धरान । मिस धरानको पहिलो अडिसन धरानमा शनिबार सम्पन्न भएको छ । फ्रेन्डस् गार्डेनमा सम्पन्न अडिसनमा १९ जना युवतीहरू सहभागी थिए । आयोजकले कम्तीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका युवतीहरू पनि सहभागी हुन पाउने अवसरसहित प्रतियोगिता गरिरहेको छ । फेसन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा प्रतियोगिता भैरहेको हो । अडिसनमा मिस पूर्वाञ्चल २०१६ की फस्ट रनरअप इक्सा मादेन, मिस तामाङ २०१९ की प्रदेश १ विजेता प्रोजिता तामाङ, मिस टुरिजम २०१७ की विजेता चन्द्रिका मोते र ब्ल्याक पिग इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक हरिहाङ तिगेला निर्णायक रहेका थिए । बुधबार दोस्रो अडिसन गरेर मिस धरान २०२२ को बन्द क्
१ नम्बर प्रदेश स्तरीय वाइवाइ एसइई स्टेट १ सिङ्गीङ आइडल सिजन २ को बिजेता छिरिङ तामाङ र डान्सिङ स्टार सिजन १ की बिजेता नुमा लिम्बू बनेका छन् ।फक्ताङलुङ अनलाइन टिभीको आयोजना गरेको उक्त कार्यक्रमको शुकबार धरान१५ स्थित चुम्लुङ भवन भएको फाइनलमा धरान १८ स्थित कार्मेल हाइस्कुलका छात्र तामाङ सिङ्गीङ आइडल सिजन २ बिजेता भएका हुन् । धरान–१६ स्थित जेनिथ स्कुलका रिजन लोहनी फस्ट रनरअप र धरान १५ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुलकी गनु राई सेकेण्ड रनरअप बनिन् ।एउटै मञ्चमा भएको दुबै कार्यक्रमको नृत्य तर्फ डान्सिङ स्टार सिजन १ मा विजय हुने लिम्बूले सिदार्थ इ
धरान । गायिका इन्दिरा जोशीको नयाँ गीत ‘पछ्यौरी’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी उनले गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।इन्दिराकै स्वर, शब्द र सङ्गीत रहेको गीत किरण तुलाधरले एरेन्ज गरेका छन् । रोमान्टिक शैलीको गीतको भिडियोमा इन्दिरा स्वयम् र निराजन प्रधानले अभिनय गरेका छन् । भिडियोको निर्देशन प्रवीण सिंहले गरेका हुन् ।हरि हुमागाईंले छायाङ्कन गरेको भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका छन् । केही समयअघि मात्र वैवाहिक जीवनमा बाँधिएकी इन्दिराको विवाहपछिको यो पहिलो गीत हो । गीत सार्वजनिक कार्यक्रममा उनका पति शरद केडिया पनि उपस्थित थिए ।
चर्चित गायक तथा संगीतकार भीषण मुकारुङ र उनकै छोरी अभियन्ता मुकारुङको स्वरमा ‘ए छोरी, ए बाबा’ बोलको गीत सार्वजनिक भएको छ । दुई दशकभन्दा लामो समयदेखि गायनमा सक्रिय भीषणले आफ्नी सानी छोरीसँग पहिलोपटक गीत रेकर्ड गराएका हुन् । सात वर्षकी अभियन्ताले यसअघि अन्य गायिकाहरुका गीतमा भने कभर भर्सनमा रेकर्ड गराएकी थिईन् । आफ्नै भने उनको यो पहिलो गीत हो ।गीतको स्टुडियो भिडियो अभियन्ता मुकारुङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।भीषणका यसअघि गाएका ‘खोर्सानी डल्ले, चन्द्रमुखी, अँधेरीमा जुन फुल्दा’ लगायतका गीतहरु स्रोता दर्शकले मन पराएका छन् । उनी पछिल्लो समय गायनसँगै संगीत गर्नुका साथै रेकर्डिङ
सानै देखी सङ्गीतमा रुचि राख्ने झापाको अर्जुनधारा नगरपालिका १ मा जन्मेर पछिल्लो समय देशको राजधानीलाई आफ्नो कर्म क्षेत्र बनाई सङ्गीत क्षेत्रमा काम गरिरहेका सरल जीवनशैलीका सरल युवा हुन विकाश लिम्बू )तुम्बापाे) । गीत सङ्गीत प्रति औधी रुचि राख्ने लिम्बूले विभिन्न समयमा विभिन्न रियालिटी सोहरूमा भाग लिए । धेरै उत्कृष्ट बने । पारिवारिक र आर्थिक अवस्थाका कारण घरबाट टाठा रहेर संर्घष गरिरहँदा कहिलेकाहीँ विचलित पनि भए । तर त्यो विचलनलाई शक्तिको परिवर्तन गर्दै अघि बढिरहेका लिम्बूलेको चर्चा तब सुरु भयो जब सालमा भ्वइस अफ नेपाल सिजन २ को अन्तिम चार प्रतिस्पर्धी बन्न पुगे । पछिल्लो समय ८० भन्दा
