यो ब्रह्माण्ड कहाँ रहन्छ यसको मासेर मूलै जरो ?
रोक्दैछौं किन जन्मिने पथ यहाँ छोरीहरुकै तर ?
त्रासैत्रास छ भु्रणमै पनि हेर ! पाउन्न कि जन्मिन ?
छोरी जन्मनु श्राप हो यदि भने संसार कस्को भन ?

आमा भन्दछ प्रेम प्यार दुनियाँ छोरी तिनी हैन र ?
पत्नी रोज्दछ जिन्दगी सहजको छोरी उनी हैन र ?
चाहन्छौ गुणकी सुशील युवती त्यस्ती बुहारी किन ?
छोरी जन्मनु श्राप यदि हो भने संसार कस्को भन ?


माथिका हरफहरुले नै ‘भ्रूण प्रश्न’ कविता सङ्ग्रहको भाषिक, शब्द चयन, नारी विभेद अनि कविको लेखन उच्चता प्रष्ट पार्छ । नारी नै पुरूषका आधार हुन् र नारी विनाको पुरूष असम्भव रहेको सत्य कुरा ओकल्ने कविता सङ्ग्रह पढ्न पाउँदा ज्यादै हर्ष लागेको छ र आफू पनि पुरूष, कतै मबाट पनि नारीलाई हेर्ने दृष्टिकोणमा अथाह सम्मान दिने कुरामा केही कमी पो छ कि भन्ने प्रश्न आफैमा पनि तेर्सिएको छ । कवि टीका आत्रेयको यो कृतिले केही पुरूष हौं भन्नेहरुलाई आप्mनो धरातल प्रष्ट्याएको देखिन्छ । कविता विधा निक्कै सशक्त र थोरै शब्दले धेरै अर्थ र महत्व बोक्ने सहित्य मान्दछु ।

साहित्य सिर्जना आफैमा एउटा सत्य ओकल्ने माध्यम् हो । त्यसमा पनि कविताका माध्यमबाट झनै छिटो, विषय वस्तु बुभ्mन बुझाउन र संसार विचरण गर्न सकिने माध्यम हो । यसै सिलसिलामा कवि आत्रेयद्वारा छन्दमा लेखिएको भ्रुण पश्न अत्यन्तै महत्वको समय सन्दर्भ मिलेको छ । आज मानिसहरु भोगी भएका छन् । सुख पाउने आशामा परिवार धान्न या निरन्तरताका लागि भ्रूण हत्या गरेर आफू महान् भएको ठान्दछन् । के वास्तवमा यो सही काम हो ? के यसले भविष्य सोचेजस्तो होला ? के भ्रुण हत्यापछि जन्मिएका छोराले सृष्टि बचाउला, आफूलाई पार तार्ला ? के हो पार तर्ने कुरा ?

यावत् प्रश्नहरु तेर्सिएको आजका पुरूष सत्तामा नारीको महत्व, आवश्यकता अनि नारीको निःस्वार्थ भावनाको कदर हुनु आवश्यक छ । म आफू चिकित्सक । हरेक दिनजसो महिलाहरु भ्रूण पत्ता लगाएर हत्या गर्ने सोच रहेको कुरा लिएर आउँछन् । कुरा राख्नेमा धेरैजसो महिला नै हुन्छन् र महिला आफै छोराको चाहना रहेको कुरा राख्छन् । आखिर एक महिला कसरी अप्mनो रगतको टुक्रालाई सजिलै मार्न तयार हुन्छिन् ? यसको कारण हो पुरूष दबदबा, छरछिमेक अनि आफन्त । छोरा नभए स्वर्ग जाइन्न ? के छोरा नभए स्वर्ग गइन्न भन्ने कुरा सत्य हो ? जसले आफूलाई जन्म दियो हुर्कायो, पूरै जीवन समर्पित ग¥यो, त्यही आज कमजोर अवस्थामा पारिएका छन् । छुई भनेर टाढा राखिन्छ । मीठोमसिनो खान दिइँदैन । उनीहरु पुरूषको दबावमा पर्छन् ।

अनि बाध्य भएर भ्रुण मार्न तयार हुन्छन् । यस्ता जोडीलाई सकेसम्म सम्झाएर मनाएर पठाउने गर्छु । म आफै यसको घोर विरोधी । तर, उनीहरुको मनभित्र रहेको डर र कथित संस्कार भने गएको देखिँदैन । यो तथ्यबाट के थाहा हुन्छ भने समाज आज पनि नारी र पुरूषमा विभेद र नारी मात्र परूषको सहयोगी हो भन्ने देखाउँछ । आधा आकाश अनि रथका दुई पाङ्ग्रा भनेर मान्दैन । अझै पनि घरमा काम गर्ने नारी नै देख्न सकिन्छ । कमै पुरूषले मात्र घरको काम गरेको देख्न पाइन्छ । पुरूषले घरको काम गरे इज्जत जान्छ, हेपिन्छ जस्ता कुरा गरेको देख्न र सुन्न पाइन्छ ।

