नेपाल मगर सङ्घ धरान नगर समितिको आयोजनामा एक दिने आधारभूत मगर अक्खा लिपि प्रशिक्षण सम्पन्न भएको छ । 

धरान–१६ स्थित नेपाल मगर सङ्घको भवनमा बुधबार आयोजित कार्यक्रममा लीला राना मगरले लिपिबारे सहजीकरण गरिन् । त्यस्तै जुनी थापा मगर र अलिसा मगरले पनि प्रशिक्षित गरेका थिए । कार्यक्रममा तीन महिलासहित ९ जना प्रशिक्षार्थी रहेका थिए । कर्मचारी, व्यापारी र विद्यार्थीहरूलाई मध्यनजर गरी प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।

यस्तै यही वैशाख ३० गतेदेखि जेठ ५ गतेसम्म समूह ‘क’ (वडा नं. १४ लक्षित) र आगामी जेठ ६ गतेदेखि १२ गतेसम्म समूह ‘ख’ (वडा नं. १६ लक्षित) गरी दुई समूहमा ‘मगर अक्खा लिपि प्रशिक्षण’ तालिम सञ्चालन हुने जनाइएको छ । कार्यक्रमको समापन आगामी जेठ १९ गते हुने जनाइएको छ । हालसम्म धरानको १, ५, ६, १३, १७, १८, १९ र २० गरी ८ वटा वडा लक्षित प्रशिक्षण सम्पन्न भैसकेको छ ।