‘भल पानी खाऊँ कि मूलपानी खाऊँ,
फूलमाया लाऊँ कि जिउमाया लाऊँ,
चोरबाटो जाऊँ कि मूलबाटो जाऊँ,
दिलमाया लाऊँ कि बोलमाया लाऊँ ?’

याक्थुङ लिम्बू समुदायको अत्यन्तै लोकप्रिय नाच या?लाङ वा धाननाचमा यी र यस्तै प्रकारका माया पिरती, मनोभावना र वेदना समेटिएका पालाम गीतहरु आप्mनै भाषामा गाउँदै नाच्ने गरिन्छ । पालममा मुन्धुमी आख्यान, बौद्धिकता परीक्षण, प्रश्नोत्तर, ज्ञान आदान–प्रदान, हाँसखेल, माया र पिरतीका गीतहरु मौलिक भाका, सुर र लयमा गाउने गरिन्छ ।

पालामका विषयवस्तु आ–आफ्नै परिस्थिति, समय र सन्दर्भ अनुरुप निर्धारण हुने गर्दछन् र सोही अनुसार मायाका स्वरुप वा प्रकारहरु पनि । हाटबजार र चाडपर्वमा भेट हुँदा, विवाह, बरखी आदिमा परपाहुनाको रुपमा जाँदा र अन्य औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा एक आपसमा साइनो नलाग्ने तरुनी र तन्नेरीहरुबीच हात समाएर नाचिने नाच या?लाङसँगै पालाम गाउने गरिन्छ । यसबाहेक गीतको रुपमा एक्लै वा समूहमा मेलापात, घाँस दाउरा गर्न वन जङ्गल, पाखा पखेरामा जाँदा होस् वा कुनै यात्रा गर्दा नै किन नहोस्, चराहरुका चिर्बिर, नदी–खोलाका सुसाइ र हावाको सिर्सिरसँगै सुरिलो भाकामा यस्ता पालामहरु घन्किने गर्दथे विगतमा । उसबेला या?लाङ र पालामले लिम्बुवानी भूमिलाई एक विशिष्ट चिनारी दिएको थियो । तर, हाल आएर यसका केही अंश मात्रै बाँकी छन्, गाउँघरतिर । यसो हुनुमा आधुनिकताको नाममा पश्चिमीकरणको प्रभाव, नेपालभित्रै पनि खस नेपाली, अङ्ग्रेजी, हिन्दीलगायतका भाषिक तथा सांस्कृतिक अतिक्रमण, राजनैतिक द्वन्द्व, आदिका कारण आजका पुस्ताहरुमा यस प्रकारका सांस्कृतिक सम्पदाप्रतिको चाहनामा एकातिर कमी आइरहेको छ भने अर्कातिर विकर्षण बढिरहेको छ ।

याक्थुङ लिम्बूको मौलिक परम्परामा आधारित संस्कृतिमध्ये या?लाङ र पालामको यस प्रकारको सङ्कटापन्न अवस्थालाई मध्यनजर गर्दै साहित्य, सङ्गीत तथा संस्कृतिकर्मी अम्बिकाकुमार सम्बाहाम्फेद्वारा लिखित तथा विश्व याक्थुङ मुन्धुम समाजद्वारा वि. सं. २०७२ सालमा प्रकाशित चार माया (लिःलिम) पालाम पाठकमाझ आएको छ । याक्थुङ लिम्बू समुदायका सांस्कृतिक लोकगीत सम्बन्धी लेखिएका पुस्तकमध्ये अहिलेसम्मकै एक विस्तृत र गहकिलो रचना कृति हो यो । नेपाली र याक्थुङ लिम्बू गरी द्विभाषा साथै देवनागरी र सिरिजङ्गा गरी द्विलिपिमा लिखित तथा प्रकाशित यो पुस्तकले पालामका सुरूवातदेखि वर्तमानसम्मका साङ्गोपाङ्गोलाई आम पाठक, संस्कृतिकर्मी, गीत सङ्गीत अनुरागी तथा पालाम जिज्ञासुहरुसमक्ष विस्तारमा पस्कन सफल भएको छ ।

