नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २ वटा जनाधार मजबुत भएको पार्टी एकता भएर बनेको देशको बहुमतप्राप्त पार्टी हो । पूर्ववत् पार्टीहरूको आ–आफ्नै विधान र दस्तावेजका आधारमा सञ्चालित थिए । २०७४ असोज १७ गते स्थानीय निर्वाचनको लागि सबै बामपन्थीको कार्यकर्ता एकताको लागि घोषणा भयो । त्यसको जगमा टेकेर पार्टी एकताको लागि उचित वातावरण तयार भयो । फलस्वरूप २०७४ फागुन ७ गते एकीकरणका प्रारम्भिक आधारहरूका विषयमा सात बुँदे सहमति भयो । फलस्वरूप २०७५ जेठ ३ गते दुई ठूला कम्युनिष्ट पार्टीहरू एकता भएको ऐतिहासिक घोषणा भयो । पार्टी एकीकरणको घोषणाले ६ दशक गणतन्त्र र सङ्घीयता प्राप्तिको आन्दोलनमा होमिएका नेतृत्व र असल सिपाहीहरूले परिवर्तन र मुक्तिको सास फेरेका छन् । तर पूर्णता प्राप्त भएको छैन ।

यही सन्दर्भमा हामीले केही त्याग गर्नुपर्ने हुन्छ । हामीमा अहङ्कार, दम्भ, सङ्कीर्णता, क्षेत्रीयता, जातीयता, विभाजित मानसिकताजस्ता गलत चिन्तन प्रवृत्तिहरू छन् । एकता हुनबाट अलग गराउने गलत चिन्तनशैलीले ग्रस्त थियौं र अहिले पनि केही सङ्केतहरू देखापर्छन् । सिङ्गो कम्युनिष्ट आन्दोलनलाई अघि बढ्न नदिने अधिकार र जनताको सत्ता प्राप्तिको लागि गलत चिन्तन र प्रवृत्ति जुन कुहिएको गन्हाउने कुरालाई हामीले निषेध गर्नै पर्छ । साथै हाम्रो दिमागबाट मिल्काउनै पर्छ । सङ्गठनबाट एकमतले हटाउनु पर्छ । विगतका शैली र सोचहरूको पुनरावृत्ति गर्नु हुँदैन । एकता र सहकार्यको विरोधी सबै बुँदाहरूलाई थोरै पनि समर्थन गर्नु हुँदैन । आन्दोलन र सङ्घर्षको दौरानमा गुटफुट र विभाजनले पछि परेको अनुभूत गरेर आएका छौं । समाज, वर्ग र राष्ट्रको हित विपरीत सबै एजेण्डालाई विकारका रूपमा मिल्काएका छौं । गलत चिन्तन र प्रवृत्तिकै कारण हामी दर्जनभन्दा बढी सङ्ख्यामा विभाजित हुनु परेको पीडालाई आत्मसात गरेका छौं ।

सत्ताप्राप्त गर्न नसक्नुका मुख्य कारणहरू गुटमा सीमित हुनुले गर्दा भन्ने कुरा स्पष्ट भएर नै यहाँसम्म आइपुग्न सफल भएका हौं । सीमित स्वार्थकै कारण पार्टी विभाजित हुन पुगेको तीतो सत्य बिर्सेका छैनौं । आन्तरिकभन्दा पनि वाह्य हस्तक्षेप र कायरताका कारण सङ्घर्षहरूबाट ठक्कर खाएर सचेत भएका छौं । सीमित स्वार्थका कारण राष्ट्रिय राजनीतिबाट नामोनिशान हराएका कैयौं उदाहरण साक्षी छन् । हामीले व्यहोर्नु परेका नियतीहरू यसका ज्वलन्त परिघटनाहरू २०५१ सालको कात्तिक २९ गते सम्पन्न भएको मध्यावधि निर्वाचनमा ८७ सिट प्राप्त गरेर पहिलो भएको पार्टी नेकपा (एमाले) २०५६ साल वैशाख २० गते र जेठ ३ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७२ सिटमा चित्त बुझाउनु पर्यो ।

