विषय प्रवेशः
नेपालको राजनीतिक वृत्तमा दिल्ली–बेइजिङ बझाएर हेर्ने दृष्टिकोण छ । सत्ता, सरकार, पद, शक्ति तथा आफ्नो स्वार्थ सिद्धका निम्ति दिल्ली–बेइजिङ रणनीति, कूटनीति अभ्यास मात्र गरेका छैनन् कि एशिया विश्वयुगको (यसको नेतृत्व चीनले गरिरहेको छ) बाधक मुख्यतः वासिङ्टन लगायत पश्चिमाहरूसँग पनि निकटता अपनाउँदै आएका छन् । वासिङ्टन, पश्चिमाहरू दिल्ली–बेइजिङ युद्ध चर्काउन चाहन्छन् । किनभने विश्व महाशक्तिशाली उदीयमान बेइजिङ–दिल्लीसँग युद्ध गरे बेइजिङ–दिल्ली दुवैको शक्ति कमजोर हुने तिनीहरूको विश्लेषण रहेको छ । खासमा वासिङ्टन दिल्लीलाई उचालेर काठमाडौंमा रणनीतिक, कूटनीतिक उद्देश्य प्राप्त गरी बेइजिङलाई रोक्न चाहन्छ । यतिबेला सरकार, दलहरू सञ्चालनको प्रश्नमा दिल्ली–बेइजिङ कार्ड मात्र छैन कि वासिङ्टन कार्ड पनि छ ।

एमसीसी बहस यसैको उदाहरण हो भने दिल्ली–बेइजिङ सीमा विवाद अर्को उदाहरण हो । दिल्ली–वासिङ्टनको बुझाइमा सत्तारुढ दल, प्रमुख प्रतिपक्ष दल र जनता समाजवादी बेइजिङनिकट हुँदै गएकाले काठमाडौंमा आफ्नो गुमेको प्रभुत्व फर्काउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा सल्लाहकार अजित डोभाल कसरत गरिरहेका छन् । डोभालकै रोडम्यापमा समाजवादी र राजपा एकीकरण सम्भव भएको विश्लेषण छ । केही समयअगाडि ‘डोभालसँग उपेन्द्र यादवको सम्बन्ध बाक्लिएको थियो ’ (०७६ कार्तिक २४ नेरासा) । आजको विश्वमा पुँजीवाद र समाजवादबीच प्रतिस्पर्धा भए पनि तिनीहरूले दुवै विचारधाराका प्रारुपहरूलाई अन्तरघुलन गराउँदै पुँजीवाद र समाजवादकै नाममा टिकाउने काम गरेकाले पुँजीवाद–समाजवाद विकल्प तेस्रो विचारधाराको जन्म भएको छैन ।

नेपालमा पुँजीवादको प्रतिनिधित्व काङ्ग्रेस लगायत केही दलहरूले गर्दछ भने समाजवादको प्रतिनिधित्व कम्युनिष्ट पार्टीहरू र समाजवादीहरूले नै गरिरहेका छन् । यसकारण विचारविहीनता तेस्रो शक्ति निर्माणको प्रयास डोभालमार्फत् गरेको भए पनि त्यो तत्काल सम्भव देखिँदैन । यसका निम्ति विश्व पुँजीवाद–समाजवाद तथा नेपालको सन्दर्भमा काङ्ग्रेस कम्युनिष्ट पार्टीमा ठूलै राजनीतिक उथलपुथल हुनुपर्दछ । यदि विकल्प तेस्रो शक्ति नै भए पनि त्यसको नेता–कार्यकर्ता उत्पादन मङ्गलग्रहमा भएर पृथ्वीमा आएका होइनन् । अर्थात् विदेशीशक्तिको इसारामा शक्ति प्राप्त गरे पनि देश र जनताप्रति जिम्मेवार एवम् टिकाउ हुन सक्दैन । कम्युनिष्ट–काङ्ग्रेसभन्दा फरक विचारधाराको राजनीतिक दल उदाउन आवश्य छ तर, तत्कालै नेपालको सिनियारीमा देखिएको राजनीतिमा यो सम्भव देखिँदैन ।

