बङ्गलादेशका लागि भारतका उच्चायुक्त प्रणय वर्माले बङ्गलादेशका नयाँ विदेश मन्त्री हसन महमुदलाई भेटी बङ्गलादेश सरकारको नयाँ कार्यकालमा द्विपक्षीय सहयोगलाई अगाडि बढाउनका लागि छलफल गरेका छन्। हसन महमुदलाई अब्दुल मोमेनको स्थानमा बङ्गलादेशको नयाँ विदेश मन्त्रीको रूपमा नियुक्त गरिएको छ। अघिल्लो कार्यकालमा उनि बङ्गलादेशको सूचना तथा प्रसारण मन्त्री रहेका थिए।
एक्समा साझा गरिएको पोस्ट अनुसार बङ्गलादेशमा भारतीय उच्च आयुक्त वर्माले १५ जनवरी बङ्गलादेशका हसन महमुदसँग शिष्टाचार भेटवार्त गरेको उल्लेख गरिएको छ। भारतको तर्फबाट बधाई दिदै उनीहरूले बङ्गलादेश सरकारको नयाँ कार्यकालमा भारत–बङ्गलादेश द्विपक्षीय सहयोगलाई अगाडि बढाउन विस्तृत मुद्दाहरूमा छलफल गरेको बताइएको छ।
जनवरी ८ मा बङ्गलादेशका लागि भारतीय उच्चायुक्त प्रणय वर्माले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्त गरेका थिए।भेटका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको तर्फबाट शेख हसिनालाई विजयका लागि बधाइ दिएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शेख हसिनालाई चुनावमा जित हासिल गरेकोमा बधाइ दिएका छन्। गरेका छ। बङ्गलादेशसँगको साझेदारीलाई अझ सुदढ पार्न भारत प्रतिबद्ध रहेको कुरामा जोड दिँदै प्रधानमन्त्री मोदीले बङ्गलादेशसँगको आफ्नो स्थायी र जन–केन्द्रित साझेदारीलाई अझ सुदृढ पार्न प्रतिबद्ध रहेको बताएका छन्।
सार्वजनिक गरिएको पोस्टमा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शेख हसिनासँग कुरा गरी संसदीय चुनावमा लगातार चौथो कार्यकालको ऐतिहासिक जितका लागि बधाइ दिएका छन्। यसै सन्दर्भमा बङ्गलादेशका जनतालाई पनि चुनावमा सहभागी भएकामा प्रधानमन्त्री मोदीले बधाइ दिएका छन्। साथै बङ्गलादेशसँग आफ्नो स्थायी र जन–केन्द्रित साझेदारीलाई अझ सुदृढ पार्न प्रतिबद्ध रहेको पनि उनले बताएका छन्। शेख हसिनाले बङ्गलादेशको प्रधानमन्त्रीको रूपमा लगातार चौथो कार्यकाल प्राप्त गर्दै ऐतिहासिक विजय दर्ता गरेका छन्। उनको पार्टी अवामी लिगले जनवरी ७ मा भएको चुनावमा २ सय २३ सिट जितेको थियो। 
उनले २ ४९ हजार नौ सय ६२ मत प्राप्त गर्नु भएको थियो। उहाँका निकटतम प्रतिद्वन्द्वी मोहम्मद अतीकुर रहमानले  ६ हजार ९९९ मत प्राप्त गर्नु भएको थियो। यसैबीच अर्का उम्मेदवार महाबुर मोल्लाले ४२५ मत प्राप्त गर्नु भएको थियो। यसैबीच, जातीय पार्टी ११ सिट,बङ्गलादेश कल्याण पार्टीले एउटा मात्र निर्वाचन क्षेत्रमा जित हासिल गरेको  छ भने स्वतन्त्र उम्मेद्वारहरूले ६२ सिटमा जित हासिल गरेका छन्।
त्यैगरी जातीय समाजवादी दल र वर्कर्स पाटीर्ले अफ बङ्गलादेशले एक–एक सिट जितेको छ। बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) जमात–ए–इस्लामी र समान विचारधारा भएका दलहरूले चुनाव बहिष्कार गरेपछि देशभरि हडताल गरेका छन्।
 
                     
         
                                        
                                                                                                 
        































