विराटनगर । महेन्द्र राजमार्गसँग जोडिएको नगरपालिका हो, मोरङको सुन्दरहरैचा । विश्वभरी महामारीको रूपमा फैलिएको कोभिड १९ ले आक्रन्त बनाइरहेको बेला सुन्दरहरैचा पनि अछुतो रहन सकेन । तर, यहाँका जनप्रतिनधीको भिजन र  स्वास्थ्यकर्मीहरूको लगनशिलतासँगै कोभिड रोकथाम र नियन्त्रणमा पाँच विधी अपनाएको कारणले ठूलो संख्यामा मानवी क्षति हुन पाएन । नगरपालिकाले अपनाएको ट्राभल रेस्ट्रिक्सन, टेस्टिङ्ग, ट्रेसिङ्ग, ट्र्याकिङ  र ट्रिटमेन्टको विधीले पहिलो लहरमा भन्दा दोस्रो र तेस्रो लहरमा फैलिएको कोभिड रोकथाम र नियन्त्रणमा सफल देखिएको छ ।

सुन्दरहरैचामा पहिलो लहरमा ६ हजार ८ सय ९३ जनाको परीक्षण गर्दा २ हजार ८ सय ९ जनामा संक्रमण देखियो । जसमध्ये १ हजार ४ सय ६ महिला र १ हजार ४ सय ३ जना पुरूष रहेका थिए । कोभिडबाट ५३ जनाको मृत्यु भयो । मृत्यु हुनेमा १४ महिला र ३९ जना पुरूष रहेको नगरपालिको अभिलेखमा देखिन्छ ।

पहिलो लहरमा फैलिएको संक्रमणबाट सिको सिक्दै दोस्रो लहरसम्म आइपुग्दा नगरपालिकाले संघ र प्रदेश सरकारसँग समन्वय गरि काम गरेको थियो । योजनाबद्ध तरिकाले गरेको काम  र नगरपालिकाले फैलाएको सचेतनाको कारणले दोस्रो र तेस्रो लहरमा पहिलो जस्तो संक्रमण फैलिन नपाएको सुन्दररहैचना नगरपालिकाका स्वास्थ्य प्रमुख मचिन्द्र बस्नेतले बताए । दोस्रो लहरमा २ हजार ४ सय ७५ जनाको परीक्षण गर्दा ३ सय १२ जनामा संक्रमण देखियो । संक्रमित हुनेमा १ सय १९ महिला र १ सय ९३ जना पुरुष रहेको अभिलेखमा देखिन्छ । संक्रमित मध्ये १६ जनाको मृत्यु भयो । तेस्रो लहरमा नगरभित्रका २ सय ४९ जना संक्रमित भए । जसमध्ये १ सय १६ महिला र १ सय ३३ जना पुरूष संक्रमित भए ।

संक्रमणबाट मृत्यु हुने दर शुन्य रहेको छ । पहिलो लहरमा फैलिएको संक्रमणबाट पाठ सिक्दै दोस्रो र तेस्रो लहरमा अपनाएको सावधानी, सचेतना र उपचार बिधीमा ध्यान पु¥याउँदा संक्रमण र मृत्युदरमा कमी आएको स्वास्थ्य शाखा प्रमुख बस्नेतले बताए । नगरपालिकाले दोस्रो लहरमा ४ वटा क्वारेन्टीन र होल्डिङ सेन्टर बनाएको थियो । सुन्दरहरैचा ८ सलकपुरस्थित दुर्गादेवी दुलाल स्पोट्स ग्राम ६० शैय्याको रहेको थियो । यस्तै सिग्देल बन्धु प्रष्ठिान बाँसबारीमा ४७ शैय्या, उद्योग वाणिज्य संघमा २५ शैय्या र जेसिज भवनमा ४५ शैय्याको क्वारेन्टीन र होल्डिङ सेन्टर बनाएको थियो ।

