नेताले अलिकति सरम तथा धरम राखेर र केही दिन भए पनि टिक्ने बोली बोल्नुपर्छ । शिक्षकले पढाउँदा एउटा मात्र भए पनि कक्षाकोठामा चनाखो विद्यार्थी छ भन्ने सम्झेर तयारीपूर्वक राम्ररी पढाउनु पर्छ, नत्र उसले पाइरहेको इज्जत धरापमा परेजस्तै नेताको बल्ल–बल्ल प्राप्त गरेको उचाइ स्वात्तै घट्छ ।

सबै मानिस नेताका धुपौरे मात्र हुँदैनन् । एक न एकले तथ्य, तर्क र वास्तविकताका आधारमा गलत विचारको प्रतिवाद गर्छ । यही लेखकलाई उल्लेख गरेर फलानाले पार्टी र नेतृत्वको आलोचनात्मक लेख लेखेको हुँदा सङ्घ र प्रदेशले प्रदान गर्ने भाषा साहित्यिक पुरस्कार पाउन नसकेको भनेको सुन्दा अचम्मै लाग्यो । चाकरी, चाप्लुसी र चम्चागिरी गरेर खानका लागि माक्र्सवादी आस्था ग्रहण गर्ने हो भने केही भन्नु छैन । कसै न कसैले सत्य–तथ्य त उजागर गर्नु प¥यो नि । यही सम्झेर सरम राखेर होसपूर्वक बोल्नु पर्नेमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाललाई सम्झाउन खोजेको हो ।

खनालले २०७७ असार २९ गते सोमबारका दिन सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पार्टीले सही नीति र सिद्धान्त नलिए पार्टी ध्वस्त हुने कुरो बताएको सुन्दा अचम्म लाग्यो । यस हिसाबले खनालमा पछिल्लो अवधिमा नीतिगत तथा सैद्धान्तिक दूरदर्शिताको अभाव देखिन्छ । उहाँले जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जबजलाई शुरुमै दक्षप्रजापतिको टाउको भनेर खिल्ली उडाउनुभएको थियो । विश्वबाट कम्युनिष्टहरू पलायन भइरहेको अत्यन्त जटिल तथा सङ्गीन अवस्थामा जबजले नेपालमा कम्युनिष्ट आन्दोलनलाई जोगाएको हो । यसकै राप, ताप र प्रतापमा नौ महिने अल्पमतकै भए पनि लोकप्रिय तथा नमूना सरकार बन्यो । अहिले मात्र होइन, जान्दा भोलिका दिनसम्म जबजले मार्गदर्शन गरिरहने देखिन्छ । जबजमार्फत् माक्र्सवादमा सिर्जनात्मक प्रयोग नगरिएको भए अहिले नेपालका कम्युनिष्टहरू कुना पसेर रोइरहेका हुन्थे । तथापि जबजकै आधारमा राजनैतिक तथा राजकीय महŒवपूर्ण अवसर पाएका नाताले जबजप्रति ओठे भक्ति खनालले देखाउनुभएको थियो ।

नेपाली विशेषताको समाजवादको सैद्धान्तिक तथा नीतिगत निर्देशन गर्ने जबजलाई समाप्त गर्ने दाउमा खनाल लागिरहनु भएको छ । जबजले राजनीतिक तथा आर्थिक दुवै अधिकारसहितको प्रतिस्पर्धात्मक नेपाली समाजवादको परिकल्पना गरेको छ । यसले चीन र भारत दुवै देशको भन्दा पृथक् तथा मौलिक समाजवाद निर्माणको ध्येय राखेको देखिन्छ । त्यसको नाम जबज अनुसार लोकतान्त्रिक वा जनतान्त्रिक समाजवाद हुनसक्छ । तर तपाईंहरू जबजको यस्तो अत्यन्त दूरगामी सिद्धान्तलाई समाप्त गर्ने कुटिल षड्यन्त्रमा सामूहिक रूपमा लाग्नुभएको छ । कार्लमाक्र्सलाई महान् एङ्गेल्सलगायतले बौद्धिक, वैचारिक तथा भौतिक सबै हिसाबले साथ सहयोग गरेकाले मात्र समयमै माक्र्सवाद जीवित, विकसित तथा समृद्ध हुन सकेको हो ।