त्यसैले भ्रूण हत्या जघन्य अपराध हो र यो अपराध भु्रण हत्या गर्नेले मात्र बेहोर्नु पर्दैन आउने सन्तानले पनि बेहोर्नु पर्छ । समय सबैको बलवान हुन्छ मात्र प्रतिक्षाको घडी लामो हुनसक्छ । भ्रूण प्रश्न कविता सङ्ग्रहमा रहेको यो एउटै कविताले नारीको महत्व र आवश्यकता प्रष्ट पारेको छ । यसमानेमा कविलाई बधाई दिन चाहन्छु । यसरी नै कवि आत्रेयका अन्य कविताम पनि देश प्रेम नारी र पुरूषबीच आकर्षण, पे्रम विवाह अनि परिवारमा खटपटी र अशान्ति देखाउन खोजिएको छ ।

स्वतन्त्रताका नाममा पारपाचुकेमा पुग्ने प्रवृत्ति बढेर जानु आफैमा असफल जीवनको सन्देश हो । यो पुस्तकमा यस्ता प्रेम आकर्षण अनि बिछोड र त्यसका असरहरु असरल्ल छरिएका छन् । देशप्रेम र प्रकृतिका वर्णन बिस्कुन बनेका छन् । प्रकृतिको सुन्दरता अनि मानवले गर्न सक्ने उपभोग र फइदाका बारेमा पनि कविले जोडदार प्रसङ्ग उठाएर मीठा कविता पस्केको पाइन्छ । यस्ता कविताले पाठकलाई प्रकृतिको सुन्दर काखमा लडिबुडी खेलिरहेको आभास गराउँछ । यो कविको लेखन सशक्तता ठान्दछु । कविता कति शक्तिशाली हुन्छन् भन्ने एउटा उदाहरण हो लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ । यात्रीजस्तै गहकिला कविता आउने दिनमा कवि आत्रेयका आउने अपेक्षा राख्दछु ।

प्रकृति अथवा पृथ्वी हामी सबैकी आमा हुन् भने नारी पनि हामी सबैकी आमा किन हुन नसकेकी होलिन् ? किन उनमा विभेद जन्मियो होला ? आखिर कसैले त जन्म दिएकै हो भने जन्म दिनेलाई आमाको सम्मान किन दिन नसकिएको होला ? किन धर्तीमा आउन नपाउँदै भविष्यकी एक आमालाई निमोठिन्छ ? के आजका नारीमा पनि त्यो वात्सल्य हराएर गएको हो ? साँघुरिएर गएको हो या पुरूषले यसलाई खेलौना बनाउन खोजेका र महिला आफै पनि यही रमझममा रमाउँदा आप्mनो महत्व घट्दै गएको हो ? छोराछोरी छाडेर अर्कैसँग जानु पर्ने कारणमा आप्mनै कमजोरी, क्षणिक आनन्द त होइन ? सबैले मनन् गर्नु पर्ने बेला आएको छ । यी कुरामा पनि लेखकले सत्य ओकल्न सक्नु पर्दछ ।

आज महिला पुरूष दुवै क्षणिक आनन्दमा परेर जीवन नरक बनाएका घटना हामी देखिरहेका छौं । पश्चिमी सभ्यताले नारी आफै कमजोर भएको देखिन थालेकी छन् भने पुरूष यसैमा रमाइरहेको छ । आप्mनो धर्म संस्कृति अनि नारी सम्मानमा आफै कमजोर हुँदै गएको देखिन्छ । तर, पश्चिमा नारी आफै सफल र सशक्त छन् । नारी हिंसामा प्रतिवाद गर्छन् । तर, यहाँ यस्तो अवस्था छैन । त्यसैले भ्रूण हत्या बढेको छ ।

अन्त्यमा, कवि टीका आत्रेयका अघिल्ला कृति गजलका थिए र आउने दिनमा पनि यी भन्दा अब्बल र सत्यतामा आगो ओकल्ने कविता, गजल सङ्ग्रह प्रकाशन हुन् । उनका कृति पढ्न थालेपछि नसिद्धिउन्जेल पुस्तक बन्द गर्न मन नलाग्ने छन् र उनका कविता र गजलले पनि त्यतिकै मन छुन्छन् । आउने दिनमा अरु सशक्त कविताका साथमा र अरु सहित्य सिर्जनामा सफलता मिलोस् शुभकामना छ ।
–दमक, झापा