•  कोभिड १९ का लक्षणहरु के के हुन् ?

सबै भन्दा आम लक्षणहरुमा ज्वरो, थकाई लाग्ने, सुख्खा कफ हुन् । केही संक्रमितहरुमा टाउको लगायत नाक बन्द हुने, नाकबाट पानी आइरहने र घा“टी दुख्ने र झाडापखाला लाग्ने हुन्छ । सुरुमा यो लक्षण सामान्य हुन्छ र विस्तारै बढ्दै जान्छ । केही मानिसहरु संक्रमित त हुन्छन् तर यी लक्षणहरुको विकास भएको देखिदैन र विरामी पनि भएको देखिदैनन् । धेरैजसो मानिसहरु ( करीब ८० प्रतिशत) उपचार बिना नै निको हुन्छन् । प्रत्येक ६ जनामध्य १ जना गम्भीर विरामी हुने र सास फेर्न झन अप्ठ्यारो हु“दै जाने हुन्छ । वृद्ध व्यक्तिहरु र उच्च रक्तचाप, मुटु र मधुमेहका रोगीहरुमा धेरै जसो यो भाइरसले आक्रमण गर्दछ । ज्वरो आएमा , खोकी लागेमा र सास फेर्न गाहे भएमा तुरुन्त चिकित्सकस“ग सल्लाह लिनुपर्छ ।

  • कोभिड १९ कसरी फैलिन्छ

कोभिड १९ बाट संक्रमितहरुबाट यो सर्न सक्छ । यो भाइरस नाक र मुखबाट खोक्दा वा हाच्छिउ“ गर्दा निस्कने सिंगान, थुक र खकारका छिटाबाट व्यक्तिबाट व्यक्तिमा सर्छ । यी छिटाहरु मानिसको वरिपरि भएका सतह वा वस्तुमाथि पर्छ । संक्रमित नै नभएका व्यक्तिहरु ती वस्तु वा सतहलाई र संक्रमितको आ“खा , नाक, मुख स्पर्श गरेपछि कोभिड १९ बाट संक्रमित हुन पुग्छन् । त्यसकारण संक्रमितहरु भन्दा डेढ मिटरको दूरी भन्दा पर रहनु पर्छ भनिएको हो । विश्व स्वास्थ्य संगठनले कोभिड १९ को संक्रमणका कारणहरुका विषयमा अनुसन्धान जारी नै रहेको र कुनै कुरा पत्ता लागेमा सार्वजनिक गर्ने बताउ“दै आएको छ ।

  • के यो भाइरस हावाबाट पनि सर्छ

हालसम्मको अनुसन्धानबाट खकार,सिगान र थुकबाट बाहेक हावाबाट सर्छ भन्ने कुरा पत्ता लागेको छैन ।
लक्षण नदेखिएका संक्रमितबाट पनि सर्न सक्छ ?
भाइरस फैलने सबै भन्दा मुख्य बाटो भनेकै खकार,सिगान र थुक हुन् । लक्षण नै नदेखिएका व्यक्तिहरुबाट सर्नसक्ने जोखिम कम नै हुन्छ । कोभिडबाट संक्रमित व्यक्तिहरुमा सुरु अवस्थामा सामान्य लक्षण मात्र देखिने हुन्छ । यस विषयमा पनि विश्व स्वास्थ्य संगठनले अझै अनुसन्धान जारी रहेको बताएको छ ।

  • संक्रमितको मलमूत्रबाट पनि सर्छ ?

संक्रमित व्यक्तिको मलमूत्रबाट कोभिड १९ सर्न सक्ने जोखिम कम हुन्छ । सुरुवाती चरणको अनुसन्धानले ती व्यक्तिहरुको मलमूत्रमा पनि भाइरसको उपस्थिति पाइएको देखिएको छ , तर भाइरसको सुरुको पहिचानको विशेषतास“ग यो तरीकाबाट भाइरस सर्न सक्छ भन्ने कुरास“ग मेल खा“दैन ।

  • के एन्टीवायोटिकले कोभिड १९ को रोकथाम हुनसक्छ ?