सशस्त्र जनयुद्धको उत्तराद्र्ध ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को जगमा भएको १२ बुँदे सहमतिपछि २०६४ चैत्र २८ मा सम्पन्न संविधानसभाको निर्वाचनपछि २०.३३ प्रतिशत सिट सङ्ख्या ७० प्राप्त गरेर तेस्रो पार्टी बन्नपुग्यो । २०७० को संविधानसभाको निर्वाचनमा प्रत्यक्ष ९१ र समानुपातिक ८४ सिट सङ्ख्या १ सय ७५ ल्याएर दोस्रो राष्ट्रिय पार्टी बन्न पुग्यो । त्यसैगरी २०६४ को सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम संविधानसभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) पार्टीले १ सय २० सिट प्रत्यक्ष र १ सय समानुपातिक गरी २ सय २० स्थान २९ प्रतिशत ल्याएर पहिलो पार्टीको स्थान प्राप्त गर्यो । २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्ष २६ र समानुपातिक ५४ जम्मा सिट सङ्ख्या ८० प्राप्त गरेर तेस्रो पार्टीमा चित्त बुझाउनु पर्यो ।

यो सब निम्न पुँजीवादी चिन्तन प्रवृत्ति र वाह्यशक्तिको चलखेलका कारण भएको फुट विभाजनको परिणाम हो । २०७० सालमा ४२.८८ प्रतिशत भएको वामपन्थी वर्चस्व अत्यन्तै छोटो समयमा कार्यगत एकताको घोषणले २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा ४८.३२ प्रतिशत कायम गर्न सफल भएको छ । यो जनमतले स्थानको मात्र आँकलन हुँदैन । हामी कति विधिसम्मत छौं या छैनौं भन्ने समेत निर्धारण गर्दछ । हामी सबै विधिमा चल्दा त सबै सङ्गठनहरू उचित व्यवस्थापन हुने र हामीले विधिलाई नमान्दा असरल्ल भई विभाजनको हदसम्म पुग्ने गरेको छौं । वर्तमान सन्दर्भमा नयाँ स्थापित गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्राप्त गरेको नयाँ जनमत, प्राप्त गरेकोपहिलो स्थान र प्राप्त गरेको नयाँ प्रतिभाका नेता, नेतृत्वको रक्षा गर्न उल्लेखित अन्तरिम विधानको धारा ५६ यी अनुशासनका नियम लागू गर्नै पर्छ । अनि हामी सबैले पालना गर्नै पर्छ ।

१. पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र वैधानिकता व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको,
२. पार्टीभित्र गुटबन्दी तथा षड्यन्त्र गरेको,
३. पार्टी निर्णय उल्लङ्घन गरेको,
४. पार्टीप्रति निष्ठा र विश्वास नरहेको,
५. पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको,
६. पार्टी कमिटीको गोपनीयता भङ्ग गरेको,
७. पार्टीद्वारा सञ्चालित आन्दोलन र अभियानको विपक्षमा रहेको वा विरोधीसँग साँठगाँठ गरेको,
८. कुनै पनि जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनमा पार्टीको निर्णय विपरीत उम्मेदवार बनेको पार्टीको उम्मेदवार विरुद्ध प्रचार गरेको वा पार्टीको उम्मेदवारका विरुद्धमा उठ्ने अन्य कुनै पनि उम्मेदवारको प्रस्तावक वा समर्थक बनेको वा त्यस्तो उम्मेदवारको पक्षमा कुनै काम गरेको,
९. केन्द्र तथा प्रदेश सरकार, स्थानीय तह र जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको कुनै पनि जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशन विपरीत कार्य गरेको,
१०. नैतिक पतन देखिने फौजदारी कसुर गरेको भ्रष्ट तथा अनैतिक आचरण गरेको र भ्रष्ट वा अबाञ्छित तŒवसँग साँठगाँठ गरेको तथा राष्ट्रको हित विपरीत काम गरेको,
११. पार्टीले माग गरेको अवस्थामा सम्पत्तिको यथार्थ विवरण नदिई लुकाएर राखेको झुट्टा विवरण पेश गरेको वा स्रोत खुलाउन नचाहेको,
१२. पदीय आचरण वा पार्टी हितविपरीत आर्थिक अनुशासनहीनता वा पार्टी सम्पत्तिको हिनामिनामा संलग्न भएको,
१३. छुवाछुत, जातीय भेदभाव, बहुविवाह र लैङ्गिक हिंसाका क्रियाकलाप गरेको,
१४. पार्टीको विधान र नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरूले पालना गर्नुपर्ने भनी उल्लिखित कर्तव्यको उल्लङ्घन गरेको अवस्थामा पार्टीले प्रकृति हेरी कारबाही गर्नेछ ।