दिल्ली डिजाइन र डोभालः
वासिङ्टन–बेइजिङ–दिल्ली आ–आफ्नै स्वार्थमा रहेका भए पनि दक्षिण एशिया हुँदै एशिया र विश्व राजनीति तथा अर्थव्यवस्था प्रतिस्पर्धामा वासिङ्टन र दिल्ली–बेइजिङ विरुद्ध एक छन् । बेइजिङ महाशक्तिशाली हुँदा खासमा दिल्लीलाई ठूलो घाटा पर्छ भन्ने लाग्दैन तर, वासिङ्टन र पश्चिमाहरूलाई भने निकै ठूलो घाटा लाग्ने हुँदा दिल्लीलाई उचालेर वासिङ्टन त्यसको फाइदा लिने पक्षमा छ । जब बेइजिङ–दिल्ली युद्ध गरिरहन्छ, तब तिनीहरूलाई घाटा पुगी वासिङ्टन शक्तिशाली बनिरहन्छ । भारतीय पक्षले यो कुरा बुझेको भए पनि ऊ पनि महाशक्तिशाली बन्ने दौडधुपमा छ । भारतमा मोदी सत्तामा आएपछि राष्ट्रिय सुरक्षा सल्लहाकार दुईपटक बनिसकेका डोभाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलामा उत्तिकै प्रभावी र विवादित देखियो । नेपाल, माल्दिभ्स, पाकिस्तान सीमा विवाद र डोक्लाम, लधाक बेइजिङसँगको सीमा विवाद बढाउन उदार देखियो ।

खासमा दिल्ली नेपालमा अस्थिर र नेपाललाई आफ्नो प्रान्त ठान्दछ । पछिल्लो पटक कालापानी विवादमा समेत दिल्ली काठमाडौंप्रति हस्तक्षेपकारी देखिन्छ । त्यतिमात्र होइन, दिल्ली आफ्नो गुमेको प्रभुत्व फर्काउन काठमाडौंमा कसरत गरिरहेको छ । जनता समाजवादी एकीकरण हुनु, नेकपामा आन्तरिक सङ्घर्षले उग्ररूप लिनु तथा काङ्ग्रेसमा महाधिवेशनको रस्साकसी बढ्नुले भन्छ– नेकपालाई कुनै पनि हालतमा फुटाएर जनता समाजवादी, काङ्ग्रेससहितको खिचडी सरकार बनाउने पक्षमा दिल्ली डोभाल लागेका छन् । ०७२ को नाकावन्दीका सूत्राधार डोभाल उपेन्द्र यादवलाई सत्ताबाट हट्न लगाएर राजपासँग एकीकरण गराउने पक्षमा थिए ।

सोही रोडम्यापमा समाजवादी र राजपा एकता भएकोे विश्लेषणसमेत हुँदै आएको छ । वास्तवमा तत्कालीन अवस्थामा समाजवादी र राजपा एकीकरण गराउन सफल भए पनि नेकपा फुटाउन सफल भएनन् । त्यसकारण डोभाल काङ्ग्रेस, जनता समाजवादी र अन्य साना दलहरूलाई मोर्चाबन्दी गरेर नेपालमा आन्दोलन चर्काउने रोडम्यापमा रहेको विश्लेषण हुँदै आएको छ । जसमा संविधान संशोधन प्राथमिक आधार एजेण्डा उठाउनेछन् । यो हतियार दिल्लीले किन प्रयोग गर्न खोजिरहेको छ भने जनता समाजवादीको सत्तामोह पछिल्लो पटक चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि बोलाएर अन्य दललाई समेत चक्मा दिएका थिए । यसले जननता समाजवादी बेइजिङ छातामुनि ओत लागेको विश्लेषण हुँदै आएकाले दिल्लीले आफ्नो विरासत फर्काउन समाजवादीका नेतृत्वहरूलाई दबाव दिएको बुझ्न सकिन्छ ।