क्वारेन्टिनमा ३ सय १८ जना बसेको नगरपालिकाले जनाएको छ । ‘विदेशबाट आएकाहरूलाइ नगरपालिकाले बनाएको क्वारेन्टिनमा राखिने गरेको थियो । क्वारेन्टिनमा दुई साता बसेपछि उनीहरूको आरडिटी र पिसिआर प्रविधिबाट स्वाप संकलन गरिन्थ्यो । नेगेटिभ आएपछि उनीहरू घर पढाउने गरेका थियौ । संक्रमण देखिए आइशोलनमा पढाउने गरेका थियौ । संक्रमणले गाह्रो बनाए त्यस्तो विरामीलाई कोशी अस्पतलाको कोभिड– १९ उपचार केन्द्र र धरानको वीपि प्रतिष्ठानमा बनाएको कोभिड अस्पताल पढाउने गरेका थियौ । विरामीलाई अस्पताल पु¥याउने दुई वटा एम्बुलेन्स पनि नगरपालिकाले २४ घण्टै तयारी अवस्थामा राखेको थियो,’ बस्नेतलले भने, ‘यसरी योजना बद्ध तरिकाले स्वास्थ्यकर्मी र जनप्रतिनधीहरू लागि परेकोले कोभिड रोकथाम र नियन्त्रण गर्न हामी सफल भयौं ।’

विदेशबाट भित्रिएका व्यक्तिहरु नगरपालिकाले बनाएको चार वटा क्वारेन्टाइनमा बसेको उनले बताए । ‘जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नसरोस । नगरबासीलाई संक्रमणबाट बचाउन यो कुरा अपरिहार्य थियो । यसमा स्वास्थ्यकर्मीहरुले गर्नुभएको सहयोगको म उच्च मूल्याङ्कन गर्छु । होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पनि आवश्यकता अनुसार नमुना परीक्षण गर्ने नीति लिइएको थियो । कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधीमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा हामीले कार्यविधि बनाई व्यवस्थित गरेका छौं । हाम्रो हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरै भन्दा धेरै व्यक्तिहरुलाई सो दायरामा ल्याई परीक्षण गरेका थियौं,’ उनले भने, ‘संक्रमित व्यक्तिका परिवार नजिकका व्यक्तिहरु जोसँग ति संक्रमितहरुको सम्पर्कमा आउनुभयो त्यस्ता व्यक्तिहरुलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याएका थियौं । जसले गर्दा अरूमा संक्रमण फैलिन पाएको थिएन । हामीले धेरैजसो संक्रमितहरुको ट्रेसिङ्ग कार्य पुरा गरिसकेका छौं । सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा आवत जावत भएमा सो कुराको यकिन गरी उनीहरूलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्रेकिङ्ग कार्य गरेका थियौं ।’

सुन्दरहरैँचा उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण रिजालले सामाजिक उत्तरदायित्व अन्र्गत रहेर कोभिड रोकथाम र नियन्त्रणमा निजी क्षेत्रबाट पनि सहयोग समन्वय गरेको बताए । ‘पहिलो र दोस्रो लहरमा कोभिड महामारीको रुपमा फैलिएको थियो । त्यसबेलामा पीसिआर पनि परीक्षण र अक्सिजन सिलेण्डर निजी क्षेत्रले बितरण गरेको थियो,’ उनले भने, ‘सरकारी तहरमात्रबाट नभएर निजी क्षेत्रपनि योगदानमा नगरभित्र कोभिडको रोकथाम र नियन्त्रणमा भूमिका खेलाका थियौं ।’

इन्द्रपुर जेसिज निर्वतमान अध्यक्ष कृष्णप्रसाद ओझाले बाहिरबाट आउनेहरुको लागि क्वारेन्टिन निर्माण र पिसिआर परीक्षण गरि कोभिड रोकथाम र नियन्त्रणमा जेसिजले भुमिका खेलेको उनले बताए । ‘कोभिड १९ को बेलामा  जेसिजले छुट्टै भवनमा क्वारेन्टिन निर्माण गरि विदेशबाट आएकाहरूलाई राख्ने गरिएको थियो । दुई साता क्वारेन्टिनमा बसेपछि पिसिआर परीक्षण गरेपछि रिपोर्ट नेगेटिभ आए घर र पोजेटिभ आए आइसोलेनमा पढाउने गरेको थियो,’ उनले भने, ‘नगरपालिकासँग समन्वय गरेर जेसिजले काम गरेको थियो ।’

