श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख २२ गते शनिबार, ४ मे २०२४, कालयुक्त संवत्सर । वैशाख कृष्ण पक्षको एकादशी तिथि २०ः५९ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पूर्वभाद्र २२ः२४ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०५ः२२ बजे र सूर्यास्त ०६ः३९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर दिलाउनेछ ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

शुभचिन्तकहरूको साथले पहिलेको चुनौती समाप्त होला । मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

चिताएको काम पूरा गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

समयअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।   

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

परिबन्धले अलिअप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सामान्य कामकै लागि दौडधुप गर्नुपर्नेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आहारविहारमा सजग रहनुहोला । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । छोटो समयमै उपलब्धि हुनेछ।