जनता समाजवादी र डोभालः
सत्तारुढ सरकार बेइजिङतिर ढल्किएको विश्लेषण वासिङ्टन र दिल्लीको रहेको छ भने प्रमुख प्रतिपक्ष दल काङ्ग्रेस र जनता समाजवादी पनि बेइजिङतर्फ लहसिन थालेको तिनीहरूको बुझाइ छ । त्यसकारण दिल्लीले पुरानो मित्रता काङ्ग्रेस र जनता समाजवादीलाई कुनै पनि हालतमा आफ्नो पक्षमा पार्ने रणनीति, कूटनीति अपनाएको छ । जनता समाजवादीको विश्लेषणमा पनि नेकपाभित्रको शक्ति सङ्घर्षले फुटको रूप लिई आफूकहाँ पुरानो मित्र खोज्दै प्रचण्ड आउने विश्लेषणसहित काङ्ग्रेसलाई नभएर आफूहरूलाई फाइदा पुग्ने निष्कर्षमा पुग्दै वासिङ्टन–दिल्ली कार्डतिर ढल्किएका थिए । पछिल्लो दिनमा डोभाल र यादवको सम्पर्क बाक्लियो पछि राजपाका अध्यक्ष महन्त ठाकुरलाई पनि डोभालले टेलिफोन गरेका थिए । डोभालले यादव र ठाकुरलाई कुराकानी बढाइरहेको दुवै स्रोतले अलग–अलग पुष्टि गरेका थिए (०७६ कार्तिक २४ःपृष्ठ–२५ नेरासा) ।

विश्व स्वस्थ्य सङ्गठनको कार्यक्रममा भाग लिन दिल्ली जानुभएका यादवलाई सामुन्ने राखेर डोभालले एकताका लागि ठाकुरलाई दबाव दिएको स्रोत दाबी गर्छ । ओली सरकारले बेइजिङलाई दक्षिण एशियाको ढोकामै असीमित पहुँच दिन थालेको भन्दै भारतीय संस्थापन सशङ्कित देखिन्छ । त्यतिमात्र होइन दिल्ली ०७२ बाट गुमेको आफ्नो विरासत फर्काउन काठमाडौंसँग पुरानो सौहाद्र्रतर्फ फर्काई छाड्नुपर्ने चुनौतीमा छ । अर्कोतिर काठमाडौंमा पुरानो पकड फर्काउन भरपर्दो शक्ति खडा गर्ने कार्यमा दिल्ली लागेको छ । पुरानो शक्ति काङ्ग्रेस समेत बेइजिङतिर लहसिन थालेको विश्लेषण गर्दै दिल्ली संस्थापन विकल्पमा तेस्रो शक्ति निर्माणको खोजीमा छन् । त्यहीकारण डोभालको आँखा राजपा र समाजवादीमा पर्न गयो भने अन्य साना दललाई पनि एकीकरण वा विलय गराउने प्रयत्नमा छन् । वास्तवमा दिल्ली संस्थापन नेकपा–काङ्ग्रेस विकल्पमा तेस्रो शक्ति निर्माणको खोजीमा छन् । वास्तवमा दिल्ली संस्थापनको इसारामा तेस्रो शक्ति निर्माणको प्रयास हुँदा मधेसमा रहेका दलहरूको आँखा ०७६ कात्तिक २८–३० मा भएको समाजवादी पार्टीको बैठकतर्फ केन्द्रित थियो । यो बैठकमा डोभाल इसारामा यादव, भट्टराई तेस्रो ध्रुव बनाउने बारेमा निर्णायक छलफल गरेका थिए । यसरी डोभाल रोडम्याप अनुसार त्यसको कार्यान्वयनमा विकल्प तेस्रो शक्ति निर्माणको प्रयासमा नेपालमा भारतीय ‘रअ’ का चिफ डोभाल दौडधुपमा रहेको विश्लेषण छ ।

