धरान । धरान उपमहानगरले बाँडिरहेको राहतका लागि कृषि उपज बजार स्थलका थोक बिक्रेताले प्रतिकेजी ३६ रुपैयाँले दिएको आलुको मूल्य आम उपभोक्तालाई भने प्रतिकेजीमा ४ रुपैयाँ बढी लिइएको पाइएको छ ।

उपभोक्ताका लागि प्रतिकेजी ४० रुपैयाँका दरले बिक्री गरिरहेका हुन् । कृषि उपज बजार स्थलमा आलुको थोक बिक्रेता तीन जना छन् । कोरोनाभाइरसका कारण भएको लकडाउनका बेला थोकबिक्रेताहरूले केही बढी मुनाफा कमाइरहेको खुद्रा व्यापारीहरूको आरोपछ । लकडाउनका बेला खुद्रा व्यापारीहरूलाई सामग्री खरिदबिक्रीका लागि बन्देज गरिएको छ । आलुका थोक बिक्रेता शिवचन्द्र चौधरीले आफूले आम उपभोक्तालाई पनि ३८ रुपैयाँ प्रतिकेजीभन्दा बढी नलिएको दाबी गरे । उनले ३६ रुपैयाँ धरान उपमहानगरपालिकाले वितरण गर्ने राहतका लागि लिएको बताए ।

‘३८ रुपैयाँभन्दा बढी लिएको छैन, आएर बिल हेर्नसक्नुहुन्छ’ उनले फोनसम्पर्कमा भने, ‘अस्तिअस्ति दाम महँगो परेर केही बढी पर्न गएको सत्य हो । अहिले त्यस्तो छैन ।’ खुद्रा मूल्यमा बढी लिएको भन्ने जिज्ञासमा उनले थपे, ‘होइन, चेकअप गर्दा हुन्छ, मैले यहाँभन्दा के बढी भन्ने तपाईँलाई ?’ लकडाउनका बेला कालोबजारी हुने सम्भावनालाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाले उपमेयर मञ्जु भण्डारी सुवेदीको संयोजकत्वमा ‘तरकारी व्यवस्थापन गर्ने गरी समिति’ गठन गरेको थियो ।

समितिकी संयोजक तथा उपमेयर भण्डारीले भनिन्, ‘कुन गाडीले बढी लिएको त्यसको सूचना हामीलाई आयो भने तुरुन्त कारबाही गर्छौं ।’ उनका अनुसार थोक बिक्रेताहरूलाई दैनिक दररेट दिएर बिक्री वितरण भइरहेको छ । त्यो दररेटभन्दा तलमाथि बिक्री भएको पाइए कानूनअनुसार कारबाही गर्ने उनले बताए । तर, नगरपालिकालाई ३६ र उपभोक्तालाई ४० रुपैयाँ लिएको विषयमा उनले भनिन्, ‘नगरपालिकाले एकैपटक ५ हजार केजी लिने र उपभोक्तालाई छनौट गरेर लाने भएकाले सामान्य तलमाथि पर्न सक्ने हुन्छ । ढुवानी कष्ट पनि पर्छ । व्यवहारिक कुरा पनि हेर्नुपर्ने रहेछ ।’

कृषि उपज बजार स्थलका पूर्वअध्यक्ष काजी गिरीका अनुसार सहुलियतमा उपभोक्तालाई बिक्री गर्ने भनेर मापदण्ड मानेको अवस्थामा अहिले चलखेल गरिरहेका छन् । नगरपालिकाको समितिले थोकबिक्रेतासँग भारतबाट आउने हरेक सामग्रीको बिल मागेर त्योअनुसार दररेट कायम गर्नुपर्ने बताए । उनले उपभोक्ता र नगरपालिकालाई फरक–फरक मूल्यमा बिक्री गर्नु गलत भएको दाबी गरे । ‘नगरपालिकाले उसलाई कमाउन दिएको जस्तो भएन !’ उनले भने, ‘उसले कतिमा किनेर ल्याएको हो । त्यो बिलको विषयमा किन नहेर्ने ?’

यता कषी उपज बजारका अध्यक्ष पर्हुराम कटवालले धरान उपमहानगरको राहत कोषमा सहयोग स्वरुप चौधरीले जस्तो मूल्यमा दिएको हुन सक्न बताउदैं अन्यमा मूल्यमा एकरुपता भएको बताउछन् ।

सिमित व्यापारीलाई दोहोरो नाफा, साना व्यापारी मारमा
धरान उपमहनगरले कृषी उपज बजारबाट वडाहरुमा तरकारी पु¥याउन गाडी व्यवस्थापन गरेर सिमित व्यापारीहरुलाई इजाजत दिने निर्णय ग¥यो । टोलटोलमा तरकारी वेच्ने व्यापारीहरु लकडाउनेले पलायन भएका छन् । तर कृषी उपज बजारमा विगतदेखि हाली मुहाली गदैं आएका व्यपारीहरुलाई मात्र तरकारी विक्रि गर्ने इजाजत दिएर अन्य व्यापारीहरु मारमा परेका छन् । उनीहरुलाई निषेध गरेर कृषी उपज बजारका होलसेल व्यापारीहरुलाई नै वडाहरुमा  तरकारी बेच्न उपमहानगरले दिएर साना व्यापारीहरुलाई अन्याय गरेको धरान–१४ का स्थानीय नेपालीकाङग्रका नेता प्रेम पराजुलीले बताए ।

कृषी बजारमा होलसेल मुल्यमा उनीहरु नै तरकारी वितरण गर्छन् । धरान बाहिरबाट आएको तरकारी उनीहरुले नै सस्तो मूल्यमा ल्याउछन् । तिनै व्यापारी फेरी नाफाको हिस्साराखी धरानका विभिन्न वडाहरुमा लगेर विक्रि गर्ने इजाजत धरान उपमहानगरपालिकाले मिलाएको छ । बाहिरबाट १५ रुपैया प्रतिकेजी खरिद गरेका सामानलाई उपमहानगरको सहमतिमा ४० देखि ५० रुपैयासम्ममा बेच्न उनीहरुलाई इजाजत दिइएको छ । व्यापारीहरुले दोहोर नाफा कमाउन सजिलो बनाएर धरान उपमहानगरले उपभोक्ताहरुलाई मारमा पारेको पराजुली बताउछन् । ‘यो सेटिङ मिलाउन केही नेताहरु संलग्न छन् । व्यापारीहरुले पाउदैं आाएको दोहोरो नाफा समस्यामा परेका बेला उपभोक्तालाई दिन नगरपालिकाले भूमिका खेल्नु पर्छ ।’–पराजुलीले भने । यता कषी उपज बजारका व्यवस्थापक उपमहानगरले भने अनुसार आफुहरुले इजाजत दिएको बताउछन् ।