१७ मे २०१६, मेरो जीवनको सबभन्दा यादकार दिन हुनु पर्छ किनकि मलाई आज पनि याद छ त्यो दिन जब मैले मेरो बुवालाई काठमाडौँबाट फोन गरेर “बुवा दर्शन, मेरो अस्ट्रेलियाको भिसा आयो नि” भनेको थिए ।

खुसीले होला या छोरो अब मबाट टाढा हुन लाग्यो भन्ने कुराले मन दुखेर,  भावुक हुँदै मेरो बुवा केही सेकेन्डको लागि टक्क रोकिनुभयो, अनि एक छिन को सन्नाटा पछि लामो सुस्केरा निकाल्दै जवाफ पाए "ल, अब घर आइजा तयारी गर्न ।

छोरोले  उच्च शिक्षा पाउनु  बुबाका लागि सबैभन्दा गर्वको क्षण हो  तर,  त्योसँगै  बाबु छोरा बिचको दुरी छन् बढ्नाले अझ बढी चिन्ता र दुखी बनाएन भन्न के सकुँला र ? बुवाको मन न हो, बाँधेर भए पनि खुसी भए जस्तो  देखाउनुभयो ।

उहाँ आफ्नो छोरो उच्च शिक्षा अध्ययन गरी सफल व्यक्ति भएको हेर्न चाहनुहुन्थ्यो ।  त्यो सायद सबै बुवा आमाको सपना नै हुन्छ । मलाई लाग्छ नेपालमै विदेशमा पनि प्रतिस्पर्धा गर्ने खालको शिक्षा, रोजगारी र राजनैतिक स्थिरता भइदिए म मात्र हैन हजारै युवा यसरी पलायन हुनु पर्ने थिए । तर  विड्म्वना, पलायन हुनै पर्ने । 

नेपाल एयरपोर्टको भावविहिल बिदाइ र गरुङ्गाे मन एकातिर अनि अर्कोतिर पहिलो पटक हवाई जहाजको अविस्मरणीय यात्रा लिएर सिड्नी ल्यान्ड हुँदाको क्षण आज पनि उत्तिकै यादगार छ । अष्ट्रेलिया पुगेको जो कोहीले पनि सामाजिक सञ्जालमा राख्ने फोटो भनेको ओपेरा हाउस , सिड्नी हार्बर, म्यानली, बन्डी विच लगायत को हो जुन मैले पनि अनुसरण गरेँ। 

निकै रमाइलो लाग्यो ।  देश विकासको एउटा राम्रो उदाहरण हेर्दा, सोच्थे हामी पनि हाम्रो देश यस्तै बनाउन पाए किन बिदेसिनु पर्थ्यो होला । तर त्यो रमाइलो पल धेरै दिन  टिक्न सकेन । नेपालमा लिएको ऋण ,  कलेज खर्च, आफ्नो खर्च र परिवार हेर्नु पर्ने बाध्यताले अब कमाउने बाटो खोज्नु पर्ने भयो । अनि चिनेको, भेटेजतीका सबैलाई सहयोगको लागि फोन मेसेज गर्न सुरु गरियो । 

मलाई लागेको थियो कि म नेपालबाट स्नातक डिग्री पढेर आएको छु राम्रो देशमा त योग्यता अनुसारको काम पाउला । मेरो परिवारमा पनि यस्तै सोच थियो रत  मलाई अझ बढी पढ्न प्रोत्साहन मिलेको थियो । 

 तर यहाँ त्यस्तो होइन रहेछ । यहाँ त प्रमाणपत्र भन्दा पनि काम जानेको,  व्यवहारिक सिपको ठुलो महत्त्व हुने रहेछ । नेपालमा त्यस्तो सोचेकै थिएन ।  काम लागेन मेरो स्नातक डिग्री  । अनि सुरु गर्नुपर्याे सरसफाइ र किचन ह्यान्डलको काम ।

नेपालमा सानो काम भनेर  लाज मान्ने स्नातक डिग्री धारी म अष्ट्रेलियाको किचन ह्यान्डल मा व्यस्त हुन थाले ।  नगरेर के गर्ने  कलेजको फी तिर्नका लागि धेरै नै पैसा जम्मा गर्नु पर्थ्यो त्यसमाथि आफू आउँदा लागेको खर्च, बुवा आमाले आस गरेको छोरा म सबै कुरा भुलेर पैसा कमाउनमा धेरै बिजी भए अझ त्यो भन्दा साथीहरूको आइफोन त बाकी नै रह्यो ।

न दिन न रात १५-१८ घण्टासम्मको सिफ्ट ।  न निद्रा, न भोक, न थकाइ । त्यसमाथि म्यानेजरको दबाब ।  यी सबै जुन दिन हुन्थ्यो त्यो दिन घर, बुवा आमा, परिवार, अनि त्यो भन्दा बढी आमाले पकाएको खानाकाे याद आउँथ्यो ।  यी सब कुराहरूले  धेरै रात अनिदो बनाए । 

