सेउती खोलाको खोरिया बस्तीदेखि तलको जङ्गलको अन्तसम्म वर्षामासको पानीलाई पचासौँ वर्षदेखि सञ्चित गरेर राख्नुपर्नेमा त्यतापट्टि पहिलेका शासकहरूको ध्यान त गएन तर, अहिलेका शासकहरूको पनि त्यस्तै क्रियाकलाप देख्दा कालान्तरमा धरानमा अझै पानीको हाहाकार हुने खतरा देखिन्छ ।

धरान उपमहानगरपालिकाका वर्तमान उपप्रमुख अइन्द्रविक्रम वेघाको क्षेत्रदेखि तल जङ्गलको अन्तसम्म ड्याम बनाउने साहस तथा आँट गर्ने हो भने वर्षाको पानी सञ्चित गर्ने र ताल बनाउँदै माछा पालेर भए पनि पानीको जोहो गर्नुपर्ने देखिन्छ । यसमा आँटको आवश्यकता छ । सेउतीको वर्षाको पानी सञ्चित गरी ड्याम बन्न गएमा फाइदा तथा बेफाइदाहरू के–के हुन सक्लान्, त्यतातिर केही अन्वेषण गर्न मन लाग्यो ।

–जङ्गल क्षेत्रमा बाढीबाट क्षति हुने अवस्था रहँदैन ।
–समथर क्षेत्रमा पानीको ड्याम हुँदा माछाका भुराहरू छोड्न सकिन्छ ।
–ड्याम क्षेत्रमा व्यापक फलफूलका बोटबिरुवाहरू आँप, नरिवल, कटहर, लिच्ची, अम्बा, सरिफा आदि तथा अन्य बोटबिरुवा लगाएर हरियाली बनाउन सकिन्छ ।
–ड्याम क्षेत्रमा पर्यटकीय बोट रमाइलोका लागि सञ्चालन गर्न सकिन्छ । मानौं वेतना सिमसारतिरको झै गरेर आय हुनसक्छ । पर्यटक आकर्षित हुन सक्छन् ।
–२ सय वर्षदेखि गरिरहेको हुनुपर्नेमा सुरुवात अब गर्नै पर्ने हुन्छ, आँट गरेर अब सुरु गर्नु पर्यो ।
–समथर क्षेत्र भएकाले बाढीको सम्भावना छैन ।
–धरानको भौगोलिक अवस्था हेर्दा बलौटे माटो भएकाले पानी सोसिएर सुख्खा रहन्छ । त्यसै भएर २ सय वर्षदेखि सञ्चित पानी भइदिएको भए तालको रूप हुन्थ्यो । अब कार्य सुरु गर्नु प¥यो ।
–तालको रूप भैसकेपश्चात् बीच भागमा मन्दिर निर्माण गर्न मिल्दथ्यो । पर्यटकीय क्षेत्र बन्ने र त्यसपछि लोकप्रीय पनि हुने थियो ।
–जे होस्, बगेर जाने पानीलाई के–कसरी वर्षौं उपयोगमा ल्याउने भन्ने अनुमान लगाउँदै केही कदम चाल्नु आवश्यक छ ।
–धरानमा ५० वर्षअघि रेल कुद्थ्यो । अहिले भग्नावषेशसम्म छैन ।

लेखकको अभिप्राय भनेको धरानमा अबको ५ सय वर्षसम्म पनि खानेपानीको हाहाकार नहोस्, धराने जनताले काकाकुलको अवस्था व्यहोर्नु नपरोस् भन्ने रहेको छ । त्यसैको निकास के कसरी गर्ने भन्ने सम्बन्धमा स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्घीय सरकारको पनि ध्यान जान जरुरी रहेको छ, धरानको सवालमा निकै ढिलो भैसक्यो ।