मधेश भोट र रणनीतिः
एकदशक लामो मधेशकेन्द्रित आन्दोलनले मात्रै सङ्घीयता र पहिचान स्थापित गर्न नसकिने निष्कर्षमा यसका नेतृत्वहरू पुगेका छन् । जसलाई स्थापित गराउन पहाडमा पनि आन्दोलन उठाउनु पर्नेछ । तर बाबुराम भट्टराई , अशोक राईको प्रभाव कामयावी मात्र रहने विश्लेषण छ । किनकी पहाड र हिमालमा उनीहरूलाई जनताले अनुमोदन गराउन सकेनन् । ०७४ को आम चुनावमा ४५ सिटमध्ये २१ सिट तत्कालीन राजपा र सङ्घीय समाजवादी फोरमले जितेका थिए । तर, राजनीतिक विश्लेषक चन्द्रकिशोरका अनुसार नेकपा र काङ्ग्रेस मात्र जनतामा परीक्षण भएका होइनन् कि बरू क्षेत्रीय पार्टीहरू पनि जनतामा परीक्षण भइसकेकाले यिनीहरूको शासनशैलीमा मधेसी जनताले मूल्याङ्कन गर्ने बताउँछन् । प्रदेश नं. २ मा यसका मन्त्रीहरू पनि भ्रष्टाचारमा मुछिएका छन् भने प्रहरी ऐनलगायत विभिन्न कानून निर्माण गर्दा पनि सङ्घीयता पहिचान विरोधी काम स्वयम् मधेश केन्द्रित पार्टीहरूले नै गरेका छन् । प्रदेश नं. १ को विराटनगरमा रहेको कोशी अस्पताललाई केन्द्रीकरण गरेर केन्द्रको मातहतमा लाने काम स्वयम् यादव स्वस्थ्यमन्त्री हुँदा गरेका थिए । तथापि मधेशमा जनताद्वारा अनुमोदित जनता समाजवादी पार्टी पहाड र हिमालमा पु¥याउने उद्देश्य बनाएका भए पनि जनताले तत्कालै पहाड र हिमालमा अनुमोदन गर्न चाहेनन् ।

जम्बो पार्टीः सिद्धान्तको कुराः
जननेता मदन भण्डारीले भनेका थिए, ‘सिद्धान्त सिद्धान्तका लागि होइन, जीवनको लागि हो ।’ यसअर्थमा सिद्धान्त र जीवनलाई जोडेर उत्पादन र सेवा दिनु र व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्दछ । जनता समाजवादी एकीकरण हुनुभन्दा अगाडि राजपाको केन्द्रीय समिति ७ सय ६५ जना र पदाधिकारी १ सय २९ जना थियो भने समाजवादीको केन्द्रीय समिति ४४१ जना र पदाधिकारी २५ जनाको थियो । सो सङ्ख्या जोड्ने हो भने ११९६ जनाको केन्द्रीय समिति बनाउनु पर्ने थियो । जनता समाजवादी पार्टीको केन्द्रीय समितिको सङ्ख्या पछिल्लो पटक धरान उपमहानगर समितिका अध्यक्ष ताजुव लिम्बूका अनुसार ७ सयमाथि रहेको छ ।

यसले यो पार्टी जम्बो रहेको विश्लेषण गर्न सकिन्छ । विश्वमा पुँजीवाद–समाजवादको विकल्प तेस्रो विचारधाराको जन्म भएको छैन । नेपालको सन्दर्भमा समाजवाद÷माक्र्सवाद÷साम्यवादी धारको नेतृत्व सत्तारुढ दल नेकपाले गर्दैछ । भलै त्यसको अन्तरवस्तुमा दलाल पुँजीवाद÷पुँजीवाद निहित होस् । उदार प्रजातान्त्रिक पुँजीवादको नेतृत्व काङ्ग्रेसले नै गर्दछ, भलै त्यसको अन्तरवस्तुमा सामन्तवादी चिन्तन र दलाल/एजेण्ट/बिचौलिया पुँजीवादको बाधक होस् । अन्य दलहरू पनि यही दुई विचारकै अगाडि–पछाडि दौडेका छन् । यस्तो अवस्थामा माक्र्सवादी दर्शनलाई नै सिद्धान्त मान्ने हो भने कुन विचारधाराको प्रतिनिधित्व गर्छ ? यसकारण व्यवहारिक र सैद्धान्तिक आधारमा पनि वैचारिक झुकाव अरू नयाँ के होला र ? हिँड्ने बाटोको फरकशैली त कम्युनिष्ट आन्दोलनभित्रै बहसको विषय छँदैछ ।