napa sundar

संक्रमितको घर–घरमा स्वास्थ्यकर्मी     
दोस्रो  र तेस्रो लहरमा धेरै संक्रमित होम आइसोलनमा बसेका थिए । घरमा आइसोलेट भएर बसेका संक्रमितको स्वास्थ्य अवस्था नगरपालिकाले खटाएको स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य अवस्था जाँच गर्ने, परामर्श दिने काम गरेको स्वास्थ्य शाखा प्रमुख मचिन्द्र बस्नेतले जानकारी दिए । १२ वडा रहेको नगरपालिका भित्र ३० जना स्वास्थ्यकर्मीहरू कोभिड १९ को बेला परिचालन गरिएको थियो ।

‘संक्रमितको उपचार र परामर्शमा लागि दुई वटा स्वास्थ्यकर्मीहरूको टोली रहेको थियो । उनीहरूले सिफ्ट मिलाएर काम गरेका थिए,’ उलने भने, ‘प्रत्येक वडामा २ जना स्वास्थ्यकर्मीहरू खटाएका थियौं । उनीहरूले संक्रमित भएको ठाउँमा पुग्ने स्वास्थ्य जाँच गर्ने आवश्यक पर्ने औषधी दिनुको साथै परामर्श दिने गरेका थिए ।’ होम आइसोलेशनमा बसेका संक्रमितलाई नगरपालिकाले भिटामिन, जिङ ट्याप्लेटलगायतका औषधीहरू पनि बितरण गरिएको नगरपालिकाले बताएको छ । आइशोलेनमा बसेका बेला अक्सिजन लेभल कम भएर अक्सिजन आवश्यक पर्ने संक्रमितलाई  ३ सय सिलेन्डर अक्सिजन पनि बितरण गरेको बस्नेतले बताए ।

सम्भावित संक्रमणको संख्या आँकलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउने गरिएको उनले बताए । कोरोना संक्रमण बाहेकका सुन्दरहरैचनामा  आकस्मिक सेवा र निरन्तर उपचारका सेवाको लागि १५ शैय्याको नगर अस्पताल रहेको छ । यो अस्पतालबाट मेडिकल अफिसरबाट आकस्मिकसहितका विभिन्न सेवाहरू सुचारू रहेको छ । नगरभित्र चार वटा स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र २, आधरभूत स्वास्थ्य चौकी ५, चार वटा स्वास्थ्य चौकी रहेको छ । कूल ३५ दरबन्दी रहेको स्वास्थ्यमा पदपूर्ति ५८ रहेको छ । करारका ११ जना कर्मचारी रहेका छन् ।

नगर अस्पतालबाट बिरामीहरु थप समस्यामा नपरुन र उनिहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह होस् भन्नका लागि नगरपालिका गम्भीर छ र त्यस्तो सेवा प्रवाह गर्ने आवश्यक प्रबन्ध मिलाउन हामी निरन्तर लागिपरेको उनले बताए ।

९५ हजारले लगाए खोप
मोरङको सुन्दरहरैचना नगरपालिका भित्र ९५ हजारले कोरोना विरूद्धको खोप लगाएका छन् । नगरपालिकाले दिएको जानकारी अनुसार ९५ हजारले  खोपको दुबै मात्रा ९पूर्णखोप० लगाएका हुन् । नगरपालिका भित्र भेरोसेल खोप लगाउनेको संख्या सबैभन्दा धेरै छ । ७० हजार बढीले भरोसेल र १५ हजारले कोभिसिल्डको लगाएका छन् । सुन्दरहरैचना नगरपालिका स्वास्थ्य शाखा प्रमुख मचिन्द्र बस्नेतले नगरभित्रमा खोप अभियानलाई तीव्र ढंगले संचालन गरिएको बताए । ‘संघीय र प्रदेश सरकारबाट खोप प्राप्त भएपछि हामीले स्वास्थयकर्मीहरू परिचालन गरि कोरोना विरुद्धको खोप लगाएका थियौं,’ उनले भने । कोरोना महामारी नियन्त्रण गर्न खोपका सहयोगी भएकोले सर्वसाधारणमा खोपप्रति सकारात्मक धारणा बढेकोले अभियान संचालन गर्न सहज भएको उनले सुनाए ।

sundarharaicha-upanapa