धरान । चलचित्र प्रेमगञ्जको शीर्षगीत सार्वजनिक भएको छ । परिच्छेद सेनले निर्देशन गरेको प्रेमगञ्जमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको ‘माथि माथि आकाशमा’ बोलको गीतमा अभिनेत्री बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन र सुप्रिया खनालले अभियन गरेका छन् ।पुरुषोत्तम ढुङ्गेलको शब्द रहेको गीतमा किरण भुषालले सङ्गीत भरेका छन् । तेज र बेनिशाले युवा अवस्थाको भूमिका निभाएका छन् भने प्रशन र सुप्रियाले किशोरावस्थाको भूमिका निभाएका छन् । उनीहरूसँगै फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, प्रविन भट्टराईलगायत कलाकारको अभिनय छ भने अभिनेत्री सुरक्षा पन्त अतिथि भूमिकामा देखिनेछिन् । अनन्तमान
धरान । इटहरीको क्यानभास साहित्य समाजले शनिबार कवि चन्द्र गुरुङको कृति ‘जब एउटा मान्छे हराउँछ’ माथि विमर्श गरेको छ । वक्ता कवि बद्री भिखारीले कवि गुरुङका सङ्ग्रहमा सरल र शक्तिशाली कविताहरू रहेको बताए । सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा उनले भने, ‘कविजस्तै नरम कविताहरू रहेकाले यो सङ्ग्रहले न्याय पाएको छ ।’ कवि विनय सरगमले सहजीकरण गरेको कार्यक्रममा अर्की वक्ता कवि मिश्र वैजयन्तीले भनिन्, ‘गुरुङका कविता सङ्ग्रहमा सामान्य जस्ता कविता लागे पनि असामान्य कविताहरू छन् ।’ कवितामा पहिचानका मुद्दा सशक्त रूपमा उठेको उनले बताइन् । उनले भनिन्, ‘बाको अनुहार आफू जस्तै देख्नु भनेको पहिचानको क
धरान । नेपाली फिल्म लाखेको पोष्टर सार्वजनिक गरिएको छ । फिल्म भदौ ३१ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।सामाजिक सञ्जालमार्फत् पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा चारजना मुखौटाधारीका साथमा अर्पण थापाको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ कलरमा प्रस्तुत गरिएको छ । पोष्टरबाट फिल्म सस्पेन्स–थ्रीलर रहेको बुझ्न सकिन्छ । सम्राट बस्नेतद्वारा निर्देशन गरिएको फिल्ममा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सञ्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मक
एसईई स्टेट -१ सिङ्गिङ आईडल सिजन-२ र डान्सिङ स्टार सिजन-१ का उत्कृष्ट २० जना सहभागिहरुलाई शुक्रबार ट्राफिक जनचेतना सम्बन्धि अभिमुखिकरण कक्षा सम्पन्न भएको छ। शुकबार फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा सन्चालित एफटिएल अनलाईन टिभिद्वारा आयोजित प्रतियोगीताका उत्कृष्ट २० जनालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले युएन कलेजका सेमिनार हलमा जनचेतना सम्बन्धि अभिमुखिकरण कक्षा प्रदान गरेकाे हाे । कार्यालयका प्रमुख इन्सपेक्टर श्याम कुमार बस्नेतले सवारी साधन चलाउदा अपनाउनु पर्ने साबधानि,ट्राफिक नियम उल्लङ्घन गर्दा हुने सजाय,सडक पार गर्दा ध्यान दिनुपर्ने कुराहरु आदिको बा
एसइई स्टेट १ सिङ्गिङ आईडल सिजन २ र डान्सिङ स्टार सिजन १ का उत्कृष्ट २० जना सहभागिहरुलाई बिहिबार पब्लिक स्पिकिङ र खाना टेबल शिष्टाचार सम्बन्धि एक दिवसिय तालिम सम्पन्न भएको छ।फक्ताङ्लुङ मिडिया हाउस प्रा।लि।द्वारा सन्चालित एफटिएल अनलाईन टिभिद्वारा आयोजित प्रतियोगीताका उत्कृष्ट २० जनालाई मासको अगाडि आत्माबिस्वास पुर्बक कसरी बोल्ने, माईक्रो फोन कसरी समाउने, प्रस्तुति कसरी गर्ने, ब्यक्तित्व बिकास कसरी गर्ने लगायतका कुराको बारेमा ज्ञान दिईएको तालिमका सहजकर्ता तिर्थ कार्कीले बताए।त्यस्तै सहभागिहरुलाई स्टार होटलमा खाना खादा काटा-चम्चम कसरी प्रयोग गर्ने, खाना टेबल कसरी मेन्टेन गर्ने भन्ने लगायतका कुराहर
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved