विजयपुर । स्थानीय तह निर्वाचनमा सुनसरीका १२ स्थानीय तहका जम्मा १ हजार ८ सय ६३ जना उम्मेदवारको जमानत जफत भएको छ ।

कुल सदर मतको १० प्रतिशत नल्याउने उम्मेदवारको जमानत जफत हुन्छ । १६ उम्मेदवारले भने १ मत पनि प्राप्त गरेनन् अर्थात् आफैलाई मतदान गरेनन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीको तथ्याङ्कअनुसार धरान उपमहानगरको प्रमुख पदमा उम्मेदवारी दिएका १७ जनाको जमानत जफत भएको छ । त्यसमध्ये स्वतन्त्र उम्मेदवार सुवर्ण समसेर राईले जम्मा ५ मत मात्रै प्राप्त गरे । लोकतान्त्रिक पार्टीका राजकुमार राईले २२ मत ल्याए । स्वतन्त्र उम्मेदवारहरु सञ्जीव भट्टराईले ४२ मत, टोलकुमारी लुइटेलले १ मत, रत्नबहादुर कटुवालले १ सय २६ मत, सूर्यबहादुर न्यौपानेले २ मत प्राप्त गरे ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्बूले  ५ सय १९ मत पाए भने मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका दिर्पाकुमारी राईले ६८ मत, आमूल परिवर्तन मसिहा पार्टीका लोकेन्द्रबहादुर डङ्गोलले ६ मत, राप्रपाका पासाङ शेर्पाले १९ मत, मौलिक जरोकिलो पार्टीका रेणुका विक ४५ मत, जसपाका ताजुवकुमार लिम्बूले २ सय १८ मत, स्वतन्त्र उम्मेदवार श्यामकुमार भुजेलले १० मत, खम्बुवान राष्ट्रिय मोर्चा नेपालका उमेश राईले १८ मत, राष्ट्रिय जनमुक्ति पार्टीका राजेशकुमार राईले ४१ मत प्राप्त गरे । उनीहरू कसैले पनि १ प्रतिशत समेत पुर्याएनन् ।

राप्रपाका नरेशकुमार शाक्यले १ हजार ४ सय ८८ मत प्राप्त गरे । उनले कुल सदर मतको १ प्रतिशत मात्रै ल्याए । धरानमा ८ जना उपप्रमुख, वडाध्यक्ष र सदस्य २ सय २४ जनाको जमानत जफत भएको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ ।

इटहरी उपमहानगरको प्रमुख पदका १४ जनाको जमानत जफत भएको छ । राप्रपाका आकाशहाङ लिम्बूले ३ हजार ९ सय ८ मत प्राप्त गरे । यो कुल सदर मतको ३ प्रतिशत मात्र हो ।

मङ्गोल नेशनल अर्गानाइजेशनका दीपेन्द्र राईले १ सय ६५ मत, मौलिक जरोकिलो पार्टीका रामेश्वर थापाले २१ मत, नागरिक उन्मुक्ति पार्टीका अक्षयकुमार चौधरीले ५८ मत, जनता समाजवादी पार्टीका डिल्लीप्रसाद लिम्बूले २ सय ८० मत, लोकतान्त्रिक समाजवादी पार्टीका गङ्गाबहादुर श्रेष्ठले २० मत, सङ्घीय लोकतान्त्रिक मञ्चका भीमकुमार लिम्बूले २ सय २६ मत, नेकपा (माओवादी समाजवादी) का भानुभक्त कोइरालाले ११ मत, खम्बुवान राष्ट्रिय मोर्चाका देशमाया राईले २५ मत प्राप्त गरे ।

स्वतन्त्र उम्मेदवार डिल्लीराम दाहाल २ सय ४७ मत,  झमकबहादुर कार्की १ मत, पदमकुमार अधिकारीले ४३ मत, टेकराज भुजेलले ३४ मत पाए । इटहरीमा उपप्रमुख, अध्यक्ष र सदस्यसहित २ सय ५ जनाको जमानत जफत भएको छ ।

इनरुवा नगरपालिकाका प्रमखु पदका उम्मेदवार १२ जनाको जमानत जफत भएको छ । राप्रपाका चन्द्रेश्वर चौधरीले २ सय २५, विवेकशील साझा पार्टीका राजु नन्दीले ५० मत, जनमत पार्टीका सञ्जीवकुमार चौधरीले ८९ मत, नेकपा (माक्र्सवादी लेनिनवादी) का सुनिलकुमार साह हलवाईले ६६ मत, नेकपा (माओवादी समाजावादी) का जुरीलाल मोचीले ५० मत, स्वतन्त्र उम्मेदवार भीष्म आचार्यले १ मत, निकेश पोखरेल १ मत, गोपाल मेहेताले १ सय ३८ मत र अम्बरबहादुर श्रेष्ठले १० मत ल्याए भने कुल सदर मतको शून्य प्रतिशत नै रह्यो ।

