अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो मुलुकका लागि सम्भावित कोरोना भाइरसकाको उपचारमा प्रयोग हुनसक्ने मलेरिया विरुद्धको औषधी हाइड्रोसाइक्लोरिक्वीन दिन दिएको दबाबपछि आपूर्ति गर्न भारतले स्वीकृत गरेको छ ।

मलेरिया रोक्न, लुपस, रिउमेटोइड बाधको उपचारमा प्रयोग हुने चक्कीको केही हप्तादेखि लगातार कोरोना भाइरसको उपचारमा प्रयोग हुनसक्ने कुरा ट्रम्पले भन्दै आएपनि उपचार हुन्छ भन्ने विश्वसनीयता नभएको विज्ञहरुले बताउँदै आएका छन् ।

उक्त हाइड्रोसाइक्लोरिक्वीनको विश्वकै ठूलो उत्पादक राष्ट्र भारतले स्वेदेशी खपतका लागि अस्थायी रुपमा निर्यात गर्न प्रतिबन्ध लगाएको थियो । तर मंगलबार विहान जारी विज्ञप्तिमा भारतीय अधिकारीहरुले कुनै पनि आपतकालीन अवस्थाका लागि उक्त औषधीको उपलब्धता भएको किटान गरेपछि भारत सरकारका प्रवक्ता अनुराग श्रीवास्तवले केही प्रतिबन्ध फुकुवा गरेको बताएका छन् ।

ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी फुकुवा नगरेमा बदला लिनेसमेत धम्कीपूर्ण दबाब दिएपछि हाइड्रोसाइक्लोरिक्वीनको निर्यातमा आशिंक फुकुवा गरिएको बताइएको छ ।
सोमबारको ह्वाइट हाउस, अमेरिकामा भएको पत्रकारसँगको कुराकानीमा ट्रम्पले भने ‘ मैलै उनी (मोदी)सँग आइतबार विहान फोन गरे र आपूर्तिलाई सञ्चालनमा ल्याउनका लागि हामी सकारात्मक हुनुपर्छ , यदी उनले आपूर्तिका लागि स्वीकृति दिएनन् भने पनि ठीकै छ , तर सम्भवत त्यहाँ प्रतिशोधको भावना जाग्न सक्थ्यो , सक्दैन थियो  त ? ’

हालसालैका दिनहरुमा ट्रम्पले जनताको दिमागमा पर्ने गरी हाइड्रोसाइक्लोरिक्वीन कोरोना भाइरसको चमत्कारिक औषधी हुने  बताउँदै आएका छन् । ट्रम्पको यो औषधी कोरोना भाइरसका लागि ‘गेम चेन्जर ’ हुने दाबी गर्दै आएकासम्बन्धमा गत मार्चमा वैज्ञानिकहरुले अध्ययन गरेका थिए, तर विज्ञ र प्रमुख स्वास्थ्य विज्ञहरुले विना निश्कर्ष नै सो अध्ययन छोडेका थिए ।

फेरिपनि मेडिकल प्रमाणका सम्बन्धमा शंका हुँदाहुदै पनि न्यूयोर्कमा कोरोना पोजिटिभ देखिएको १५०० संक्रमितहरुलाई दिईराखिएको छ ।