लिम्बू भाषामा पालाम वा ‘पाःत्लाम’ शब्दको अर्थ ‘बोल्ने बाटो’ वा ‘बोल्ने माध्यम’ हुन्छ । पालाममार्फत् आफ्नो मनको भाव विपरीतलिङ्गीसामु गेयात्मकरुपमा राख्दै परस्पर माया अभिव्यक्त गरिन्छ । यसर्थ पालाम एक माया पिरतीको गीत हो । लेखकका अनुसार पालामबाट नायक वा नायिकाले आफ्नो मनको भाव प्रकट गर्नुपर्ने हुँदा घण्टौंसम्म पनि गाउनुपर्ने हुन्छ ।

वैरागी काइँलाले उल्लेख गरे झैँ लिम्बू जातिको पहिचान जनाउने जातीय लोकनृत्य या?लाङसँगै गाइने जातीय लोकगीत हो पालाम । सुरुमा यसको प्रयोजन पाकेको अन्न जस्तैः घैया वा ताक्मारे धान, कोदो, जौ आदिलाई कुल्चँदै माडेर पराल र अन्नको दाना छुट्याउने क्रममा झरेका अन्नका दाना खान आउने विभिन्न पन्छीहरु जस्तैः फेम्पुना, माक्चेरे (कोटेरा), फाङ्बुःमा (गोलसिमल), भँगेरा, आदिलाई धपाउन प्रयोग गरिएका ‘हा...हा...हा...’ ध्वनि वा शब्द नै पछि गएर एक प्रेमिल, भावपूर्ण र रागात्मक पालाम वा प्रेमगीत बन्न पुग्यो । 

काव्यविधा अन्तर्गत पर्ने पालाम गाउँदा यसका केही अंश अन्य जान्ने व्यक्ति वा अघिल्लो पुस्ताबाट सिक्ने कार्य हुन्छ भने धेरैजसो आफै सिर्जना गरेर वा तुक्का मिलाई गाउनुपर्ने हुन्छ । यसैले पालाम राम्ररी गाउन सक्नु भनेको अनुभव, ज्ञान, सीप र सृजनशीलता वा रचनामा प्रवीण हुन सक्नु हो । यसैले रचनात्मक भाव र अनुभूतिसँगै आख्यानात्मक शैलीको मिश्रण रहन्छ पालाममा ।

लेखकका अनुसार परम्परागत या?लाङ गर्दै गाइने पालाम दुई प्रकारका हुन्छन्, जसमा पहिलो लर्को वा वृत्तमा घुम्दै झण्डै हाक्पारे (मुन्धुमी आख्यानमा आधारित) गीत जस्तो लामो लेग्रो तानेर गाइने र दोस्रो प्रकारको पालाम सामान्यतयाः अलि छोटो भाकाको हुने उल्लेख गरेका छन् । भाकाले लोकदोहोरी गीतलाई अझै विशिष्ट तुल्याउँछ । उदाहरणका लागि देउडाले पश्चिमको भाका जनाउँछ भने पूर्वको भाकालाई हाक्पारेले । त्यसैगरी पालाममा लय अनिवार्य सर्त हो । कथ्य र भाव उत्तिकै बेजोड छ यसमा । पालाम गाउँदा कुनै न कुनै भाव व्यक्त गरिएको हुन्छ । कथ्यमा कयौं अर्थहीन शब्द वा पङ्क्तिहरुको प्रयोग भए पनि यसमा कुनै न कुनै भाव व्यक्त भएकै हुन्छ । चारमाया पालाममा लेखकले एक खापे, दुई खापे, तीन खापे र चार खापेसम्मका पङ्क्तिहरुको प्रयोग गर्दै उच्च काव्यिक रचनाको नमुना पेश गरेका छन् । पालाममा लोकजीवनका विविध पक्षहरु जस्तैः मायाप्रीति, मिलनबिछोड, सुख–दुःख, हर्षविस्मात्का साथै जीवनका भोगाइ, मेलापात, चाडपर्व, विवाह, बरखी, अन्य संस्कार, उकालीओराली आदि सन्दर्भमा परस्पर भावना व्यक्त गर्ने गरिन्छ । यसका साथै एकापसमा मनका प्रेमभाव साट्ने, मायाप्रीति गाँस्ने, जीवनसाथी रोज्ने माध्यमका रुपमा परिचित छ पालाम ।

