• निशा ओली

विद्यालय बाहिर रहेका बालबालिका, अपाङ्गता र यौन तथा लैङ्गिक अल्पसङ्ख्यकीहरूका सवालहरूलाई सम्बोधन नगर्दा अहिलेको अवस्थामा बृहत्तर यौनिकता शिक्षा विद्यालय जाने बालबालिकामा मात्रै सीमित भएको पाइएको छ ।
यौन शिक्षामा बहुआयामिक अवधारणाः शीर्षकमा ‘राइट हेयर राइट नाउ’ नामक संस्थाले हालै गरेको अध्ययनबाट सो कुरा सार्वजनिक भएको हो । नेपालमा बृहत् यौन शिक्षालाई संस्थागत गरी पैरवी गर्नको निम्ति गरिएको उक्त अध्ययनले अहिले पनि विद्यालयबाहिर रहेका बालबालिका बृहत्तर यौनिकता शिक्षाको महŒव र जानकारीबाट बञ्चित भएको देखाएको छ ।

उक्त अध्ययनले वर्तमान नीति र निर्देशिकाहरू पनि अपाङ्गता भएका र यौन तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको बृहत्तर यौनिकता शिक्षाको आवश्यकताबारे मौन रहेको समेत उल्लेख गरेको छ । खासगरी अपाङ्गता भएका र लैङ्गिक अल्पसङ्ख्यक किशोरकिशोरीहरू बृहत्तर यौनिकता शिक्षासम्बन्धी कुनै पनि तालिम वा अभिमुखीकरणबाट बञ्चित रहेको समेत उक्त अध्ययनले दर्शाएको हो । शिक्षणको गुणस्तरमा सुधार आवश्यक हाम्रो वर्तमान शिक्षण प्रणालीमा यौनिकता शिक्षा, विशेषगरी यौन तथा प्रजनन्् स्वास्थ्यसम्बन्धी कक्षा सञ्चालनमा सुधार गर्नुपर्ने अवस्था हाम्रो अध्ययनले देखाएको छ । जस्तैः यौन तथा प्रजनन् स्वास्थ्यको पाठ पढाउँदा शिक्षक÷शिक्षिकाहरूले अप्ठ्यारो मान्ने, किताबमा त्यो पाठका पानाहरूलाई स्टेपलरले स्टिच गरिदिने आदि । यस्तै तालिम मात्रैले शिक्षणको गुणस्तरमा सुधार ल्याउन अपर्याप्त हुने बृहत्तर यौनिकता शिक्षासम्बन्धी तालिमले शिक्षक र शिक्षिकाहरूलाई केही हदसम्म मद्दत गरे पनि यो पर्याप्त नभएको अध्ययनले देखाएको छ ।

शिक्षक/शिक्षिकाहरूले तालिमबाट प्राप्त भएको ज्ञानलाई बिर्सिने, उनीहरूको सरुवा हुने भएकोले बेलाबखतमा शिक्षक÷शिक्षिकाहरूलाई पुनर्ताजगी तालिम पनि आवश्यक भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । विद्यालयको भौतिक अवस्था र वातावरणले गर्दा विद्यार्थीहरूले खुलेर कुरा गर्न नसक्नु विद्यालयहरूको भौतिक पूर्वाधार र सुविधाहरू त्यति किशोरकिशोरीमैत्री नभएकाले गर्दा किशोर÷किशोरीहरूले खुलेर यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी आफ्ना जिज्ञासाहरू राख्न नपाएको पनि उक्त अध्ययनले पुष्टि गरेको छ ।
केही विद्यालयहरू जहाँ मनोसामाजिक परामर्शदाता र किशोर/किशोरीमैत्री अध्ययन कोठाहरू उपलब्ध छन्, त्यहाँ किशोर÷किशोरीहरूले केही खुलेर आफ्नो धारणा र जिज्ञासाहरू राख्ने गरेको पाइएको छ । अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘परिवर्तन र सुधारको लागि निश्चय नै केही समय लाग्ने गर्छ, यो हतारमा हुने कुरा होइन । हाम्रो पाठ्यक्रममा कतिपय एकदमै प्राविधिक शब्दावलीहरूको पनि प्रयोग भएको पाइन्छ, जुन सबै शिक्षक÷शिक्षिकाहरूले बुझ्छन् भन्ने छैन । त्यसैले हामीले पाठ्यक्रम विकास गर्दा उपयुक्त छलफल र किशोर÷किशोरीमैत्री भाषाको प्रयोग गर्नुपर्ने देखिन्छ ।’