नत्र कार्लमाक्र्स र उनको विचारका विरुद्ध त्यस बेलामा मूर्धन्य मानिएका स्वनाम धन्यहरूले एकधुर लागेर खेदोपाइलो गरेका थिए । त्यसैले अनेक खालका अहम्, स्वार्थ तथा निकृष्ट निहित उद्धेश्यका साथ जबजको विरोध गर्नुलाई अस्वभाविक लाग्दैन । माक्र्सवाद चौतर्फी आलोचनाकै भट्टीमा पाकेर र खारिएर निर्माण भएको वाद हो । जबजका विरोधीका पछुवा नेताले बेलैमा बुझेनन् भने पछुताउनु बाहेक अर्को विकल्प देखिन्न । निःस्वार्थ रूपमा गुण र गुणी जनको कदर गर्ने मात्रै होइन, त्यस गुणलाई आत्मसात गर्ने नेताहरू पार्टीमा कति छन् हेराँैला । नत्र तिनका काला कर्तुुतलाई लेखेरै पनि तह लगाउन सकिन्छ ।

कार्यक्रममा स्थायी समिति बैठकमा खनालले स्थायी समितिमा पुँजीवाद पन्थ र समाजवाद पन्थबीचको अन्तरसङ्घर्ष चलिरहेको बताएर जबज विरोधी गुट कलुषित अन्तर्य स्पष्ट पार्नुभएको छ । आफ्नो गुटलाई समाजवाद पन्थ करार गर्नुभएको देखिन्छ । खनालले राजतन्त्र समाप्त भएको भोलिपल्ट जनवादी क्रान्ति पूरा भएको पुँजीवाद आएको सफेद झूट बोलेर न्यून चेतका कार्यकर्तालाई भड्काउन खोजिरहनुभएको देखिन्छ । जनवादी क्रान्तिका महŒवपूर्ण तीन चरण (राजनीतिक, आर्थिक तथा सांस्कृतिक) मध्ये राजनीतिक कार्यभार पनि सतही रूपमा पूरा भएको अवस्था हो ।

अहिले नेपालमा गणतान्त्रिक शासन प्रणाली त छ तर नेपालको राज्यसत्ता वा कर्मचारीतन्त्र वा ब्युरोक्रेसी सामन्तवादी संस्कारबाट ग्रसित छ । यसलाई रूपान्तरित गर्न समय लाग्छ । अनि यस सँगसँगै आर्थिक तथा सांस्कृतिक कार्यभार पूरा गर्नुपर्र्छ, यो रातारात पूरा हुँदैन । आजको भोलि रातारात देशैभरि उद्योगधन्दा खुल्न सक्दैनन् । जबजका अनुसार यसका लागि निश्चित अवधि अपेक्षित हुन्छ । त्यसैले जबजले अहिलेको पहिलो काम पुरानो शासन व्यवस्थाका शोषण उत्पीडनका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने अवधि ठहर गरेको देखिन्छ । यसरी क्रमशः पहिलो र दोस्रो काम गर्दै समाजवादी चरणमा प्रवेश गर्नेसम्मका दूरदर्शी र दीर्घकालीन दृष्टिकोण जबजमा अघि सारिएको छ ।

अझ सांस्कृतिक कार्यभार पूरा गर्ने काम गर्न लामो समय लाग्छ । ढाँचामा छिटोछिटो परिवर्तन भए पनि सांस्कृतिक रूपान्तरणका लागि लामो समय अपेक्षित हुन्छ । सांस्कृतिक रूपान्तरणले मात्र समाजको गुणात्मक परिवर्तन हुन्छ । पार्टीका दस्तावेजमा अहिलेको अवस्था प्रारम्भिक पँुजीवाद भनिएको छ र हो पनि । राष्ट्रिय उद्योगधन्दा व्यापकरूपमा खुलेर रोजगारको व्यापक रूपमा व्यवस्था भएपछिको अवस्था पुँजीवाद हो । यस अवस्थाबाट सङ्क्रमण गरी समाजवादतिर लम्किने हो तर जबजको ठीक विपरीत हतार–हतारमा अहिले नै समाजवादको डिङ हाँक्ने खनालको एउटै आशय जबज र जननेता मदन भण्डारीको योगदानलाई समाप्त पार्नुसित सम्बन्धित रहेको देखिन्छ ।

जननेता मदन भण्डारीले नयाँ जनवाद वा बहुदलीय जनवादलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै हिसाबले सुदृढ नबनाई हतारमा बलपूर्वक समाजवादको स्थापना गरिहाल्नु उचित र टिकाउ हुँदैन भन्नुभएको थियो र उहाँले कम्युनिष्टको सरकार नै भएका अवस्थामा समाजवादको प्राप्ति कमभन्दा कम क्षतिबाट हुनसक्ने बताउनु भएको थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली दुवै जिम्मेवारी पूरा गर्न असफल भएको भन्दै राजीनामा माग्ने सन्दर्भको चुरो कुरो वा राज जबजसित जोडिएको बेलैमा उल्लेख गरेर खनालले जाती गर्नुभएको छ ।