पालाम गाउनका लागि औपचारिकरुपले पृष्ठभूमि तयार गर्नुपर्ने हुन्छ, जस्तैः कुन प्रसङ्गमा, कहाँ र कसरी भेट भएको हो सो कुरा स्पष्ट पारेर नाच्ने र गाउने प्रस्ताव राखी दुवै पक्षबाट मञ्जुर भएपछि मात्रै नृत्य र गायन कार्य सुरू हुन्छ । यस्तो पृष्ठभूमि पनि कवितात्मक र लयात्मकरुपमा ख्याली गाएर तयार गरिन्छ । यसबारेमा लेखकले उदाहरणसहित व्याख्या गरेका छन् ।

पालामको प्रत्येक पङ्क्तिमा नौ मात्रा अथवा अक्षर र हरेक दुई पङ्क्ति मिलेर छन्दोबद्ध हुन्छन् साथै प्रत्येक पङ्क्तिको अन्त्य वा टुङ्ग्याउनीमा ‘हा...हा...हा...’ भनेर तीनपल्ट भनिन्छ । यसबाहेक अहिले आएर ‘हा आ ए...हा आ आ आ,’ ‘हा ए हा है मा हा’, ‘ए हा मा हा हा हा है मा है’ जस्ता शब्द ध्वनिहरु समेत प्रयोग गरिएका पाइन्छन् ।

पालाम एक विशिष्ट विशेषता बोकेको गीत हुनुका कारण यो अन्य जाति र समुदायका लोकगीतहरु भन्दा यसको छुट्टै भाका, ताल, सुर र लय भएर मात्रै होइन, यसको गाउने विधि, प्रक्रिया र शैली समेत विशिष्ट खालको छ । यसको प्रत्येक पङ्क्तिपछि पालामलाई आधा वा पूरै भाग पुनरावृत्ति गर्दै वा दोहो¥याउँदै टुङ्ग्याउनीमा तीनपल्ट ‘हा...हा...हा...’ भनेर दुवै (पक्ष)ले गाइन्छ । यसमा अन्य नेपालमा प्रचलित लोकदोहोरीहरु जस्तैः सोरठी, कौडा, देउडा, झ्याउरे, ठाडो भाकामा झैं सवाल जवाफ नै हुने भए तापनि एउटा छन्द गाइसकेपछि अर्कोलाई गाउने पालो वा पाला सर्दैन पालाममा । यसका लागि एउटा सन्दर्भ वा चरण नै पूरा हुनुपर्दछ, अनि मात्रै अर्कोलाई पालाम गाउने पालो आउँदछ । 

सामान्यतः पालामको संरचना दुई हरफे वा दुई खापे भए तापनि यसमा एक खापेदेखि चार खापेसम्मका पालामहरु पनि हुन्छन् र तिनीहरुको अन्त्यानुप्रास मिलेर गएको हुन्छ । विशेषतः पहिलो हरफको प्रयोग तुकबन्दी वा कुबुङ्फेक्वाका रुपमा रहन्छ भने पालाममा स्थायी र अन्तरा भन्ने खासै हँुदैन, टुङ्ग्याउनीमा तीनपल्ट ‘हा...हा...हा...’ बाहेक । केही हरफहरुमा भने तुकबन्दी एकै हरफमा पनि प्रयोग हुन्छ । जस्तैः ‘थपारा फेक्केला आम्बी हेक्केला’ । जसमा, ‘थपारा फेक्केला’ चाहिँ तुकबन्दी हो भने ‘आम्बी हेक्केला’ को अर्थ ‘त्यसो हुँदा’ भन्ने हुन्छ । त्यस्तै, ‘केः साङ्ला तेहिम् लुङ्मा पहिम्’ मा ‘केः साङ्ला तेहिम्’ तुकबन्दी हो भने ‘लुङ्मा पहिम्’ को अर्थ ‘अति मायालाग्दो’ भन्ने हुन्छ । यसो भनिरहँदा तुकबन्दी पालाममा अनिवार्य शर्त भने होइन । दुईवटै हरफहरु नै अर्थपूर्ण बनाउन सकियो भने त्यस्तो पालामलाई अझ सशक्त मानिन्छ भन्ने कुरा लेखकले स्पष्ट पारेका छन् यस पुस्तकमा । पुस्तकका लेखक, लेखक वा सङ्कलक मात्रै नभएर आजभन्दा ५० वर्षभन्दा अघिदेखि पालाम गाउँदै र या?लाङ नाच्दै आएकाले पनि उनी आपैmमा सिद्धहस्त छन् यसमा ।

