विराटनगरस्थित सास्थम कलेजले बीएचएम र बिबिएमका विद्यार्थीहरूलाई बिदाइ गरेको छ ।

कलेजले रत्ना होटलमा शुक्रबार एक कार्यक्रम आयोजना गरी बिएचएमका ४६ र बिबिएमका ३२ जना विद्यार्थीहरूलाई बिदाइ गरेको हो ।

बिदाइ भएका विद्यार्थीहरू बिबिएमका सन् २०१९ का र बिएचएमका सन् २०२० का हुन् । चार वर्षे कोर्ष पूरा गरेपछि उनीहरूलाई बिदाइ गरेको कलेजका प्रशासन प्रमुख राजेश गुरुङले जानकारी दिए । पूर्वाञ्चल विश्वविद्यालयबाट स्वीकृति प्राप्त भएको उक्त कलेजले प्रत्येक वर्ष होटल म्यानेजमेन्टको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । 

बिदाइ भएका विद्यार्थीहरूले जापान, दुबई, बहराइन, माल्दिभ्सलगायतका देशका पाँचतारे होटलमा इन्टर्न गर्नेछन् । बिदाइ कार्यक्रममा बोल्दै कलेजका म्यानेजिङ डाइरेक्टर रोशनबहादुर थापाले प्रत्येक वर्ष सास्थम कलेजले दक्ष जनशक्ति उत्पादन गर्र्दै आएको बताए । देशविदेश र राष्ट्रको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा सास्थम कलेज अगाडि रहेको उनले बताए ।

कार्यक्रममा कलेजका मेनेजर महेश्वरप्रसाद सिंह, बिएचएम प्रोग्राम डाइरेक्टर शैलेन्द्र गणेश, बिबिएम प्रोग्राम डाइरेक्टर विनय विष्णु केसीलगायतको उपस्थिति रहेको थियो । बिदाइ कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य प्रस्तुत गरेर रमाइलो गरेका थिए ।