धरान उपमहानगरपालिकाले आयोजना गरेको दुई दिने संस्थागत नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

शुक्रबार उपमहानगरको सामाजिक महाशाखाको आयोजनामा तालिम भएको हो । तालिमको समापन धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले गरे । तालिममा संस्थागत रुपमा प्रतिनिधित्व गराइएको कार्यपालिका सदस्य दिनेश गजमेरले बताए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ को एक लाख रुपैयाँ बजेटबाट कार्यक्रम आयोजना गरिएको छ ।  

तालिमको गैरसरकारी संस्थाका केन्द्रीय उपमहासचिव उमेश विश्वकर्माले सहजीकरण गरे । धरान–१८ की वडासदस्य जमुना त्रिखत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य देवीमाया विश्वकर्मालगायत वडासदस्यहरूको उपस्थिति रहेको थियो ।