–निनाम लोवात्ती

हिमालयको काखमा रहेको र, आदि अनादि कालदेखि ऋषि मुनीहरुले वास गरेको हाम्रो देश प्राकृतिक स्रोत–साधनमा पनि धेरै धनी रहेको छ ।

प्राकृतिक स्रोत र साधनको कुरो गर्दा हिमालयबाट बगेर आउने स्वच्छ पानीको स्रोतका रुपमा रहेका स–साना खोलानाला, नदी, पोखरी, तालतलैया, वन–जंगल, औषधीजन्य वनस्पति, जडीबुटीजन्य बुट्यान, लेऊ, झ्याऊ, च्याऊ, फलफूल, झारपात, रुखबिरुवा, भीर मह, घर मह आदिलाई लिन सकिन्छ ।

भनिन्छ, नेपालमा वनस्पतिजन्य पूmल फुल्ने फुलहरु मात्रै लगभग सात हजार प्रकार छन् भन्ने अध्ययन–अनुसन्धानकर्मीहरुको भनाइ रहेको छ । त्यति मात्रै होइन, अन्य प्राकृतिक साधन–स्रोतमा पनि नेपाल धेरै धनी छ । 

हामी नेपालीले अहिलेसम्म नेपालमै पाईने ती अधिकांश वनस्पति र वनस्पतिजन्य जडीबुटी वा भनौं औषधिजन्य जडीबुटीहरुलाई सही र पूर्ण क्षमताका साथ सदुपयोग गर्न सकिरहेका छैनौं ।

कतिपय जडीबुटीजन्य वनस्पतिहरु (रुख वा बिरुवा) त पहिल्यै चोरी निकासी भएर विदेश पुगेको पनि देखिन्छ । हामीले जानाजान वा नजानेर प्रयोग गर्न नसकेको अधिकांश औषधिजन्य वनस्पति र जडीबुटीमध्ये कम चर्चामा रहेको तर, गाउँघरमा घरेलु औषधिको रुपमा मानिसले प्रयोग गर्नेगरेको ‘चिराइतो’बारे लेख्ने प्रयास गरिएको छ । 

बारी वा झाडीको भित्तोमा प्राकृतिक रुपमै आफै उम्रने र बढ्ने वनस्पति (जडीबुटी) ‘चिराइतो’को वैज्ञानिक नाम ‘स्वेर्सिया चिराइता’ हो भने यो वनस्पति ‘जेनसियानेसी’ परिवारमा पर्छ ।

यो वनस्पति खासमा ‘झार’ वर्गमा पर्ने ‘बुट्यान’ हो । त्यस्तै ‘चिराइतो’को अंग्रेजी नामचाहिँ चिरेत्ता, व्यापारिक नाम पनि चिरेत्ता, स्थानीय नाम ‘चिराइतो’ हो ।

 चिराइतोलाई बल/शक्ति वद्र्घक, महिलाहरुमा हुने महिनावारी गडबडी, कब्जियत, पित्तनाशक, शरीर सुन्निएको ठाउँमा, स्वेत प्रदर, छाला रोग, दाद निको पार्न/गर्न पनि चिराइतोलाई प्रयोग गर्न सकिन्छ ।


चिराइतोलाई हिन्दी भाषामा चिराता, तिब्बती भाषामा/आम्चीहरुले, तिते/तिक्ता, नेवारी भाषामा खलु, लिम्बु भाषामा सुङ खिम्बा, कुलुङ भाषामा ‘खीप्ली/खीफ्ली’, तामाङ भाषामा तिम्दा, मगर भाषामा रङ/रङ्का, गुरुङ भाषामा तेन्तो, शेर्पा भाषामा तिक्दा भनिन्छ । स्रोतः वनस्पति विभाग । त्यस्तै नेपालका अन्य जातजाति, समुदाय र भाषाभाषीको मातृभाषामा पनि चिराइतोको अलग्गै नाम रहेको हुन सक्छ । यो कामको खोजी गर्ने काम चिराइतोका बारेमा अध्ययन–अनुसन्धान गर्ने अनुसन्धानकर्मी अथवा विषय विज्ञहरुको जिम्मामै छाडौं ।

चिराइतो मात्रै यस्तो औषधीजन्य ‘बुट्यान’ वा ‘झार’ हो, जसको कुनै पनि भाग खेर जाँदैन । किनभने, चिराइतोको पूरै भाग अर्थात् पात, जरा, डाँठ, फुल, बोक्रा सबै प्रयोगमा आउने गर्छ । यसरी हेर्दा पूरै शरीर अथवा भनौं पात, जरा, डाँठ, फुल, बोक्रा सबै प्रयोगमा आउने औषधिजन्य धेरै कम बोट–विरुवाहरुमा पर्ने वनस्पति हो ‘–चिराइतो ।’ 

