प्रदेश १ को धरानमा १० वर्ष अघिदेखि स्थापना भएर सञ्चालनमा आएको युएन नवोदय कलेजले प्राविधिक शिक्षामा फड्को मार्दै आएको छ । विशेषगरी युएन कलेज होटल व्यवस्थापनतर्फ अब्बल सावित हुँदै आएको छ । हरेक वर्ष कलेजबाट उत्तीर्णताका आधारमा प्रदेश १ मा उत्कृष्ट हुँदै आएको छ । तर, यस बीचमा कलेजले कक्षा ११ मा प्राविधिक धारतर्फ नयाँ विषयहरूको पढाइ सुरु गरेको छ । प्राविधिक विषयमा बढीभन्दा बढी ध्यान दिँदै आएको युएन नवोदय कलेजका प्रमुख तथा प्राचार्य डम्बरकुमार तुम्बापोसँग ब्लाष्टकर्मीले गरेकोे कुराकानीको अंशः 
युएन नवोदय कलेज एक प्रकारले होटल व्यवस्थापन सङ्कायमा स्थापित भएको अवस्थामा फेरि नयँ विषयहरुलाई भित्र्याउनु भएछ ? 
–एक दशकभित्रमा हामीले होटेल व्यवस्थापन र व्यवस्थापनलाई प्रदेश १ मा ब्राण्ड बनाउन सफल भयौं । यी विषयहरूमा प्राप्त गरेको अपार सफलतापछि यसै नयाँ शैक्षिक सत्रबाट हामीले कक्षा ११ मा विज्ञान, कम्प्युटर साइन्स र खाद्य तथा पोषण कार्यक्रमहरू पनि सञ्चालन गर्दैछौं ।
विद्यार्थीका लागि यी विषयहरू किन आवश्यक छन् ? 
–समय सापेक्ष साथै आजको २१ औं शताब्दीको मागअनुसार हामीले यी विषयहरू सञ्चालन गर्ने निर्णय गरेका छौँ । विज्ञानजस्तो प्राविधिक विषयलाई धरानमा परम्परागत ढङ्गबाट मात्र सञ्चालन गरेको पाइयो । त्यसैले नयाँ दृष्टिकोण र लक्ष्यका साथ इञ्जिनियरहरूको टिमसहित नयाँ ढङ्गबाट डाक्टर, इञ्जिनियर र वैज्ञानिक उत्पादन गर्ने उद्देश्यले यी विषय ल्याएका हौं । 
प्राविधिक विषयमा पछिल्लो समय विद्यार्थीको आकर्षण पनि देखिन्छ, यस कलेजले प्राविधिक विषयलाई मात्रै केन्द्रित गर्न चाहेको हो ?
– विशेष गरेर युएन नवोदय कलेजमा सुरुवातबाटै प्राविधिक विषय होटेल व्यवस्थापन सुरु ग¥यौं । हाम्रा विद्यार्थीहरू बेरोजगार नहोउन् भन्ने उद्देश्यले पनि हामीले व्यावहारिक साथै स्वरोजगार बन्ने प्राविधिक विषयलाई केन्द्रित गरेकै हो ।
विद्यार्थीले प्राविधिक विषय किन पढ्नुपर्छ जस्तो लाग्छ यहाँलाई ? 
– सैद्धान्तिक शिक्षाले धेरैजसो बेरोजगारी उत्पादन गरेको र स्नातकोत्तर गरेकाहरू पनि रोजगारीका लागि अरब जान बाध्य भएकाले पनि व्यावहारिक रोजगारमुखी र स्वरोजगार बनाउने शिक्षा प्राविधिक विषय पढ्नु पर्छ । त्यसका लागि पनि हाम्रो टिमले कक्षा ११ देखि नै प्राविधिक विषय ल्याएर आएको छ । 
प्लस टु तहमै खाद्य तथा पोषण विज्ञान ल्याउनुभएको छ, यो विषयमा विद्यार्थीको आकर्षण कस्तो पाउनुभएको छ ?
– अहिले प्रायःजसो विद्यार्थीको रुचि व्यावहारिक र रोजगारमुखी शिक्षामा भएकाले स्वभाविक रूपमा खाद्य तथा पोषण विज्ञानमा विद्यार्थीको आकर्षण रहेको छ । त्यसमा पनि सुरुवातबाटै हामीले होटल व्यवस्थापन सञ्चालन गरेकाले पनि विद्यार्थीहरूले यस विषयमा पनि हामीलाई विश्वास गरेका छन् ।
विज्ञान विषयहरूमा बढीभन्दा बढी ल्यावको पहुँच हुन आवश्यक छ, पूर्वाधारको अवस्था कस्तो छ ?
– सम्भवतः प्रदेश नं. १ कै उत्कृष्ट सुविधा सम्पन्न विज्ञान ल्याव हामीले कलेज परिसरमै निर्माण गरेका छौँ ।
अहिले ल्याएका नयाँ विषय विद्यार्थीले किन पढ्ने ?
– भनिन्छ, २१ औं शताब्दी विज्ञान र प्रविधिको युग हो । साथै रोजगारमुखी व्यावहारिक साथै स्वरोजगार बन्ने शिक्षा आजको आवश्यकता हो । त्यसैले हामीले सञ्चालन गरेका विषयहरूले आजको शिक्षाको आवश्यकतालाई पूर्ति गर्न सक्छ भन्ने हाम्रो पूर्ण विश्वास छ ।
अभिभावक तथा नयाँ विद्यार्थीलाई के भन्न चाहनुहुन्छ ?
– अहिले शैक्षिक दलाल माफियाहरूको बजारमा बिगबिगी छ । प्राज्ञिक, बौद्धिक व्यक्तित्वहरूभन्दा विशुुद्ध दलाली र माफियाहरूले शिक्षा क्षेत्रमा लगानी गर्दछन् । त्यसकारणले सम्पूर्ण विद्यार्थीका साथै अभिभावकज्यूहरूलाई विद्यालय÷कलेज साथै सञ्चालकहरूको पनि विस्तृत जानकारी लिएर बुझेर मात्र विद्यालय वा कलेजमा भर्ना गराउनु हुन अनुरोध गर्दछु ।
                    
        
                                        
                                                                                                
        