लेखकका अनुसार ख्यालीमार्पmत् या?लाङ गर्न दुवै पक्ष तयार वा राजी भइसकेपछि तागेरा निङ्वाफु माङ् (मुन्धुमअनुसार सर्वशक्तिमान ईश्वरीय चेतना) लाई फूलरुपी जीवनको रानीको रुपमा सेवा गर्दै आफूलाई उनकै फूलमाया भएको कुरा व्यक्त गरिन्छ । साथै उनलाई फूलरुपी जीवनको सृष्टि र सृजनाका चारमायाहरु वर्षाइदिन आग्रह गर्दै आपूm प्रेमको गीत गाउँदै र माया खेलाउँदै जाने सन्दर्भलाई विनम्रतापूर्वक अनुरोध गरिन्छ, जस्तैः  
तागेरा निङ्वाफु माङ्माए हा हा हा
फुङ्जिरी कर फुङ हाङ्माए हा हा हा
इक्सादिङ् खाम्बेक् गा? थोखाङ हा हा हा
के मिक्की फुङ्वा गा? पोखाङ हा हा हा
इमित् लुङ् कर लुङ् हिम्मोआ हा हा हा
मिक्की ने फुङ्ले लीः मिम्हा?आ हा हा हा
तागेरा माङ्ङे केवा?नेरो हा हा हा
हुक्फाक्की माङ्ङे सेवानेरो हा हा हा

लेखक सम्बाहाम्फेले दिएको विशेष योगदानका रुपमा पालामलाई चार किसिममा वर्गीकरण गरी प्रस्तुत गरेकोलाई मान्नुपर्ने हुन्छ । यस कार्यलाई वैरागी काइँलाले पनि पालामको अध्ययनको सन्दर्भमा लेखकको महŒवपूर्ण योगदानको रुपमा लिएका छन् । चार माया पालाममा लेखकले पालाममार्फत् सृष्टीकथा, मिथक र आख्यानका वर्णन, प्राणी र वनस्पतिका साथै विभिन्न प्रकारका पूmलहरुका उपयोगिताबारे चर्चा, लिम्बुवानी नौ जिल्लाहरुका साथै सिक्किम, दार्जिलिङ, भुटान र तिब्बतसम्मका भौगोलिक अवस्थितिका जानकारी, यसभित्र पर्ने मुन्धुमी स्थलहरु, हिमाल, पहाड, तराई, खोला, नदी, ताल, पोखरी, ओडार, ढुङ्गा लगायतलाई स्नेहकासाथ मायालाई अभिव्यक्त गर्ने कडीका रुपमा प्रयोग गरेका छन् ।

हुन त मायाका विभिन्न प्रकार हुने गर्दछन् । आमा बुबालाई गरिने माया, सन्तानलाई गरिने माया, नातागोतालाई गरिने माया, जीवनलाई गरिने माया, विपरीतलिङ्गी स्त्री र पुरूषबीच हुने माया, मानवलाई गरिने माया, प्रकृति र चराचर जगत्लाई गर्ने माया इत्यादि । यीमध्ये लेखक सम्बाहाम्फेको चार माया ÷लि मिःम् पालाम ले याक्थुङ लिम्बू समुदायका स्त्री र पुरूषबीच हुने चार किसिमका माया र ती चारै किसिमका मायालाई अभिव्यक्त गर्न गाइने पालाममा केन्द्रित भई पालाम गीत प्रस्तुत गरेका छन् । उनका अनुसार या?लाङ गर्दै पालाम गाउने चार किसिमका मायाहरु हुन्ः पूmलमाया, जिउमाया, दिलमाया र संसारीमाया । यी चार किसिमका मायामध्ये कुन माया खेलाउने वा गाँस्ने हो भनी गाइने पालामको एउटा उदाहरण यसरी लेखकले दिएका छन्ः

यारिनाङ् चाःहा हःरुङ्सा?रुङ्
लच्छादिक् मिम्मिन् सेगुङ्सा?रुङ्
केअरा फेक्याङ आम्बी हेक्याङ्
नाफेम्बी च्वातिन् साप्मा फाल्ला
थक्मिम्मिन् आन्छी वाप्मा फाल्ला
इक्सादिङ खाम्बेक थोखपेल्ले
सेसेभुङ् वे?रे पोखपेल्ले