कार्यक्रममा पार्टीको भाग्य र भविष्यप्रति अग्घोर चिन्ता गर्ने खनालले आफू राष्ट्रपति हुन नपाएको झाँेकमा राष्ट्रपतिकी उम्मेदवार विद्या भण्डारीलाई भोट नदिएको जगजाहेर छ । जहाँतहीँ आफै मात्र अहिले र आजै भएभरका सबै पद, प्रतिष्ठा र अवसर छोप्न आतुर तथा हत्ते हाल्नेहरूले पार्टीको चिन्ता गरेको देख्दा सामान्य विवेक राख्ने कार्यकर्ता के भन्दा हुन् ? बाहिर बाहिर देश र जनताको सेवाको नारा उराल्ने तर भित्रभित्रै कमिसनको बाँडफाँडमा झगडा गरी दुनियाँ हँसाउने ज्वाइँ र ससुरा कामरेडबारे कार्यकर्ता जानकार छन् । पार्टीमा सही नीति र सिद्धान्त निर्माण गर्ने सन्दर्भमा सही ठाउँमा खनाल कहिले उभिनुभएको छैन ।

पार्टीको सातौँ महाधिवेशनमा ओलीद्वारा प्रस्तुत लोकतान्त्रिक सङ्गठनात्मक मान्यतालाई घोर प्रतिक्रियावादी भन्दै कठोर विरोध गर्ने अनि आठौँमा त्यही मान्यतालाई शतप्रतिशत सही भन्ने खनालसित कुनै सैद्धान्तिक दूरदर्शिता देखिन्छ र ? जसको नीति उसकै नेतृत्व भन्ने आम मान्यता विपरीत आठौँ महाधिवेशनमा खनाल अध्यक्ष हुुनुभएको विसङ्गत स्थिति कार्यकर्तालाई अवगत नै छ ।

खनालले ओली सरकारले लोकप्रिय काम गर्न नसकेर पनि सरकारमा टिकिरहने हो भने पार्टी धरासायी हुने बताउनुभएछ । त्यही कार्यक्रममा विश्लेषक खगेन्द्र प्रसाईंले नेकपाभित्र व्यक्तिको शैली र स्वभावमा मात्र समस्या खोजिन थालियो त्यसले समस्या समाधान नहुने भन्दै खनाललाई नाजवाफ पारिदिएको थाहा भयो ।

मदन भण्डारीले मान्छे नामको आफ्नो एक कवितामा मानिस आफू तर्कविहीन हँुदा, आफूले गल्ती गर्दा र आफू हार्ने अवस्थामा रिसाउँछ भने झैँ खनाल जहाँसुकै रिस र आवेशले भुतुक्क भएको देखिन्छ । खनालले इटहरीको पार्टी प्रदेश नं.१ को उद्घाटन समारोहमा मेरो नेतृत्वमा पार्टी सदस्यताको सङ्ख्या यति हजार बढेको हो भनेर आफै सगर्व उल्लेख गर्नुभयो ? यसका तुलनामा ओली सरकारको नेतृत्वमा भएका दूरगामी महŒवका काम देखेर जलन भएको हो भने केही भन्नु छैन । क्षमतावान् मानिसले माटो भेटे सुन बनाउँछ, अक्षमका हातमा परेको सुन पनि फलाम हुन्छ ।

पहिले झैँ ओली सरकार ढाल्न धूपबत्ती बाल्ने बन्चराका बिँडहरूको मति अझै पनि समय छँदै सुध्रिन्छ जस्तो लाग्दैन । एमाले नेताहरूमा गुणको कदर गर्न सक्ने क्षमता छ भने गुण र गुणीजनको बेलैमा उचित कदर गरियोस् । खनालले पहिले पनि भारतीय नाकाबन्दी असफल पारेको विषयमा राष्ट्रवादको जस प्रधानमन्त्री ओलीलाई दिएकामा चित्त दुःखाउनुभएको थियो । आफ्ना नेतृत्वको कार्यकालका झिनामसिना काम गरेकामा फुटानी गर्ने अनि अरूका कार्यकालका कामको जस आफूले पाउनु पर्ने भनेर रोइलो गर्न सुहाउँछ ?