यासोक । पाँचथर जिल्लामा केन्द्र र प्रदेश सरकारका धेरै योजना संचालन भएको जिल्ला हो । सडक, विधुत, खानेपानी, पक्की पुल जस्ता धेरै योजना संचालनमा छन । तर ति मध्ये कतिपय योजना अलपत्र अवस्थामा छन । तिनै अलपत्र परेका हरू मध्याे एक हाे पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ सदरमुकाम जोड्ने तमोर नदिको लुमुघाटको पक्की पुल  ।

यो पुलको बिषमा प्रदेश र केन्द्रका मन्त्रीलाई थाहा नभएको भने पक्कै पनि होइन । यस अघि नै पाँचथरबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित बसन्तकुमार नेम्बाङ पुलको निरिक्षण गर्न पनि पुगे । कमसल सामाग्री प्रयोग भएको र योजनाको काममा ढिलासुस्ती गरेको भन्दै यो बिषयमा पहल गर्ने बचन पनि दिएका थिए ।

तिनै नेम्बाङ अहिले संङघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका छन । तर पहुँच र शक्तिको आडमा ठेक्का हत्याउँने तर काम नगर्ने प्रवृतिलाई नेम्बाङले पनि रोक्न सकेका छैनन् ।

पाँचथरकै क्षेत्र नं. ख बाट निर्वाचित भएका इन्द्रबहादुर आङबो अहिले प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रि भएका छन । जिल्लामा दुई जना मन्त्रि हुदा समेत लामो समयदेखि पुल निर्माण पुरा नहुनु दुखत भएको स्थानीयले बताएका छन । 'मन्त्रिले दबाव दिन्छन् र छिटो पुल बन्ला भन्ने लागेको थियो,  तर उस्तै रहेछ । 'स्थानीय खेम निरौलाले भने ।

लामो समयदेखि पुलको काम सुस्त गतिमा अघिबढ्दा स्थानीय चिन्तित समेत भएका छन । केही संञ्चार माध्यममा योजना अलपत्र पार्ने र काम नगर्ने ठेकेदारलाई कारवाही हुन्छ भन्दै अभिब्यति मन्त्रि नेम्बाङले दिएका थिए । तर कारवाही हुनुको साटो उल्टै त्यही पुललाई थप एक करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

पुल निर्माणको जिम्मा सडक डिविजन कार्यालय धनकुटाले स्वाच्छन्द निर्माण सेवालाई दिएको थियो । १५ करोड ९० लाख २५ हजारको लगानीमा ठेक्का पाएको निर्माण कम्पनीले २०६९ सालदेखि सुरु गरेको योजना पटक पटक म्याद थप्दै २०७७ सम्म पुर्याएको छ ।

९ वर्षको अवधिमा आधामात्रै काम पूरा गरेको निर्माण कम्पनीले समयमै योजनाको काम पूरा नगर्दा स्थानीयवासी मारमा परेका छन । पुलको काम पुरा गर्न पुन २०७७ सालसम्म म्याद थप गरेको छ । तर थपिएको समयमा पनि पुल निर्माणको काम सम्पन्न गर्न मुस्कील छ ।  

पटक पटक म्याद थप गरेर ९ वर्ष बित्दा पनि पुलको काम पूरा नहुदा आफुहरु निराश हुनुपरेको स्थानीय यामबहादुर बुढाथोकीले बताए । उनि भन्छन् पुल बन्ने कुनै ठेगान छैन ।

दुई पाङ्ग्रे सवारी साधन झोलुङगे पुलबाट तार्नु पर्छ । केन्द्र र प्रदेशमा दुई जना मन्त्रि पाएका छौ । ठेकेदारलाइ दबाव पुग्छ अवता पुल छिटो बन्छ भन्ने आशा थियो तर काम पूरा नहुदा निराश हुनुपरेको छ बुढाथोकीले गुनासो गर्दै भने ।