साम्याङ्ले नेस्से नाम्मेतिआ
आत्तिन्ने मिम्मिन् साम्मेतिआ
फुङ्लोती येम्सिङ् फुङ्माओआ
लुङ्मादेन् मिम्मिन् लुङ्माओआ
साम्याङ्फुङ अम्लेङ् नाम्मेत्तिआ
फुङ्मिम्मिन् मिम्मे साम्मेत्तिआ

यिनीहरुमध्ये पहिलो फूलमायालाई प्रतीकात्मक माया भनिन्छ, जसमा आफ्नो मायालुलाई पूmलको प्रतीक मानी पालाम गाउँदै विशुद्ध प्रेमभाव अभिव्यक्त गरिन्छ । फूलमाया खेलाउनेसँग सम्बन्धित छ र यो निःस्वार्थ मायाको विशुद्ध गीत हो । मायालु नै फूलको प्रतीक भएकाले पूmलमाया पूmलजस्तै पवित्र, कञ्चन र मनजस्तै सङ्लो हुन्छ ।फूलमाया भोगविलासमा रमाउने दैहिक माया नभई यसको सम्बन्ध अन्तरआत्मासँग हुने हुनाले यसमा पुनर्जन्ममा मिलनको सम्भावनाको चर्चा हुन्छ ।

दोस्रो किसिमको पालाम जिउमाया गाँस्नेसँग सम्बन्धित छ । झट्ट हेर्दा यो स्वार्थप्रेरित र दैहिक मायाको गीतजस्तो लागे पनि यथार्थमा त्यस्तो चाहिँ होइन । तर, गाउँदै र नाच्दै जाँदा मन र मुटुको मिलन हुने वा दुई जिउ एक हुने अवस्थामा पु¥याउने एक रागात्मक प्रेमको संयोगान्त गीत हो यो । अर्को शब्दमा भन्ने हो भने वैवाहिक जीवनमा बाँधिन पुग्ने वा जीवनसाथी रोज्ने मायाको गीत हो ।

यसैगरी तेस्रो किसिमको पालाम दिलमाया गाँस्नेसँग सम्बन्धित छ । यसलाई वियोगान्त प्रेमगीत वा बिछोडको पीडाको गीत पनि भनिन्छ । वाध्यता, विवशता र नियतीका कारण यो जुनीमा मिलन हुन नसके पनि अर्को जुनीमा भेट हुने विश्वास गरिन्छ यसमा । दिलमायामा एक–अर्काको दिलसँग दिल वा हृदय जोडिने र मुटुसँग मुटु गाँसिने विश्वास गरिन्छ, जसका कारण दुवैलाई आत्मिक आनन्दको अनुभूति भै त्यस्तो प्रेम आदर्श र अजरअमर रहन्छ । यसबाट प्राप्ति मात्रै होइन माया, गुमाउनुमा पनि मायाको अर्थ हुन्छ भन्ने बुझ्न सकिन्छ ।

यस जुनीमा सम्भव नभएकाले अर्को जुनीमा एकाकार हुन कसरी र कहाँ भेट्ने भनी पालाममा सवाल जवाफ गरिन्छ । एउटा सवाल यसप्रकार प्रस्तुत गरिएको छः

यदि हामी फूलको जुनीमा गयौँ भने कुन पलको जुनीमा भेटौँ ? पन्छीको जुनीमा जाँदा कुन पन्छीको जुनीमा भेटौँ ? ढुङ्गाको जुनीमा गइयो भने कुन ढुङ्गाको चोलामा भेटौँ ? रूखको जुनीमा जाँदा कुन रूखको जुनीमा भेटौँ ? पशुप्राणीको जुनीमा जाँदा कुन पशुप्राणीको जुनीमा भेटौँ ? र कहाँ भेटौँ ? आदि ।

यसको जवाफमा यदि फूलको जुनीमा गयौँ भने प्रेमको अमर जोडी फूल फुल्ने मुरिङ्लाखारिङ्लाको मैदानी बगैँचामा भेटौँ । पन्छीको जुनीमा गइएछ भने चखेवाचखेवीको जुनीमा भेटौँ । ढुङ्गाको जुनीमा जाँदा फक्ताङ्लुङ (कुम्भकर्ण) हिमालको दाहिनेदेब्रे काँधमा भेटौँ । रूखको जुनीमा जाँदा भने चौतारीको जोडी बरपीपल भई उम्रेर भेटौँ । र पशुप्राणीको जुनीमा जाँदा मलसाँप्राका जुनीमा भेटौँ । यसले प्रेमलाई अनन्तसम्म अमरअजर राख्ने दार्शनिकतालाई आत्मसात गरेको ज्ञात हुन्छ ।