गाउँघरमा चिराइतोलाई प्रायः पेट दुख्ने, पेटको कीरा (जुका/चुर्ना) मार्ने, ज्वरो आउने, रगतमासी पर्दा, घाउ–खटिरा आउँदा, अपच हुँदा औषधिको रुपमा प्रयोग गर्ने गरिएको छ भने । तापनि वनस्पति विभागका अनुसार चिराइतोलाई बल/शक्ति वद्र्घक, महिलाहरुमा हुने महिनावारी गडबडी, कब्जियत, पित्तनाशक, शरीर सुन्निएको ठाउँमा, स्वेत प्रदर, छाला रोग, दाद निको पार्न/गर्न पनि चिराइतोलाई प्रयोग गर्न सकिन्छ ।

साथै चिराइतोबाट ब्याक्टेरिया, ढुसी आदि पनि निर्मुल गर्न सकिन्छ । त्यस्तै पशु–पंक्षीलाई लाग्ने विभिन्न रोगहरुमा पनि चिराइतोलाई घरेलु औषधिको रुपमा प्रयोग गरिदै आएको छ । 

प्राकृति रुपमा पाइने चिराइतो १४/१५ सय मिटर देखि २९/३० सय मिटरसम्मको उचाईमा पाइन्छ । भने यसलाई सोभन्दा माथिको उचाई वा तल (१४/१५ सय मिटर देखि २९/३० सय मिटरभन्दा कम वा वेशी) को उचाईमा पनि कृतिम तरिकाले खेती गर्न सकिने संभावना छ, छैन ? यस बारेमा चिराइतोका बारेमा अध्ययन–अनुसन्धान गर्ने अनुसन्धानकर्मीहरुले अध्ययन–अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

जे होस्, विगत लामो समयदेखि नेपालको पूर्वी भेग अर्थात् इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर आदि जिल्लका साथै मध्य नेपालको मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा आदि जिल्लाहका अनि पश्चिम नेपालको सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डढेलधुरा, बाजुरा आदि जिल्लाहरुमा पनि प्राकृतिक रुपमै चिराइतो उम्रने/उत्पत्ति हुने गरेको छ ।

केही वर्ष अघिसम्म पूर्वको ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर आदि जिल्लाबाट संखुवासभा जिल्लाको उत्तरी नाका हुँदै हेलीकप्टरबाटै चीनको तिब्बततर्फ चिराइतो निकासी हुने गरेको थियो । केही वर्ष अघिदेखि नेपालका केही जिल्लामा चिराइतोलाई व्यवसायिक रुपमै खेती गर्ने र बजारीकरण गर्न पनि थालिएको छ । 

विश्वमा धेरै प्रकारका चिराइतो पाइने भए तापनि वनस्पति विभागका अनुसार नेपालमा १० प्रकारका चिराइतो पाइन्छ । चिराइतो खेती गर्न सम्म बारीभन्दा पनि अलिक भिरालो परेको भित्तो वा कान्ला उत्तम मानिन्छ ।

विगतमा भन्दा यस वर्ष तीन डब्बल भाउ पाएका छन्, चिराईतो किसानहरुले । सो समाचारअनुसार हाल प्रति मन (४० किलो) २४/२५ हजारदेखि २७/२८ हजारसम्ममा चिराईतो बिक्री 

अझ त्यसमा पनि उत्तर–पश्चिम मोहडा परेको भित्तोमा चिराइतो छिटो बढ्ने र राम्रोसँग सप्रिएको देखिन्छ । तापनि खेती गर्ने किसानहरुले कात्तिक–मंसिर महिनामा बिउ÷नर्सरी तयार गर्ने गर्छन् भने, नर्सरीमा बिउ छर्ने/राख्ने काम फागुन–चैत महिनामा गर्छन् भन्ने जानकारी वनस्पति विभागको ब्रोसियरमा उल्लेख गरिएको छ  । त्यस्तै जेठ–असार महिनामा उम्रेको/हुर्केको बिरुवा (बेर्ना) रोप्ने काम गर्छन्, किसानहरु । 

नेपाल सरकार, कृषि मन्त्रालयले नेपालका पहाडी तथा हिमाली जिल्लाका किसानहरुलाई चिराइतो खेतीमा आकर्षित गर्न सके र, अनुदानमा उत्तम खालको चिराइएतोको बिऊ/बेर्ना उपलब्ध गराउन सके किसानहरुलाई मात्रै नभएर नेपाल सरकारका साथै नेपालका एलोप्याथिक औषधि उद्योग, आयुर्वेदिक औषधि उद्योग, वैद्यखाना, प्राकृतिक चिकित्सक लगायतलाई औषधि बनाउने कच्चा पदार्थको रुपमा सहज उपलब्धता हुने थियो । साथै किसानका लागि ‘चिराइतो’ खेती आमदानीको राम्रो माध्य हुने थियो । 

विगत तीन चार वर्षदेखि नेपालका चिराईतो किसानहरुले खासै भाऊ पाई रहेका थिएनन् । तर, हालै आएको एक समाचारअनुसार विगतमा भन्दा यस वर्ष तीन डब्बल भाउ पाएका छन्, चिराईतो किसानहरुले । सो समाचारअनुसार हाल प्रति मन (४० किलो) २४/२५ हजारदेखि २७/२८ हजारसम्ममा चिराईतो बिक्री भई रहेको छ ।