पाँचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपको फाइनलमा पाँचथर एफसी पाँचथर प्रवेश गरेको छ । 

पृथ्वी मा.वि.को खेलमैदानमा शुक्रबार सम्पन्न दास्रो सेमिफाइनल खेलमा दमक ऐकेडेमी झापालाई २–१ गोलको अन्तरले हराउँदै पाँचथर फाइनलमा प्रवेश गरेको छ । उपाधि होडमा पाँचथर एफसी र इलामको रेड हर्स पुगेका छन् । खेलको १५ औं मिनेटमा पाँचथरका निकेश श्रेष्ठले फ्रिकिकबाट सुरुवाती अग्रता लिएका थिए ।

खेलको १९ औं मिनेटमा दमक एकेडेमीका सन्तोष न्यौपाने गोल गरेसँगै खेल बराबरीमा आएको थियो । खेलको उत्तराद्र्धको ६० औं मिनेटमा पाँचथरका डिफेन्डर अशोक खवासले हेडमार्फत् गोल गरे । अशोकले गरेको गोल नै निर्णायक भएपछि पाँचथर फाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफ द म्याच पाँचथरका डिफेन्डर अशोक खवास घोषित हुँदै नगद पाँच हजार र ट्र«फी हात पारे । 

आज (शनिबार) फाइनल खेलका लागि पाँचथर एफसी पाँचथर र रेड हर्स फुटबल क्लब इलामबीच भिडन्त हुँदै छ । प्रतियोगिताको विजेताले नगद ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले नगद १ लाख ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी पाउने आयोजक संस्थाका अध्यक्ष भीमनारेन लावतीले जनाए ।