धरान  /  दुई महिना अघि नेपालको दक्षिण सिमानामा पर्ने भारतसँग जोडिएको कचनकवल गाउँपालिका आन्तरिक तथा बाह्य पर्यटकका लागि उपयुक्त स्थल मानिएको थियो । नेपालकै होचो स्थानको गाउँ भारतसँग सिमाना जोडिएको समुद्री सतहदेखि ५८ मिटर उचाईमा रहेको होचो भूभाग देश टेक्नेहरु कस्तो रहेछ भनेर हेर्न पुग्ने गथ्र्ये । तर, यतिबेला त्यो पर्यटकीय स्थल कोरोनाको इपिसेन्टर बनेको छ । एउटै गाउँमा ३३ जना संक्रमित भेटिएका छन् । 

 विहारको किसनगञ्ज जिल्लासँग सिमाना जोडिएको यस गाउँपालिकमा मधेसी र मुस्लिमहरुको बसोवास रहेको छ ।  गत सोमबारदेखि संक्रमितहरुको संख्या एक पछि अर्को गदै थपिदा गाउँमा एक किसिमको त्रास पनि बढ्यो । 

गत वैशाख १२ मा दमकमा एकजनामा सक्रमण देखिएको थियो । केही दिनमा  बाह्रदसी गाउँपालिकामा संक्रमित भेटिए । त्यसको महिना दिन पछि  कचनकवल इपिसेन्टर बन्यो । कचनकवलमा मात्रै ३३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने अझै क्वारेन्टाइनमा रहेका थुप्रै व्यक्ति शंकाको घेरामा छन् । उनीहरको पिसिआर परीक्षण हुन सकेको छैन् । 

कचनकवलमा देखिएका संक्रमित भारतको उपहार 
कचनकवलमा जति पनि संक्रमित देखिएका छन्, ती भारतबाट रेल तथा ट्रकमा सिमानामा आएर नेपाल प्रवेश गरेका नेपालीहरु हुन् । विभिन्न कामको लागि प्रवास गएकाहरुलाई भारतले सिमानामा ल्याएर छाड्ने काम गरेको थियो । भारत मै संक्रमित भएर आएकाहरु गाउँपालिकाले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेका कारण थप समुदायिमा भने प्रवेश गरिहालेको छैन् । 
केहीदिन अघि भारतको मुम्बई र दिल्लीबाट आएका नेपाली नागरिकलाई गाउँपालिकामा बनाइएको क्वारेन्टाइनमा राखि उनीहरूको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर र धरान  पठाउदैं आएको छ ।  

‘उनीहरू सबै भारतका विभिन्न राज्यबाट रेल, ट्रक चढेर आएका हुन् । उनीहरु सवैको स्वास्थ्यकर्मीको टोलीले स्वाब सङ्कलन गरिरहेका छन् । गाउँपालिका अध्यक्ष अञ्जरा आलामले भने–‘हामीले सिमानाबाट आएकाहरुलाई नियन्त्रणमा लिएर क्यारेन्टाइनमा राख्ने गरेका छौं । व्यापक रुपमा सशस्त्र प्रहरी परिचालन गरेका छौं ।’

भारतबाट नेपाली नआउदासमम कचनकवल कोरोनामुक्त थियो । तर सिमानाबाट नेपाली प्रवेशसँगै कोरोना पनि प्रवेश गरेको स्थानीयको ठहर छ । मानिवय हिसावले दुखमा परेकाहरुलाई पालिकाले गाउँ प्रवेश गराएकाे थियाे । यतिका स‌ख्यामा काेराेना संक्रमित  अाउलान भन्ने थिएन ।

यति बेला  गाउँपालिकालाई शिल गरिएको छ । अझै सिमानाबाट नेपाली प्रवेशह जारी छ ।  सिंगो गाउँपालिका भने सुनसान छ ।  स्थानीयबासी लगालग संक्रमित भेटिए पछि त्रासमा घर भित्रै बसेका छन् । 

