धरान । अदालतमा चलिरहेका ‘आपराधिक घटनाको मुद्दामा’ भारतका मूलधारका सञ्चारमाध्यमहरू र सामाजिक सञ्जालले दिने विषयप्रति तीव्र आलोचना सुरु भएको छ ।

सुनुवाई सुरु हुनुपूर्व नै मुद्दालाई प्रभावित हुने गरी समाचारहरू सम्प्रेषण गरेर अदालती प्रक्रियालाई नै समस्यामा ल्याउन लागेको भन्दै आलोचना भइरहेको हो । अझ वकिलहरूले यसलाई ‘मूलधारका सञ्चारमाध्यम र सामाजिक सञ्जाल खतरनाक फ्युजन’ भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले कानूनी शासनका लागि यो निकै खतरापूर्ण रहेको टिप्पणी गरेका छन् ।

अदालती प्रक्रिया चलिरहेका बेला कुनै पनि मुद्दा मामिलामा मिडिया तथा सामाजिक सञ्जालहरूले धारणा बनाइनु गलत भएको वकिलहरूले बताएका छन् । भारतमा मात्रै हैन, नेपालमा पनि यस्ता दृष्यहरू पछिल्लो समय देखिन थालेपछि यदाकदा सामाजिक सञ्जालमै आलोचना हुँदै आएको छ । प्रहरी प्रक्रिया पूरा नभई नै सञ्चारमाध्यमले ‘घटनाको विषयमा स्वघोषणा गरिदिने कारण’ समस्या हुँदै आएको प्रतिक्रिया अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूले पनि दिँदै आएका छन् ।

भारतमा हालै अदालतमा चलिरहेको राम जेठमलानी मेमोरियल लेक्चरको घटनामा पनि मूलधारका सञ्चारमाध्यमहरू र सामाजिक सञ्जाल स्वयम्ले सार्वजनिक अदालतको काम गरिरहेको बरिष्ठ अभिवक्ता कपिल सिब्बलले बताएका थिए ।

राम जेठमलानी मेमोरियल लेक्चर भारतमा भएको पछिल्लो आपराधिक घटना हो । अधिवक्ता सिब्बलले भने, ‘आज मिडिया स्वयम्ले एक सार्वजनिक अदालतमाथि प्रश्नचिन्ह खडा गरिदिएको छ । कानूनको नियम र परिधिमा रहेर अदातले अपराधीलाई दोषी वा निर्दोष सावित गर्ने अधिकार छ ।’

अर्का वकिल हरिस साल्बेले सञ्चारमाध्यमले कानूनको शासन आफैले बनाइरहेको दाबी गरे । बरिष्ठ वकिल सी. आर्यमा सुन्दरमले भने लोकतन्त्र स्थापित गर्ने संस्थाहरूको विफलताका कारण सञ्चारमाध्यमको जनमत सुनिरहेको बताए ।

पछिल्लो समय नेपालमा पनि सञ्चारमाध्यमका प्रस्तुत हुने विषयहरूमा व्यापक छलफल हुन थालेको छ । कतिपय सञ्चारमाध्यमले उठाएका विषयवस्तुमाथि व्यापक आलोचना पनि हुँदै आएको छ ।