माओवादी केन्द्रका विमला पोखरेलले १ हजार ४ सय ५६ मत ल्याइन् भने यो कुल सदरको ३ प्रतिशत हो । जसपाका दिलिपचन साहुले ४ हजार ३ सय ५ मत ल्याए; जुन सदर मतको ८ प्रतिशत  हो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका चुन्नी खातुनले ३ सय २७ मत ल्याइन् भने यो सदर मतको १ प्रतिशत हो । इनरुवामा ८ उपप्रमुखसहित अध्यक्ष र सदस्य गरी २ सय ३ उम्मेदवारको जमानत जफत भएको छ । 

कोसी गाउँपालिका प्रमुख पदमा उम्मेदवारी दिएका १२ जनाको जमानत जफत भएको छ । माओवादी केन्द्रका तुलसी यादवले ७ सय १५ मत ल्याए भने यो सदर मतको २ प्रतिशतमात्रै हो । जनमत पार्टीका दुर्गानन्द यादवले ४ सय १४ मत ल्याए । यो सदर मतको १ प्रतिशत हो । माओवादी समाजवादीका अरबिन्द पाठकले ५ मत, स्वतन्त्र उम्मेदवार हराधन चन्द्र चेलले २ मत, राम विलास खेरवार यादवले ६ मत, गोविन्दप्रसाद यादवले ५० मत, रमेश मेहेताले ११ मत ल्याए पनि उनीहरू सबै शून्य प्रतिशतमा नै सीमित भए ।

नेकपा (एमाले)का अजयकुमार कुसियतले ३ हजार २ सय ५८ मत ल्याए । उनको सदर मत  १० प्रतिशत मत आयो तर, उनको १० प्रतिशतभन्दा माथि कटेन । एकीकृत समाजवादी (एस) का रामचन्द्र मटियतले ३ सय ७८ मत, लोसपाका राजकुमार सदाले १ सय १४ मत ल्याए । ५ उपाध्यक्षसहित वडाध्यक्ष र सदस्य गरी १ सय ८८ उम्मेदवारको जमानत जफत भएको हो ।

गढी गाउँपालिका अध्यक्षको उम्मेदवार ७ जनाको जमानत जफत भयो । राप्रपाका ढोलाई सरदार वातरले १ सय ३० मत, माओवादी केन्द्रका प्रभुलाल अरगरियाले ७ सय ७६ मत अर्थात् सदर मतको २ प्रतिशत ल्याए । जसपाका कपिलकुमार भण्डारीले ६ सय ९९ मत अर्थात् सदर मतको २ प्रतिशत, लोसपाका वासुदेव साहु तेलीले १९ मत, जनमत पार्टीका अवधलाल यादवले २ सय १८ मत (सदर मतको १ प्रतिशत), नेकपा (माओवादी समाजवादी)का अशोककुमार चौधरीले ६ मत, स्वतन्त्र उम्मेदवार अरिया मुसहरले ५ मत, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महेन्द्र ऋषिदेवले ३५ मत ल्याएका छन् भने ५ उपाध्यक्षसहित अध्यक्ष र सदस्य गरी १ सय २२ जनाको जमानत जफत भएको छ ।

दुहबी नगरपालिकाका ७ जना प्रमुख पदका उम्मेदवारको जमानत जफत भएको छ । स्वतन्त्र उम्मेदवार भागवतलाल चौधरीले १ सय ४० मत, काङ्ग्रेसका ओसिम आलमले २३ मत, राप्रपाका इन्द्रकुमार श्रेष्ठले ६ सय १५ मत, जनमत पार्टीका दीपेन्द्रकुमार पासवानले ६ सय ६४ मत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सुनितादेवी हरिजनले २३ मत, माअ‍ेवादी केन्द्रका रोजिना खातुनले ५ सय १० मत प्राप्त गरेका छन् । उनीहरूले २ प्रतिशतसम्म ल्याएका छन् । ४ उपप्रमुखसहित अध्यक्ष र सदस्य गरी १ सय ४० जनाको जमानत जफत भयो ।

देवानगञ्ज गाउँपालिकाको अध्यक्ष पदका १० उम्मेदवारको जमानत जफत भएको छ । एमालेका चन्दनप्रसाद यादवले २ हजार ७ सय १० मत अर्थात् सदर मतको ८ प्रतिशत ल्याए । राप्रपाका हंसराज मेहेताले ३० मत, स्वतन्त्र उम्मेदवार रामप्रसाद मेहताले १ सय ७८ मत, सूर्यनारायण मेहेताले १ मत, दुःखीलाल मेहेताले ५ मत, राजकुमार मण्डलले शून्य मत ल्याए । माओवादी केन्द्रका शिवनारायण मेहेताले ६ सय ५४ मत, लोकतान्त्रिक समाजवादी पार्टीका देवनन्दन मेहेताले ५ मत, जनमत पार्टीका भवानी मेहेताले ९५ मत ल्याएका छन् । ३ उपाध्यक्षसहित वडाध्यक्ष र  सदस्य गरी १ सय २ जनाको जमानत जफत भएको छ ।