यसैगरी बृहत्तर यौनिकता शिक्षाका अभियानहरूको बारेमा स्थानीय सरकारसँगको फितलो समन्वय स्थानीय सरकार वा पालिकाहरूलाई बृहत्तर यौनिकता शिक्षाका बारेमा छलफल र विद्यालयहरूमा भएका अभियानहरू केन्द्रीयस्तर वा राजधानीमै सीमित भएकाले यस्ता गतिविधिको बारेमा अन्य जिल्ला, प्रदेशमा खासै जानकारी नहुँदा स्थानीय निकायसँगको समन्वय कमजोर भएको प्रतिवेदनले स्पष्ट पारेको छ ।
प्रतिवेदनले कक्षास्तरीय र निर्देशित कार्यक्रम योजना तर्जुमा बृहत्तर यौनिकता शिक्षाको योजना तजुमा गर्दा विद्यालय बाहिर रहेका, अपाङ्गता भएका, यौन तथा लैङ्गिक अल्पसङ्ख्यक र विशेषगरी निम्न माध्यमिक तहका किशोर÷किशोरीहरू (कतिपय किशोरीहरूले माध्यमिक तह पुग्नुअगावै पढाइ छोड्ने पनि अवस्था देखिएकाले) लक्षित गर्न आवश्यक भएको औंल्याएको छ ।

यसैगरी कक्षा ६ देखि १० को स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयको पाठ्यक्रममा यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी विषयवस्तु समावेश गर्दा पनि हरेक कक्षाको पाठ्यक्रममा किशोर÷किशोरीको उमेरलाई ध्यानमा राखेर बनाउनु पर्ने, विद्यालयहरूको सुविधा र भौतिक पूर्वाधार र खुल्ला छलफलको वातावरणमा सुधार, विद्यालयहरूको वर्तमान सुविधा र पूर्वाधारहरूमा सुधार गर्नुपर्ने, छुट्टै मनोसामाजिक परामर्शदाता र किशोर÷किशोरीमैत्री कक्षाकोठाहरूको प्रावधान हुनुपर्छ, जसले गर्दा किशोर÷किशोरीहरूले खुलेर निर्धक्क भएर आफ्ना समस्या र जिज्ञासाहरू राख्न सक्ने कुरा सुझावको रूपमा प्रस्तुत गरेको छ ।

यसैगरी शिक्षक÷शिक्षिकाहरूलाई तालिम पनि एक पटकको मात्रै नभई निरन्तर कार्यक्रमको रूपमा सञ्चालित हुनुपर्ने, बृहत्तर यौनिकता शिक्षाको अवधारणालाई लैङ्गिकता, मानवअधिकार र नैतिक शिक्षाको दृष्टिकोण पनि समावेश गर्दै अझै बृहत् बनाउन हालको पाठ्यक्रममा लैङ्गिकता, मानवअधिकार र नैतिक शिक्षाको दृष्टिकोण समावेश गर्दै अझै बृहत् बनाउने कार्य गरियो भने किशोर÷किशोरीहरूले आफ्नो यौनिकतासम्बन्धी अझ बढी ज्ञान हासिल गर्न सक्नेसमेत प्रतिवेदनमा उल्लेख छ । विशेष गरेर यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी जानकारी किशोर÷किशोरीहरूलाई कक्षाकोठामा मात्रै सीमित नभएर घर, परिवार र समुदायसम्म पनि पु¥याउनुपर्ने प्रतिवेदनले सुझाएको छ ।
यस्तै बृहत्तर यौनिकता शिक्षासम्बन्धी ज्ञान र चेतना समुदायस्तरमा पनि विभिन्न पैरवीका कार्यक्रमहरू सञ्चालन गरी फैलाउनुपर्ने, बृहत्तर यौनिकता शिक्षासम्बन्धी गुणस्तरीय अनुसन्धान र कार्यक्रमहरूको प्रभावकारिताको उचित एवम् गुणस्तरीय मूल्याङ्कनको अध्ययन अनुसन्धानले यौन तथा प्रजनन् स्वास्थ्य शिक्षाका वर्तमान आवश्यकता र कमी कमजोरीको बारेमा नीति निर्माणकर्ता र अभियान्ताहरूलाई बुझ्न मद्दत पुग्नेसमेत प्रतिवेदनमा उल्लेख छ ।