श्रीलङ्काको कुल जनसङ्ख्याको २२ प्रतिशत वा ४.९ करोड मानिसहरूलाई अहिले खाद्यान्न सहायताको आवश्यक रहेकोे संयुक्त राष्ट्र संघीय एक उच्च अधिकारीले शुक्रबार बताएका छन्।

संयुक्त राष्ट्र संघीय आवासीय संयोजक हाना सिंगर–हम्डीले श्रीलङ्कामा हालको खाद्य सुरक्षा स्थितिमा दबाब दिन विभिन्न कारकहरू अन्तरक्रिया गरिरहेका बताए। 

“हामीले कम आय भएका परिवारहरू सबैभन्दा बढी प्रभावित भएको र कठिन परिस्थितसँग सामना गर्ने रणनीतिहरू अपनाएको पनि देखेका छौं,” सिंगर–ह्यामडीले डेली मिरर पत्रिकासँगको एक अन्तरवार्तामा भने ।

रासायनिक मलको अभावका कारण सन् २०२१÷२०२२ मा धान बालीमा ४० देखि ५० प्रतिशतसम्म कमी आएको उनले बताइन् । संयुक्त राष्ट्रस्ंघीय आवासीय प्रतिनिधिले थप्नुभयो, “अप्रिल २०२१ मा रासायनिक मल आयातमा प्रतिबन्ध लगाउने प्रारम्भिक निर्णयदेखि प्रतिबन्ध अघिको अवधिको तुलनामा मल आयातमा खर्च झन्डै ६० प्रतिशतले घटेको छ ।

पहिले माथिल्लो मध्यम आय भएको देश श्रीलङ्काले स्वतन्त्रता पछि सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । मे महिनामा खाद्य मुद्रास्फीति ५७।४ प्रतिशत रहेको छ भने प्रमुख खाद्य वस्तुहरूको अभावका साथै खाना पकाउने, यातायात र उद्योगको लागि इन्धनको अभाव व्यापक रहेको छ ।

दैनिकरूपमा विद्युतको आपूर्तिमा समस्या चलिरहेको छ । उत्पादनमा आधारभूत आगतको उपलब्धता नपुगेको, सन् २०२२ मार्चदेखि मुद्राको ८० प्रतिशत मूल्य ह्रास भएको र विदेशी सञ्चितिको अभाव रहेको छ । देशले आफ्नो अन्तर्राष्ट्रिय ऋण दायित्व पूरा गर्न नसकेका कारण अर्थतन्त्र तीव्र संकुचनको अवस्थामा रहेको छ ।

आर्थिक सङ्कटले विशेष गरी खाद्य सुरक्षा, कृषि, जीविकोपार्जन र स्वास्थ्य सेवाको पहुँचमा असर पारेको छ । बीउ, मल, इन्धन र ऋणको अभावले गर्दा खाद्यान्न उत्पादन जोखिममा परेको छ । हाल झण्डै पचास लाख मानिस ९२२ प्रतिशत जनसंख्या० लाई खाद्यान्न सहयोगको खाँचो छ । हालैका सर्वेक्षणहरूले देखाएअनुसार ८६ प्रतिशत परिवारहरूले खाद्यान्न सङ्कटका कारण समस्या भोगिरहेका छन् ।

श्रीलङ्कामा अहिले करिब २०० अत्यावश्यक औषधीहरूको अभाव भएको र आगामी दुईदेखि तीन महिनामा अर्को १६३ वटा औषधीहरूको अभाव हुने अनुमान गरिएको छ । यसबाहेक, २,७०० भन्दा बढी आवश्यक शल्यक्रिया र २५० भन्दा बढी नियमित प्रयोगशालाका सामानहरूको पनि स्टक अभाव देखिएको छ ।