वराहक्षेत्रमा नगर प्रमुख पदका ७ उम्मेदवारको जमानत जफत भएको छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पूर्णहाङ लिम्बूले १ सय २४ मत, आमूल परिवतर्नका पार्टीका भोलामान जिमीले १ सय ३९ मत, जसपाका उत्तमकुमार राईले ७ सय ९६, स्वतन्त्र उम्मेदवार रामबहादुर विष्टले ३ सय ६८ मत, पदमलाल काफ्लेले ४ सय १ मत, राप्रपाका श्यामकुमार सुब्बाले १ हजार ३ सय १५ मत (सदर मतको २ प्रतिशत), स्वतन्त्र उम्मेदवार राजु अधिकारीले ३ सय ६१ मत ल्याए । ३ उपप्रमुखसहित अध्यक्ष र सदस्य गरी १ सय २७ जनाको जमानत जफत भयो ।

बर्जु गाउँपालिका अध्यक्ष पदका ५ उम्मेदवारको जमानत जफत भएको छ । जसपाका बद्रीप्रसाद यादवले ७ सय २३ मत (सदर मतको २ प्रतिशत), लोकतान्त्रिक समाजवादी पार्टीका मोहन मेहेताले १४ मत, राप्रपाका मोतीप्रसाद घिमिरेले १ सय ७० मत, एकीकृत समाजवादीका दीपककुमार राईले ७७ मत, माओवादी केन्द्रका किम्बुकुमारी मेहेताले ४ सय ८ मत ल्याए । ३ उपाध्यक्षसहित वडाध्यक्ष र सदस्य गरी ८४ जनाको जमानत जफत भयो । भोक्राहा नरसिंह गाउँपालिकामा अध्यक्षका १२ जना उम्मेदवारको जमानत जफत भएको छ ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मो. सदरुल मियाँले २० मत, राप्रपाका रामप्रसाद यादवले १ हजार ७ सय ३९ मत (सदर मतको ६ प्रतिशत), स्वतन्त्र उम्मेदवार जुगेश्वर यादवले १ मत, शत्रुधनप्रसाद यादव र चन्द्रदेव मेहेताले एक–एक मत, जनमत पार्टीका पङ्कजकुमार साहले ८ सय ९६ मत (सदर मतको ३ प्रतिशत), लोकतान्त्रिक समाजवादीका मुनिलाल महतोले १ हजार ९ सय ५४ मत (३ प्रतिशत), जसपाका महेन्द्रप्रसाद यादवले २ हजार २ सय २१ मत (सदर मतको ७ प्रतिशत), एकीकृत समाजवादीका मो. जावेद आलमले ७ सय १९ मत (सदर मतको २ प्रतिशत) ल्याएका छन् ।

नेपाल सद्भावना पार्टीका बेचन यादवले ३ मत, नेपाली जनमत दलका अशोक साहले २० मत, स्वतन्त्र उम्मेदवार महमद अमिन अन्सारीले २४ मत ल्याए । ६ उपाध्यक्षसहित वडाध्यक्ष र सदस्य गरी २ सय १८ जनाको जमानत जफत भयो । रामधुनी नगरपालिकाका १२ जना प्रमुख पदका उम्मेदवारको जमानत जफत भएको छ । स्वतन्त्र उम्मेदवार रेवतराम गुरुङको १ मत, राजनकुमार गौतमले ३ मत र नोवेल चौधरीले १ मत ल्याएका छन् ।

माओवादी केन्द्रका चन्द्रकुमार चौधरी थारुले ६ सय ४९ मत, स्वतन्त्र उम्मेदवार रविन लम्सालले शून्य र सूर्यप्रसाद दाहालले पनि शून्य मत ल्याए । गुरुप्रसाद पोखरेलले १५ मत, राप्रपाका सत्यनारायण चौधरीले ४ सय ९० मत, स्वतन्त्र उम्मेदवार माधव कट्टेलले शून्य मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका सीताराम घिमिरेले ९ सय ९५ मत (२ प्रतिशत), स्वतन्त्र उम्मेदवार आशिष पौडेलले ४ मत र नेत्रदेव ढकालको पनि शून्य रहेको छ । 

६ उपप्रमुखसहित वडाध्यक्ष र सदस्य गरी १ सय ३३ जनाको जमानत जफत भएको हो । हरिनगरा गाउँपालिकाका ८ अध्यक्षका उम्मेदवारको जमानत जफत भएको छ । स्वतन्त्र उम्मेदवार जलेश्वर उराँवले ६७ मत, कमरुद जटले १२ मत, हमिद अन्सारीले १ मत, सज्जाद अन्सारीले ५ मत र दिनेश साफीले ४० मत ल्याए । माओवादी केन्द्रका कलावतीदेवी उराँवले ४ सय ३९ मत, जनमत पार्टीका कपलेश्वजर यादव १ सय ७३ मत तथा १ प्रतिशत, लोकतान्त्रिक समाजवादी पार्टीका महादेव मेहेताले ६ मत प्राप्त गरेका छन् । ५ उपाध्यक्षसहित अध्यक्ष र सदस्य गरी १ सय १७ जनाको जमानत जफत भएको तथ्याङ्कले देखाएको छ ।