पार्टी विधानले गर्न नहुने भनी उल्लेख गरेका उपदफाहरूले व्यक्ति र सङ्गठनको हितमा छ । यो कुराले पार्टी र हामी सबैको हित गर्छ । कुहिएको गन्हाउने कुराले पार्टी सदस्य कार्यकर्ता नेतृत्व र पार्टीलाई विधानले वर्जित गरेका कार्यहरू हामीले भुलेर पनि गर्नु हुँदैन । हामीले निषेध गरेको कार्य गर्नु हुँदैन । यस्ता कार्य गर्ने कार्यकर्तालाई सुध्रिन सुधार्न प्रयास गर्नुपर्छ । स्वच्छ प्रतिस्पर्धा गर्न अवसर पाइन्छ । हामी ध्वस्तपछि निर्माणको बेलामा छौं । हाम्रो बुझाइ गलत भएमा प्राप्त उपलब्धिहरू गुम्न सक्छ । हाम्रो उचाइ, श्रेय, विश्वास गुम्न सक्छ । नजिकबाट लड्नु कम क्षत्ति हो । टाढाबाट लड्नु जोखिम मोल्नु हो । हामी धेरै माथि छौं । दुईतिहाइ अभिमतको हाराहारीमा यो अवसर गुमाउनु भनेको फेरि प्राप्त नगर्नु नै हो । आस्था ढल्नु हो । अस्तित्व गुमाउनु हो । त्यसैले पार्टी विशुद्ध बनाउन पार्टीभित्रका गलत प्रकृतिहरू निमट्यान्न पार्नुपर्छ । निर्मम र कठोर कदम चाल्नु पर्छ । गलत प्रकृति र अराजकतालाई छुट दिने संस्कारले नै गुट झाङ्गिने र त्यसले पार्टीमा विग्रह ल्याउने संस्कार बनिसकेको छ । यो हुन नदिनको लागि हामी सबै इमान्दार बनौं, इतिहासले सुम्पेको अभिभारा अमूल्य छ । त्यसलाई ग्रहण गर्न लागू गर्ने साथै विकास नगरी हुन्न ।

ऐतिहासिक जिम्मेवारी बोकेका हामी पार्टी सदस्य र नेतृत्वले आफूलाई क्षति हुने र पार्टीलाई क्षति पु¥याउने कार्य गर्नु हुँदैन । टुटफुट र खण्डित हुने कुरा हाम्रो दिमागबाट मिल्काउनु पर्छ । हामी यतिबेला पुरानो सत्ता भत्काएर नयाँ निर्माणमा छौं । यो बेलामा स्वभाविकै हो । समाजमा भएका सबैखाले खराबीहरूले पार्टी र आन्दोलनमा प्रवेश गर्ने रहेछ । सत्तामा पुगेपछि पद, प्रतिष्ठा, आर्थिक, भौतिक साधनस्रोतहरूको पर्याप्तता हुँदो रहेछ । त्यो भौतिक परिवेशले नेतृत्वलाई नोकर शाही पुँजीवादी प्रवृत्तितिर उन्मुख गराउने प्रायः हुँदो रहेछ । तत्काल हामीले महँगा र विलासितालाई प्रश्रय दिँदै आएका छौं । सरकार सत्ता र पार्टी विचारको बीचमा तीव्र अन्तरविरोध चलिरहेको छ । पार्टी नेतृत्व (हेडक्वार्टर) को निर्देशन विधानको दायराभित्र सरकार सञ्चालन नहुने हो भने त्यो प्रतिक्रान्तिको सङ्केत हो ।

लेनिनले महान् अक्टुबर समाजवादी क्रान्ति सम्पन्न भएको करिब पाँच वर्षपछि सोभियत सत्तामा फैलिएको विकृति विसङ्गति र भ्रष्टाचारले धज्जी उडाएको विषय, सबैखाले खराबीको विरुद्ध सङ्घर्ष गर्दासमेत केही नलागेर माओले सांस्कृतिक क्रान्ति नै गर्नु परेको तथ्य स्मरणयोग्य छ । कतिपय समस्याको वर्गीय र वैचारिक गहिराइलाई विचारै नगरी दोष जति अरूलाई, आफू समस्याबाट भाग्ने चोखो बन्ने कथित प्रयास हुने गर्दछ । यस प्रकारको चिन्तनले वर्ग सङ्घर्षको सिद्धान्त र द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादलाई पकड्न सक्दैन । यी समस्याका गम्भीर सङ्केतहरू नेपालमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सत्ता सञ्चालनको दौरानमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनले भोगेका समस्याहरूकै निरन्तरता त होइन ? चिनियाँ कम्युनिष्ट पार्टी नेतृत्व हेरफेर बाहेक ८ दशकको सत्ता सञ्चालनमा टुटफुट र विभाजनबिना नै विश्वका शक्तिशाली राष्ट्रहरूको दाबेदारीमा पुगेको छ । यो विधि र पद्धतिको कठिन पालनाले साजवादी यात्रा तय गर्न सम्भव भएको छ ।