यो कथा मेरो मात्र हैन । म मात्र बिदेसिएको हैन । आजको अध्याराे नै भोलिको उज्यालो हो । फेरी हिम्मत जुटाएर आफैलाई थुमथुम्याएर भोलिका लागी तयार हुनु पर्थ्यो । यही दैनिकीमा मैले ३ वर्ष बिताए । 

यी ३ वर्षहरूमा सधैँ दुई वटा प्रश्न भने मेरो मनमा खड्की रहर्याे " के म सधैँ भरी यही काम गर्ने त ? के मैले आजसम्म पढेको यही काम को लागी हो त ? " अब यसको उत्तर खोज्ने बेला आयो ।

यतिकैमा काममा जाने सिलसिलामा धेरै नेपालीहरू जम्मा भएको देखे र उनीहरूले गरेको कुरा सुन्दा आफ्नो प्रोफेसनल क्षेत्रमा नि काम पाउँछ भन्ने सुने जुन सपना मैले बुनेको थिए तेस्तौ भेटियो अनि पढ्न नि सुरु गरे ।

 गरे पछि जे पनि सम्भव छ भन्ने दिनकै क्लासमा सुन्थे मलाई धेरै नै उत्साह आउँथ्यो, नारायण गोपालको गीत को याद आयो "एउटा मान्छे साथले पनि फरक पर्दछ जिउनुमा" त्यस्तै नै भयो मेरो भेट एक्स्ट्राटेकसँग ।

जहाँको मोटिभेसन, त्यो लगाव र समाज परिवर्तन गर्न, अझ तेसमा पनि नेपाली विद्यार्थीहरुलाई आफ्नो प्रोफेसन आनुसारको काममा लाग्न गरेको प्रोत्साहनले आज मेरो जिन्दगी पूर्ण परिवर्तन भएको छ । मलाई, मेरो परिवार मात्र नभई सम्पूर्ण नेपालीको मार्ग दर्शन गर्न सहयोग गरेको छ एक्स्ट्राटेकले ।

आज अस्ट्रेलियामा धेरै कम्पनीहरूको आइटी क्षेत्रमा नेपाली देख्न पाइन्छ | त्यसाे  हुनुको पछाडि तालिम र सिप विकास रहेछ भन्ने कुरा बुझ्दै जाँदा थाहा भयो । मैले जाने बुझे अनुसार यस क्षेत्रमा अध्यानसंगै पार्ट टाइम काम पाउनका लागी तपाइहरूले पनि आफूलाई आवश्यक सीप र तालिमहरूले सुसज्जित गर्न सिफारिस गर्दछु ।

तपाईँले आवेदन गरिरहनुभएको क्षेत्रमा मागमा रहेको सबैभन्दा बढी सीपहरूको बारेमा अनुसन्धान गर्नुहोस्, यसले तपाईँलाई जागिर पाउन मात्र मद्दत गर्दैन अझ तपाईँ लामो समय अष्ट्रेलिया बस्न चाहनुहुन्छ भने भविष्यमा स्थायी बसोबासको लागि आवेदन दिन पनि मद्दत गर्न सक्छ। तपाईँ विद्यार्थी भिसामा हुँदा तपाईँलाई राम्रो काममा लैजान सक्ने केही सिफारिस गरिएका प्रशिक्षणहरू जस्तैः Data Analyst , IT Support, Accounting (MYOB/ XERO), App/ Web Developer, Digital Marketing, Phone/Laptop/Hardware Repair, Bike/Car Repairing/Automotive, Barber, Airconditioning / Mechanical Services, Electrician अष्ट्रेलियामा धेरैजसो नेपाली विद्यार्थीहरूमा केन्द्रित रहेका नेपालीहरूको स्वामित्व र व्यवस्थापनमा धेरै तालिम प्रदायकहरू छन्। म भर्खरै नयाँहरूलाई तपाईँको प्रशिक्षण प्रदायकहरूको छनोटमा सम्मिलित हुन सिफारिस गर्दछु र तपाईँ जुन क्षेत्रमा अध्ययन गरिरहनु भएको भए पनि आफैलाई प्रमाणित गर्नुहोस्।

उदाहरणका लागि, आईटी, वेब, डाटा, नेटवर्किङ र लेखाका साथै करियर काउन्सिलिङ सुविधाका लागि सबैभन्दा प्रतिष्ठित तालिम प्रदायकहरूमध्ये एक हो एक्स्ट्राटेक जुन सिड्नी, मेलबर्न, क्यानबेरा र नेपालमा आधारित एक्स्ट्राटेक अष्ट्रेलिया र नेपालभर अनलाइन र अफलाइन तालिमहरू प्रदान गर्दछ।

समाज परिवर्तन गर्नको लागी एक्स्ट्राटेकले देखाएको बाटोको साथ–साथै अब मलाई पनि देशमै फर्केर परिवर्तनको संवाहक हुन मन छ ।  मलाई पनि देश फर्किएर सानो योगदन दिने मन छ । सपना देखिरहेको छु । पुरा गर्ने अभियान मै लगेको छु र म जस्तै धेरै युवालाई अनुरोध गर्दछु- अब विदेशी सिप आफ्नै देश नेपालमा ला नि कि ?

अब त देश बनाउन फर्किने सपना देख्न सुरु गर्ने कि ?