कोभिड–१९ को कहर जारी छ । यसको प्रभाव कहिलेसम्म रहन्छ र कति गहिरो हुन्छ भन्ने कुराको यकिन गर्न मुस्किल भएको छ । तीन महिना पहिले सरकार, हामी आम नागरिक कोभिडको प्रभाव र सकसका बारेमा जसरी सोचिरहेका थियौं, त्यो क्रमशः परिवर्तन हुँदै गएको छ । पहिला हप्ता–पन्ध्र दिनको लक डाउन सोचियो । हुँदै जाँदा यो तीन महिना बढी तन्किसक्यो । पहिला घरमै बसेर जितिन्छ भन्ने लाग्थ्यो । अहिले घरमा बसेर मात्रै अब जीवन चल्दैन भन्ने निष्कर्ष निकालिएको छ । शुरु–शुरुमा थोरै प्रभावित थिए, थियौं तर डर धेरै लाग्थ्यो । अहिले प्रभावित धेरै हुँदै गएका छौं तर डर हट्दै गएको छ । कोरोना सामान्य लाग्न थालेको छ ।

कोरोना कहरको सबैभन्दा बढी प्रभाव मानिसको आर्थिक क्षेत्रमा परेको छ । त्यसपछि सामाजिक र सांस्कृतिक पक्षमा । न्यून आय भएका मानिसलाई दैनिक खान र जीवन चलाउन कै समस्या भएको छ । मध्यम् र ठूला व्यवसायीलाई व्यवसायको क्षति कसरी कम गर्ने, व्यवसायलाई कसरी जोगाउने र शुरु गर्ने भन्ने चिन्ता छ । यो कहरमा सामान्य मानिसलाई दैनिक आम्दानी घटेर जीवन चलाउन धौ–धौ पर्नेछ भने मध्यम् र ठूला व्यवसायीलाई व्यवसाय धान्न धौ–धौ पर्नेछ । व्यवसाय सङ्कटमा परेसँगै त्यहाँ आश्रित दैनिक आम्दानी गर्ने श्रमिकहरू जोखिममा परेका छन् । यसरी देशभित्र नै धेरैले रोजगारी गुमाउने र सङ्कटमा जीवन धकेलिनेको सङ्ख्या बढ्ने पक्का छ ।

कोभिडको कहर विश्वव्यापी भएको र श्रम बेच्न विदेश जाने नेपालीको अवस्था पनि राम्रो छैन । थोरै भाग्यमानीले मात्रै रोजगारी जोगाउलान् तर धेरैले पूरै वा आंशिक रोजगारी गुमाउनेछन् । आंशिक रोजगारी गुमाएका जसोतसो अडिए पनि तिनले परिवारलाई पठाउने पैसा घट्नेछ । पूरै रोजगारी गुमाएका केही आफ्नै स्रोत र क्षमतामा देश फर्केलान् भने केहीलाई सरकारले नै उद्धार गर्नुपर्ने अवस्था छ ।

अप्ठ्यारोमा परेका सबैले सरकारसँग आशा गर्नु स्वभाविक हो तर आपैm सङ्कटमा धकेलिएको सरकारले धेरै केही गरिदेला भन्ने अवस्था छैन । त्यसैले अब के गर्ने भनेर सबैले सोच्ने र तदनुरूप कार्य गर्ने आवश्यकता छ ।

हामी सबैले गर्नै पर्ने काम :
- हाम्रो व्यक्तिगत जीवनमा, परिवारमा र व्यवसायमा सामान्य अवस्थामा कति खर्च गरिरहेका छौं र त्यसमा के केमा कति कटौती गर्न सकिन्छ, त्यो थाहा पाउनु पर्छ र कटौती गर्न शुरु गर्नुपर्छ ।

- ‘वेस्टेज’ कम गर्ने, सामानको पुनः प्रयोग गर्ने, आवश्यकताको सीमाभन्दा कम सामान खपत गर्ने । जस्तैैः भान्सामा प्रयोग हुने खाद्यान्न, तरकारी, मसला, इन्धन, पानी आदिको प्रयोगमा सचेतना मात्रै अपनाउँदा पनि खर्च कम गर्न सकिन्छ । आपूmले प्रयोग गर्ने कपडा, जुत्ता, घरायसी सामान आदिको अधिकतम् प्रयोग र संरक्षण गर्दा पनि खर्च बचाउन सकिन्छ ।

- भान्साकोठा (किचन), शौचालय, बाथरुम, घर, आँगन, करेसा र छेउछाउको सरसफाइमा राम्ररी सबैले ध्यान पु¥याउने हो भने परिवारको, व्यवसायको इज्जत बढ्ने मात्रै होइन कि औषधिमा हुने खर्च कम हुनजान्छ ।