निष्कर्षः
समाजवादी शक्ति निर्माणको प्रश्नमा बोल्दा जति सजिलो छ, यथार्थमा उत्तिकै जटिल छ । माक्र्सवाद÷समाजवाद १० प्रतिशत सिद्धान्त हो भने अरू ९० प्रतिशत व्यवहार हो । हाइड्रोजन र अक्सिजन मिलाएर पानी बन्छ । तर, पानीमा हाइड्रोजन वा अक्सिजन छुट्टै खोजेर पाइँदैन । नेपाली समाजको राजनीतिक अभ्यासमा कहिले हाइड्रोजन बिनाको पानी खोज्छौं त कहिले अक्सिजन बिनाको पानी । प्रश्न हो विकास र प्रगतिका लागि मतदाताको छट्पटी एकातिर छ भने अर्कोतिर पहिचानको राजनीति आफैमा राख्नुपर्ने । सिद्धान्त विश्व विद्यालयमा बहस गर्दैै निर्माण हुने कुरा हो । विगत राजपा र सङ्घीय समाजवादी फोरमको अभ्यास र घटनाक्रमले उनीहरूको कुनै वैचारिक धरातल÷जमिन छैन । एउटा परिस्थितिले मात्र ठेलेर त्यहाँ पु¥याएको हो । वास्तवमा शक्ति, सत्ता र पदका लागि पार्टी फुटाएको इतिहास छ ।

दुई ठूला दल नेकपा र काङ्ग्रेसमा समेत वैचारिक धरातलमा बहस हुन छाडेको छ । बिचौलिया–एजेण्ट–दलाल पुँजीवाद हाबी छ । समाज अर्थतन्त्रको हिमायती देखिन्छ, देखिनु ठीक हो तर, प्रश्न कहाँ हो भने कालोधन नै किन आर्जन नगरोस् । यसरी आमरूपमा वैचारिक धरातल क्षय भइरहेको समयमा सङ्ख्याको आधारमा पार्टी स्थापना गर्ने कार्य छँदैछ । दोस्रो विदेशी शक्तिको इसारामा दलहरू जोड्ने, फुट्ने स्थितिको निर्माण हुन्छ । जसले जनतालाई उत्पादन र सेवा दिन सक्दैन । दलका नेतृत्वहरू विदेशीकै गुलाम हुन्छन् । यसकारण ०७२ को नाकाबन्दीबाट आफ्नो गुमेको प्रभुत्व फर्काउन दिल्ली काठमाडौंमा तेस्रो शक्ति निर्माणको प्रयासमा लागेको भए पनि अजित डोभाल रोडम्यापमा यो शक्ति निर्माणको कुरा सजिलो देखिँदैन । सफा दूधमा एक चम्चा विष लगाउँदा दूधको रङरूप देखिए पनि त्यो दूध विषमै परिणत हुन्छ । पैसा कमाउने र अर्थतन्त्र मजबुत बनाउने दुनियाँमा तास, जुवा खेलाएर एक प्रकारको क्यासिनो बनाएर÷बनाउन लगाउनेहरूको दृश्य–अदृश्य इसारामा गरिब जनता त पीडाको पहाड, हिमाल, तराई बोक्न बाध्य छन् । त्यो पनि विदेशी इसारामा । वास्तवमा पुँजीवादीहरूले महिलाहरूलाई जसरी विलासिताको साधन बनाएर उपयोग गर्छन्, पोर्न भिडियोदेखि रेष्टुरेण्ट बार, क्यासिनोमा तासजुवा खेल्ने खाने, बस्ने, सुत्नेसम्म । त्यो भनेकै चेतनाको अभावले गर्दा हो । यसरी पुँजीवादीहरूले निजी स्वार्थको लागि नेपाली समाजलाई पैसामा साट्ने प्रवृत्तिले देशमा विकास र समृद्धि आउँदैन । बेलैमा सचेत बनौं ।