विराटनगर । पवित्र छठ पर्वको रूपमा मनाइने यस वर्षको छठको मुख्य दिन ब्रतालुहरूले शुक्रबार अस्ताउँदो सूर्यलाइ अर्घ दिएका छन् । भोली शनिबार उदाउँदो बिहानी सर्यूलाई अर्घ दिएर यो पर्व समापन हुने गर्दछ ।

22

यस पटक कतिपयले घरमा त कतिपयले नहर, जलाशय तथा नदीमा छठ मनाउँदैछन् । विगत वर्षहरुमा झकिझकाउ हुने नहर, नदी तथा जलाशयहरु यस वर्षमा भने त्यति उत्साहजनक छैन । कोरोना महामारीका कारण सरकारले संक्रमणको जोखिम हुने भन्दै घरघरमै पोखरी बनाएर व्यक्तिगत ढंगले छठ पर्व मनाउन आग्रह गरेको छ ।

23 1

जस अनुसार कतिपय सर्वसाधरणले आफ्नो घरआँगन र सार्वजानिक स्थलमा पोखरी बनाएर सामूहिक छठ मनाउँदैछन् । विगतमा नहर तथा नदीमा छठ मनाउँदै आएका विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले यस पटक घरमै सानो पोखरी खनेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।

25 1

अर्घ दिनु अगाडी प्रमुख पराजुलीले विराटनगर ३ स्थित घरदेखि करिब १ सय मिटरमा रहेको पोखरीसम्म शरीरलाई भुईमा राखेर दण्डप्रणाम गरेका छन् । यो सँगै पराजुलीले छठमा दण्डप्रणाम गरेको १८ औं पटक पुगेको छ ।

धमकर्मप्रति विश्वास राख्ने पराजुली विराटनगरको मेयर भएपछि नगरबासीको शान्ति, सुरक्षा, सुख र समृद्धिको कामना गर्दै छठको ब्रत लिएको बताए ।

26 1

विराटनगरस्थित केशलिया खोला, सिंघीया खोला, सुनसरी मोरङ सिंचाई आयोजनाको नहरमा केही सर्वसाधरणले फाट्ट फुट्ट घाट निर्माण गरेर छठ मनाउने तयारीमा जुटेको देख्न सकिन्छ ।

निराहार व्रत बसेका ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यको पूजा गरेका छन् । पर्वको दोश्रो दिन व्रतालुहरु दिनभरि उपवासबसेका थिए । निराहार व्रत बसेका ब्रतालुहरूले अस्ताउँदै गरेको सूर्यको पूजा गरेका थिए ।

28 1

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।