- परिवारले आहार, व्यायाम, मनोरञ्जन र उचित आराममा ध्यान दिनसके स्वास्थ्य राम्रो हुन्छ । सन्तुलित, ताजा एवम् स्वास्थ्यकर खाना खाने गरे र तयारी खाजा, खाना (बिस्कुट, चाउचाउ, चिप्स, चिसो पेय, अधिक चिया, बजारे गरिष्ट भोजन आदि) बहिष्कार गर्दा स्वास्थ्य राम्रो मात्रै होइन, उपचारमा हुृने खर्च घट्न जान्छ ।

- हामी सबै उपभोक्ता त हौं नै अरूले उत्पादन गरेको सामान किन्न र प्रयोग गर्नमा हाम्रो कमाइ खर्च भइरहेको हुन्छ । के हामी आपूmले दैनिक प्रयोग गर्ने कतिपय सामान आफै उत्पादन गर्न सक्दैनौं ? उत्पादन नै गर्न थालेपछि अलि बढी उत्पादन गरेर अरूलाई पनि बेच्न सक्छौं । यो अतिरिक्त आम्दानीको बाटो बन्नेछ । जस्तैः बजारमा बसेको एकजना ड्राइभर भाइले सब्जी पसलबाट सब्जीसँगै तरकारीका बेर्ना ल्याएर छेउको बाँझो जग्गामा अलिकति खनखान गरेर रोपे । पानी, मल हाले । घरमा भएकाले पनि सघाए । बिरुवाको सुरक्षा गरे । अहिले आपूmले खाएर उब्रिएको छिमेकिले किन्न मागे र बेच्न थाल्यौं । यसले हाम्रो जाँगर बढ्यो भन्ने अनुभव सुनाएका थिए । हेर्दा सुन्दा सानो लाग्ने यो कुरा सङ्कटको समयमा खर्च घटाउन र अतिरिक्त आम्दानीको बाटो पहिल्याउन निकै सहायक हुन्छ । करेसाबारी, कौसीखेती गरेर ताजा, स्वच्छ तरकारी फलाउन सकिने हुन्छ । खर्च घटाउन र अलि धेरै उत्पादन गर्दा आम्दानी बढाउन सकिन्छ ।

- सङ्कटको समयमा सकेसम्म उधारो लिनेदिने काम नगर्ने । यसले खर्चलाई नियन्त्रण गर्न सघाउँछ र ऋण तथा उधारो लगानीको बोझ कम गर्छ ।

- धेरै युवालाई लाग्न सक्छ, नेपालमा रोजगारीको अवसर एकदमै कम छ । त्यसैले यहाँ बेरोजगार भइन्छ । विदेशै जानुपर्छ । यो सरासर गलत हो । नेपालमा धेरै कामका अवसर छन् र त्यहाँ विदेशी (विशेषगरी भारतीय) ले काम गरिरहेका छन् । नमिलेको के हो भने कामका लागि चाहिने सीप, दक्षता र आचरणको अभावमा हामी यो रोजगारी गुमाइरहेका छौं । यो स्वीकार्ने हो भने हामीले तदनुरूपको सीप, दक्षता र आचरण विकास गर्न सक्दा यहाँ धेरै नै रोजगारीका अवसर छन् । नेपालमा खुल्ने प्रायः सबै ठूला–साना उद्योगमा कामदार भारतीय हुन्छन् । यो रोजगारदाताको बाध्यता हो । अहिले धेरै उद्योगहरू भारतीय मजदुर आउन नसकेका कारण बन्द छन् । यो सङ्कटले सिर्जना गरेको अवसरका लागि युवाहरू तयार हुन जरुरी छ ।

- स्वतन्त्र साना व्यवसायमा पनि धेरै नै अवसर छन् । यसमा पनि पहुँच बढाउन, सीप सिक्न, क्षमता विकास गर्न र तदनुरूप आचरण बनाउन आवश्यक छ । सबैखाले श्रमबाट पूर्ण बञ्चित गराइएका वा भएका युवापुस्ताले औपचारिक पढाइ लेखाइको क्रममा आफ्ना अभिभावक, स्कुल कलेजका शिक्षक र सहपाठीसँग मात्रै सघन सङ्गत गरेका छन् । शुरुमा प्रमाण–पत्रको दम्भ हुन्छ । यो स्वभाविकै पनि हो तर व्यवसायमा चाहिने सीप, क्षमता, सङ्गत, शैली र आचरणको नितान्त अभाव हुन्छ यस्ता युवाहरूमा । यसका लागि तयार गरेर स्वतन्त्र व्यवसायमा आउने अवसर छ युवाहरूलाई । नेपाली युवाले खासै ध्यान नदिएको यहाँको स्वतन्त्र, साना तर राम्रो आय हुने व्यवसायमा भारतीयको निकै बाक्लो उपस्थिति छ ।