संक्रमित थपिएसँगै गाउँपालिकाले भारतबाट आएकाहरुलाई राख्न मात्रै थप दुई वटा क्वारेन्टाइन बनाएको छ । जानकी आधारभूत विद्यालय र महेन्द्ररत्न माविमा क्वारेन्टाइन बनाएर भारतबाट आएकालाई राखिएको गाउँपालिका प्रमुख आलमले जानकारी दिए । 

कचनकवलकाे नीति सबै पालिकाले  अपनाऔ‌ं

कचनकवलले जतिपनि भारतबाट आउने छन् उनीहरुलाई क्यारेन्टानमा राख्न सफल भएकै कारण संक्रमण  समुदायसम्म पुगेको छैन् । सबैकाे सक्रियतामा गाउँपालिको यो कमद उदाहरणीय छ । मुलुकको पश्चिमी नाकाबाट नेपाल प्रवेश गरेकाहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न नसक्दा समुदायसम्म संक्रमण फैलिएको छ । कचनकवलबाट सबै स्थानीय तहहरुले पाठ सिकेर जतिसक्दो नाकाबाट प्रवेश गर्नेलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्नु उपयुक्त हुने छ । प्रवासमा दुख पाएर आफ्नो मुलुक फर्केका उनीहरुलाई प्रवेश गर्न नदिदा पनि लुकेर प्रवेश गरि गाउँ पुग्ने सम्भावना बढि हुन्छ । बरु नाकाबाटै प्रवेश गराएर नाकामा सबै गाउँपालिकाहरुले होल्डिङ सेन्टर बनाएर राख्नु उपयुक्त हुने छ । त्यसका लागि सिमानाका पालिकाहरु होल्डिङ सेन्टर बनाउन अग्रसर हुनु वाञ्छिानिय हुने छ । 

 यस्तो छ गाउँपालिकाको तयारी 
कचनकवल गाउँपालिकामा करिव ४६ किलोमिटर खुला सीमाना छ। कोरोनाको महामारीपछि चार सय मिटरको दुरीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाइएको छ । समय मिलाएर सुरक्षाकर्मीको २४ सै घन्टा ड्युटी खटाइएको छ । 

2 3 सिमा नाकाबाट भारतका विभिन्न स्थानमा मजदुरी गर्ने श्रमिकहरु प्रवेश गरिरहेका छन् ।  
काम गर्ने स्थानमा  मजदुरलाई कामबाट निकालिए पछि उनीहरुको नेपाल फर्कने भन्दा अरु विकल्प थिएन । ती लेभलका युवाहरु कति पय एकहप्तासम्म हिडेर सिमानामा आएको पाइएको छ । 

उनीहरुको समस्यालाई मध्यनजर गरेर  सीमामा आइपुगेको व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने गरी प्रवेश दिदैं आएको छ । सीमामा ज्वरो नाप्ने व्यवस्था गरेको छ । धेरैजसोमा ज्वरो देखिएको पाइएको छ ।  दैनिक ५० जना भन्दा बढि आउदैं गरेकाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु पनि खतरामा छन् । सबैलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) अभाव छ । यसका बावजुत पनि गाउँपालिकाले समास्यासँग जुध्दैं आएको छ । 
लक्ष्मीप्रसाद देवकोटा मावि, महेन्द्ररत्न मावि, जानकी मावि र पथरिया माविलगायत ५ स्थानमा  क्वारेन्टाइन बनाइएको छ ।  २०५ जना क्वारेन्टाइनमा छन् । १०५ जनाको पिसिआर परीक्ष्ण गर्दा ३३ जनामा पोजेटिभ देखिएको थियो । २२६ जनाको अझै परीक्षण गर्न बाँकी छ ।  भारतमा जहाँजहाँ बढिसंक्रमण देखिएकोत्यही क्षेत्रबाट नेपालीहरु आइरहेका छन् । गाउँमा संक्रमण नफैलियोस् भनेर गाउँपालिकामा सचेतना अपनाएको छ । तर क्षमता भन्दा बढि मानिस राख्नु पर्ने बाध्यताले सामाजिक दुरी कायम गर्न पनि निकै चुनौती थपिएको छ ।  

quarentine