माक्र्सवाद पहिलो पुस्तकबाट उद्धृत
माक्र्सवादीहरू काम नलाग्ने कुहिएर गन्हाउने भइसकेकालाई निषेध गर्ने जति सक्रिय हुन्छन् । नयाँ र विकासशीलको स्वागत र रक्षा गर्न पनि उस्तै सिपालु हुन्छन् । आमपार्टी कार्यकर्ताले पत्याउन गाह्रो लाग्ने पार्टी एकता विषय एकता सङ्घर्ष र रूपान्तरणको प्रक्रियाबाट भएको छ । आकस्मिक र चलाखीपूर्वक भएको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा यति परिणाम र उपलब्धिसहितको एकता भएकै छैन । यो एकता एउटा यस्तो सङ्गीन मोडमा भएको छ । जसले समाजवादउन्मुख जनताको जनवादको कार्यनीति लागू गर्ने ऐतिहासिक दायित्वसमेत पूरा गर्नु पर्नेछ । जुन जिम्मेवारी अरू समयको भन्दा पृथक र जटिल पनि छ । हाम्रो नेतृत्वको सोच नयाँमा बदलियो ।

पुराना पार्टीहरूलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विकसित गरियो । ६५ वर्षको निरन्तर सङ्घर्ष र आन्दोलनले उत्पादन गरेका ८ लाखको हाराहारीमा रहेका पार्टी सदस्यहरूलाई एकै ठाउँमा उभ्याउने ऐतिहासिक कार्य पूरा भएको छ । १ वर्षको समय १ दिनको महŒवपूर्ण निर्णयले पूरा गर्छ । हाम्रा अग्रजहरू गुमायौं, महŒवपूर्ण व्यक्तित्व गुमायौं । आफ्ना होनहार सन्तान गुमायौं, गुमाउनु पर्ने सबै गुमायौं । सबै गुमाएर आज हामीले विशाल र नयाँमा रूपान्तरण भएको राष्ट्रको सबै भन्दा ठूलो पार्टीको सदस्य हुन पायौं । हामी सबैले गर्व गर्नुपर्छ । नेतृत्वको उचित समयको सही पहलकदमीलाई सदस्य, सङ्गठन र सबै कार्यकर्ताले हृदयदेखि स्वीकार्नु पर्छ । राजतन्त्रको अन्त, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा २०७२ को नयाँ संविधान प्राप्त गरिसकेका छौं ।

संविधानको प्रस्तावनामा उल्लेख गरिएको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने वाक्यांशलाई आत्मसात गर्दै हाम्रै पुस्ताले थालनी पनि गर्नु छ । यो परिवर्तनको बेलामा हामी कम्युनिष्टहरू एक हुनु सहिदहरूको सपना पूरा गर्ने सुनौलो अवसर हो । यो नयाँ भावनात्मक एकता हो । यो आवश्यकताको एकता हो । हामी परिवर्तनका लागि समृद्धिको लागि बाँकी कार्यभार पूरा गर्नको लागि एकता हो । हामी हाम्रो मुक्ति र वर्गको रक्षा गर्छौं । नयाँ र विकासशील कुराको रक्षा गर्छौं । हाम्रो प्यारो राष्ट्रको रक्षा गर्र्छौं । अपहेलित, दलित, मुस्लिम, सीमान्तकृत, पिछडावर्ग, आदिवासी जनजातिहरूको हितको रक्षा गर्छौं । यो माक्र्सवादी लेनिनवादी सिद्धान्तको स्थापित मान्यताभित्रको प्रमुख विषय हो ।
(लेखकः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य तथा पाँचथर जिल्ला कमिटी सचिव हुन् ।)