- अभिभावकहरू आफ्ना पढेलेखेका छोराछोरीले सानो लाग्ने स्वतन्त्र व्यवसाय र शारीरिक श्रमको काम नगरे हुन्थ्यो भन्ने ठान्छन् । यो सोच अभिभावकले बदल्नु पर्छ । हातमा स्कुल कलेजले दिएको प्रमाण–पत्र बोकेर जागिर खोज्न निस्किएका युवा वास्तवमा कुनै पनि व्यवसाय वा पेशाका लागि चाहिने कुनै सीप, आचरण, योग्यता, क्षमता नभएको केही नजान्ने पुस्ता हो । यो तीतो सत्य भनिरहँदा म ती कर्मशील युवा जसले आफ्नै पौरखले स्वरोजगार बन्न सफल भए, क्षमताले रोजगारीमा लागे र निरन्तरता दिन सफल भए वा अग्रज अभिभावकको व्यवसाय सम्हाले म उनीप्रति उच्च सम्मान व्यक्त गर्दछु । शुरुमा स्कुल कलेजको प्रमाण–पत्र पाउनुलाई नै सफलताको उत्कर्ष मान्ने नयाँपुस्ता आपूmले प्राप्त गरेको प्रमाण–पत्रमा घमण्ड गर्छन् । यो स्वभाविक पनि हो । किनकि त्यो समयसम्म यो प्रमाण–पत्र मात्रै जीवन चलाउन पर्याप्त छैन भन्ने थाहा पाएका हुँदैनन् । समयले मात्रै यिनीहरूलाई सिकाउँछ । त्यो बेलासम्ममा धेरै कुरा गुमिसकेको हुन्छ । कोभिडको कहरले यो पुस्ताले आपूmलाई पेशा र व्यवसायका लागि तयार हुने अवसर दिएको छ । यदि तयार हुने हो भने काम खोज्न खाडी मुलुक वा मलेशिया नै जानु पर्दैन ।

- हाम्रो समाजमा जीवन चलाउन चाहिने सीप सिक्ने युवाभन्दा गेटपासको काम गर्ने प्रमाण–पत्र किन्ने युवा धेरै छन् । मैले गर्ने व्यवसायमा काम गरेको अनुभवको सिफारिस लिन आउने धेरै हुन्छन् । म दिन्न भन्छु । उनीहरू रिसाउँछन् । तर अरूले सजिलै दिन्छन् । यो सजिलो बाटो हिँडेर युवा काहीँ पुग्दैनन् । सीप सिक्ने, मेहनत गर्ने, श्रम गर्ने र आचरण बनाउने कठिन बाटो हिँड्न आँट गर्नेले नेपालमा बेरोजगार हुनै पर्दैैन । यो अवसर युवालाई छ ।

- यो समयमा सबैभन्दा धेरै सम्भावना भएको क्षेत्र कृषि हुन पुगेको छ । चाँडै प्रतिफल दिने, जति लगानीमा पनि शुरु गर्न सकिने, अलिकति सीप सिक्दा हुने, आफ्नो ठाउँ, मौसम र बजार अनुकूलको बाली रोजेर लाउन सकिने, अरू औद्योगिक उत्पादनको जस्तो बजार खोज्न धेरै टाढा जानु नपर्ने, परम्परागत सीप समेत काम लाग्ने आदि कारणले कृषिमा ठूलो सम्भावना छ । उत्पादित वस्तुलाई बजार र उपभोक्तासम्म पु¥याउँदा पनि धेरैले रोजगारी पाउन सक्छन् । कृषिउपजमा आधारित साना उद्योग तथा व्यवसाय सञ्चालन गर्न सकिन्छ । विदेशबाट बर्सेनि अर्बौंको खाद्यान्न, तरकारी, फलपूmल, माछामासु, मसलाजन्य वस्तु आदि आयात गरेर बजारको मागलाई धान्नुपरेको छ । स्थानीय पालिका, सहकारी, बैङ्क आदिले सानो सहयोग गर्दा धेरैले यहाँ रोजगारी पाउने अवस्था छ ।

युवा श्रम गर्न, सिक्न तयार हुनुपर्यो । काम गर्न लाज मान्नु भएन । काम गर्नेलाई खिसी गर्ने, होच्याउने होइन, काम नगर्नेलाई कसरी खान्छौं त काम नगरी भनेर सोध्ने र र्याख्यार्ख्ती पारौं । काम नगरी खाने त कि भ्रष्टाचारी, कमिसनखोरी, मुलुकमारा हुन् कि ठग्ने, ढाँट्ने, चोर्ने गर्छन् । बाबुआमाको सम्पत्ति बसीबसी खानेहरू लाछी, हुतिहारा, अल्छे, गफाडी हुन् । तिनलाई पनि किन केही काम गर्नुहुन्न भनेर ¥याख्¥याख्ती पारौं । यसरी काम गर्ने र काम गर्ने मानिस सम्मानित हुने अवसर छ । युवाले यो अवसरमा आपूmलाई फिट गराउनु पर्छ । अवसरको उपयोग गर्नुपर्छ । अब करले, बाध्यताले कसैले विदेश जानु पर्दैन । तर, काम गर्नुपर्छ, श्रम गर्नुपर्छ, कामका लागि चाहिने आचरण र सीप सिक्नु पर्छ ।