चौथो किसिमको पालाम बोलमाया वा संसारीमाया लाउनेसँग सम्बन्धित छ । मीठो पालाम गाएर मुखको बोलीले लाउने माया हो बोलमाया । यो गहिरो माया नहुने भएकाले गाउन र लाउन सजिलो छ । मीठो ओठे माया वा देखावटी माया मात्रै हुनाले यो सहज किसिमको माया हो तर, पनि यसमा बौद्धिकताको जाँच गर्ने, प्रश्नोत्तर गर्ने, ज्ञान आदान–प्रदान गर्ने र मन मिली हालेमा जारीसम्म गर्ने समेत हुनसक्छ यसमा । बौद्धिकता जाँच गर्दाको बखत प्रश्नको उत्तर नजाने शिर ढल्ने वा जीवनको पूmल ओइलिने हुनाले जान्नेले नजान्नेलाई सिकाउँदै ओइलिएको फूल जगाउनुपर्ने उल्लेख लेखकले गरेका छन् ।

प्रस्तुत पुस्तकले याक्थुङ लिम्बू जातिको लोकप्रिय पालामको व्यापकतालाई मिहिनरुपले केस्राकेस्रामा देखाउन सफल भएको छ । या?लाङ गर्दा र पालाम गाउँदा कसरी सुरू र अन्त्य गर्ने, कस्तो किसिमको पालाम गाउने, विषयवस्तु र सन्दर्भलाई कसरी जोड्ने, एक–अर्कालाई कसरी र कस्तो शिष्टाचार र सम्मान व्यक्त गर्ने, कोसँग नाच्न र गाउन हुने अनि कोसँग नहुने, यसका परम्परागत प्रचलन, नैतिक मूल्य र मान्यतालाई कसरी पालना गर्ने जस्ता विषयहरुमा बृहत् उदाहरणसहित लेखिएको यो पुस्तकले सृजनशीलता, बौद्धिकता, काव्यात्मकता तथा कल्पनाशीलतालाई विस्तारपूर्वक वयान गरेको छ ।

मुन्धुममा आधारित सृष्टि वर्णनदेखि लिएर चराचर जगत्को उत्पत्ति, मानवको उत्पत्ति र विकास, मानवीय व्यवहार, शिष्टाचार, समतामूलक लैङ्गिक अधिकार, जीवन दर्शनलगायतका मानवीय भावना, प्रेम र सद्भावलाई अत्यन्त सूक्ष्म ढङ्गबाट उजागर गरेको छ । आपूmभन्दा ठूलाबडालाई गर्ने सम्मान, चेली र माइतीबीचको सद्भाव, अन्य महिला र पुरूषबीचका शिष्टाचार, एक–अर्कालाई पवित्र, स्निग्ध र सुन्दर पूmलको प्रतीकको रुपमा हेर्ने र सोही अनुसार सम्बोधन र सम्मान गर्ने सम्यक दृष्टिकोणका साथै जीवनदर्शनलाई रोचक ढङ्गबाट प्रस्तुत गरिएका छन् । यसै पुस्तकमा सागरमणि सुवेदीले व्यक्त गरे झैं पालाम जीवनदर्शनलाई उजागर गर्ने माध्यम हो, जहाँ मानवीय प्रेम, प्राकृतिक सौन्दर्य र सृष्टिको अनन्त परम्पराको उद्घाटन गरेको पाइन्छ । यद्यपि यसका केही प्राविधिक पक्षलाई भने आउने संस्करणमा मिलाउन सके यसको ओज अझै धेरै उच्च हुनेछ ।

अन्त्यमा भन्नुपर्दा यो पुस्तकले पालाम गायन संस्कृतिमा अन्तर्निहित मानवीय भावना, प्रेम र सद्भावको विशद् बयान समाविष्ट भएकाले यो कृति आफैमा बोलमाया भैmं मिठासपूर्ण, पूmलमाया भैmं ताजा, सुन्दर र सुगन्धित, जीउमाया भैmं सफल, र दिलमाया भैmं आदर्श र अजरअमर छ र रहिरहनेछ ।