरक्षा दिए वापतको नगद १ लाख २९ हजार एक मुष्ट शेर्पालाई सहयोग गरेका छन् । सबै प्रहरीलाई भाग लगाउदा एक हजार भागमा पर्ने रकम कही खर्च नगरि उनलाई सहयोग गरेका थिए ।

सुत्दा मात्र युनिफम खोल्थ्ये
गरिव दुखीहरुलाई सहयोग गर्दा आफुलाई आनन्द आउने बताउने पौडेल २४ सै घण्टा फिल्डमा भेटिन्थ्ये । ११ बर्ष तालिम केन्द्रमा विताएका पौडेलका लागि फिण्ड नौलो पनि थियो । ‘हाम्रो युनिफर्म लगाइरहदा अरु लुगा नभए जस्तो पनि हुदैन । त्यही भएर म जहिल्यै युनिफममै सेवा गरिरहे ।’–भने धरान आउदा एउटा कालो टाउजर ल्याएको थिए त्यो पनि नयाँ नै छ । सुत्दा मात्र लगाए ।’

विवादरहित काम
गत बर्ष साउन ३२ गते धरान आएका डिएपी पौडेल एक बर्ष रहदा कुनै विवादीत काम गरेरनन । कुनै प्रहरी जवानले समेत कुनै गुनासो गर्ने मौका पाएनन् । धरान धेरै प्रहरी अधिकृतहरु आउन रुचाउछन् र जाने बेलामा पनि सरुवा थमाएर ५÷६ महिना बस्ने गछन् । तर उनी आउने बेलामा पनि रोजेनन, जाने बेलामा पनि म्याद थमौति गरेनन । उनी गत साउनमा धरानबाट पुन एकेडेमी नै फर्किए ।

अपराध अनुसार छुट छुट्टै राख्ने हिसासनको अवधारण
उनले धरान छाड्नै लाग्दा धरानेहरुको सहकार्यमा २ करोड ६२ लाखको सुविधा सम्पन्न हिरासत भवन निर्माण शुरु गरेर हिडेका छन् । अपराध प्रमाणित हुनु भन्दा अगाडी बन्दीलाई राख्न सुविधा सम्पन्न भवन निर्माण शुरु गरिएको छ । करिव एक करोड स्थानीय स्तरबाट जुटेको छ । सबै धरानेहरुको दानबाटै यो भवन निर्माण थालिएको हो । भवन निर्माण समितिको संयोजक धरानका पूर्व उपमेयर मनिकुमार सुब्वा रहेका छन् । हात उक्त भवनको दोश्रो तला डलानको क्रममा रहेको छ ।
४० जना क्षमता भएको हिरासतमा ९३ जना भन्दा बढि बन्दीहरु राखिएको छ । कोही रोगी छन्, कोही एसआइभी संक्रामित पनि छन्, कोही गम्भीर अपराधका, कोही सामान्य अपराधाको कोही झोसपोलमा निर्दोष पनि आउछन् । तर यहाँ आए पनि सबै एकै स्थानमा कोच्नु पर्ने अवस्था छ । हिरासत सुधार गृह नभएर यातना गृहको रुपमा भएकाले अपराधको प्रकृति अनुसार छुट्टै राख्ने व्यवस्था मिलाउन यस्तो सुविधा सम्पन्न हिरासतको अवधारणा ल्याएको डिएसपी पौडेलले बताए ।