अह“ हुदैन । एन्टीवायोटिकले भाइरस विरुद्ध काम गर्न सक्दैन, यसले त ब्याक्टेरियाहरुबाट हुने संक्रमणमा मात्र काम गर्छ ।

  • के कोभिड १९ को उपचारका लागि कुनै औषधी वा खोप छ त ?

छैन अहिलेसम्म चाहिं । हालसम्म कुनै औषधी वा खोप छैन । संक्रमित व्यक्तिहरुको लक्षणमा सुधार ल्याउने प्रयास मात्र भइरहेको छ । गम्भीर अवस्थाका विरामीलाई तुरुन्त अस्पताल भर्ना गर्नु पर्छ ।
सम्भावित खोपको विकासका लागि अध्ययन अनुसन्धान भइरहेको छ । कोभिड १९ विरुद्धको खोपको विकासका लागि विश्व स्वास्थ्य संगठनले संयोजनकारी प्रयास गरिरहेको छ । आफूलाई संक्रमण हुनबाट सुरक्षित राख्ने हालसम्मकै सबैभन्दा भरपर्दो उपाय भनेकै लगातार साबुन पानी हात धोई रहने, हाच्छिउ“ आउ“दा वा खोक्दा कुहिनाले हात छेक्ने वा रुमालले छोप्ने र कम्तिमा १.५ मीटरको दूरी कायम गर्ने ।

  • के मास्क लगाउन जरुरी छ ?

तपाईंमा कोभिड १९ को लक्षण देखिएको छ वा तपाईंले कोभिड १९ बाट संक्रमितको हेरचाह गर्नुपर्ने भएको छ भने मात्र मास्क लगाउनुहोस् । डिस्पोजेबल (एकपटकका लागि मात्र प्रयोग गर्न सकिने) मास्क एक पटकका लागि मात्र हुन्छ । यदि तपाईं आफू संक्रमित हुनुहुन्न र संक्रमितको हेरचाह पनि गर्नुपर्दैन भने तपाईले मास्क खेर फाली राख्नु भएको छ । विश्वमा मास्कको अभाव भइरहेकाले मास्कको प्रयोग वुद्धिमत्तापूर्ण तरीकाले गर्नुपर्छ । संक्रमणबाट बच्न माथि भनिएको जस्तै हातधुने र दुरी कायम गर्ने कुरालाई ध्यान दिए हुन्छ ।

  • यो भाइरस सतहमा कति बाँच्न सक्छ

कोभिड १९ भाइरस सतहमा कत्तिसम्म बा“च्न सक्छ भन्ने निश्चित छैन, तर अरु कोरोना भाइरस जस्तै आचरण यो कोभिड १९ मा पनि देखिएको छ । कोभिड १९ को प्रारम्भिक अध्ययनको सूचना अनुसार केही घण्टादेखि धेरैदिनसम्म रहने देखिएको छ । यो विभिन्न अवस्था ( सतहको प्रकार, तापक्रम, र आद्रतामा भर पर्ने देखिएको छ । संक्रमित ब्यक्तिबाट कुनै सतह छोइएको छ भने साबुनपानीले पखाल्दा भईहाल्छ ।
र अन्तमा कुकुरबाट पनि यो सर्न सक्छ कि सक्दैन भन्ने प्रश्नका सन्दर्भमा हङ्गकङ्गमा कुकुर पनि कोभिड १९ भाइरसबाट संक्रमित भएकामा मानिसमा संक्रमण फैलिएको अहिलेसम्म कुनै तथ्य फेला परेको छैन । संक्रमितले खोक्दा वा हाच्छिउ“ गर्दा र बोल्दा निस्कने छिटाहरुबाट सर्न सक्छ । स्रोत : विश्व स्वास्थ्य संगठन