हालै मात्र मित्ररष्ट्र चीनबाट शुरु भएर विश्वका धेरै देशमा फैलिसकेको एक प्रकारको विषाणु (भाइरस) का कारण हुने श्वासप्रश्वास सम्बन्धी गम्भीर रोगले विश्व त्रसित भइरहेको अवस्था छ । हालसम्म नेपालमा आधिकारिक रूपमा यो रोगका विरामी नदेखिएका भए पनि हामी सबैले सचेत र सावधानी अपनाउनु पर्ने देखिन्छ ।

विशेष गरेर रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यो रोगले धेरै सताउने र ज्यानै गइरहेको हामीले देख्न र सुन्न पाइरहेका छांै । हाम्रो जस्तो पूर्वाधार कमजोर भएको देशमा कुनै पनि समयमा मानविय सङ्कट देखापर्न सक्छ । यो कुरालाई ध्यानमा राख्दै नेपाल सरकारले पनि मानिसहरूको आवत जावत हुने स्थानमा स्वास्थ परीक्षण अनि विदेशी नागरिक र विदेशबाट आउने नेपाली नागरिकमा पनि अनिवार्य स्वास्थ परीक्षण र आइसोलेसन जस्ता व्यवस्थाहरू मिलाएको छ । सभा सम्मेलन आदिमा पनि रोक लगाएको छ ।

कोरना भाइरस के हो ? कोरोना भाइरस (केभिड १९) एक प्रकारको विषाणु हो यो भाइरसको शरीरमा मुख्यतया तीन तŒवहरू हुन्छन् या तीन तत्त्वबाट बनेका हुन्छन् । ती तत्त्वहरुमा आरएनए, प्रोटिन र लिपिड । यो भाइरस भएकाले नाङ्गो आखाले देखिदैन । यो भाइरसले अनुवंश(जीन) को प्रसार गर्छ र एकबाट दुई हुँदै आरएएको माध्यम भएर सङ्ख्या फैलिन्छ । यसमा रहेको प्रोटिन तŒवले मानिसमा सङ्क्रमित गर्न सहयोग गर्छ । यो भाइरसको आकार मुकुट (क्राउन) जस्तो देखिने हुँदा यस भाइरसलाई कोरना नाम दिइएको बताइन्छ ।

कसरी कोरना भाइरस सर्छ । कोरोना भाइरस (केभिड १९) स्वास्थ मानिसमा सर्ने मुख्य भनेको श्वासप्रश्वासको माध्यमबाट हो । सङ्क्रमित व्याक्तिले खोक्दा, हाच्छिउँ गर्दा सिधै अर्को नजिकै रहेको व्याक्तिमा थुक या खकारको माध्यम भएर सर्ने गर्छ । यसरी नै सङ्क्रमित व्याक्तिको शरीर विशेष गरेर हात, अनुहार, शरीरको खुल्ला भाग र कपडा अनि सङ्क्रमित व्यक्तिले छोएको या खाएको जुठो खानेकुरा आदिबाट सर्ने हुँदा अपरिचित, या शङ्कास्पद व्याक्तिको सम्पर्कमा आउँदा निम्न कुराहरूमा ख्याल राख्ने । परैबाट नमस्कार गर्ने ।

सङ्क्रमित व्यक्ति हो भने मास्क अनिवार्य लगाउन सल्लाह दिने र आफूले पनि लगाउने । ताकी उसले खोक्दा या हाच्छिउ गर्दा अरू सम्म नपुगोस् । हात नमिलाउने । सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामग्री या कपडा सफा साबुन पानीले धोएर मात्र प्रयोग गर्ने । सके सम्म सँगै नबस्ने र रोगीलाई बेग्लै बस्ने व्यवस्था गर्ने या अस्पतालमा राख्ने । गाउँमा या सहरमा कोही शङ्कास्पद या सङ्क्रमित व्यतिm देखिए सरकार या अस्पतालमा जानकारी गराउने । यो भाइरसले श्वासप्रश्वासमा असर गर्नेहुँदा जटिल प्रकारको निमोनिया हुन्छ । त्यसैले यस रोगबाट बच्नु नै सबै भन्दा राम्रो उपाय हो । यसका मुख्य लक्षणहरूमा रुघा लाग्नु, खोकी चल्नु, सास फेर्न कठिन हुनु, उच्च ज्वरो र कडा प्रकारको निमोनिया हुनु शरीर कमजोर हुँदै जानु अथवा रोग प्रतिरोधात्मक क्षमता घटेर जनु र मुख्य हुन् ।

हात या कपडा साबुन पानीले किन धुने ?
केभिड १९ भाइरसको बनावटबारे माथि लखिए अनुसार यो भाइरसको बाहिरी आवरण एक प्रकारको बोसो(लपिड)ले बनेको हुन्छ । यो लिपिड साबुनको सम्पर्कमा आएपछि या साबुनले नष्ट गर्छ । बाहिरी तŒव नष्ट भएपछि भाइरस मर्छ र अरू भाइरसको सङ्ख्या बढ्न पाउँदैन र रोग फैलिन पनि रोकिन्छ ।

त्यसैले साबुन पानीले हात धुने, कपडा पनि साबुनले राम्ररी धुने । हात कमसेकम २० सेकेण्डसम्म मिचिमिचि धुने । धुएको कपडा राम्ररी घाममा सुकाउने । घर र वरपर साबुन पानीको घोल बनाएर सफा गर्ने । जनावर या पक्षीको खोर पनि राम्रो र सफा राख्ने व्यवस्था मिलाउने र मानिस भन्दा टाढै राख्ने । खान या मासु राम्रो पकाएर मात्र खाने । ताप र साबुनपानीले यो भाइरस नियन्त्रण गर्न सकिन्छ ।

अन्त्यमा, कोरोना भाइरस जाडोमा भन्दा गर्मी मौसममा केही कमजोर हुने हुँदा हामीले अनावश्यक डराउनु हुँदैन । हालसम्म नेपालमा आधिकारिक रूपमा सङ्क्रमित व्यक्ति देखिएको छैन । र, सरकार पनि सजग भएको अवस्था छ । बरु हामीले पनि अनावश्यक र भ्रम फैलिने प्रकारका कुराहरू समाचारहरू फैलाउनु हुँदैन र फैलाउनेलाई पनि खबरदारी गर्नुपर्छ । मौसम परिवर्तनसँगै भाइरल ज्वरो या रुघामर्की देखिनु स्वाभाविक हो । यो कोरोना भाइरस होइन ।

त्यसैले ज्वरो आउँदैमा या रुघामर्की लाग्दैमा अनावश्यक नडराऊँ । घरमै आराम गरौँ । ज्वरो उच्च भएमा या अन्य समस्या देखिएमा अस्पताल या चिकित्सकको सम्पर्कमा आएर जचाऊँ । रोगबाट बच्न स्वस्थ र पोषण युक्त खानेकुरा खानुपर्छ । झोलकुरा प्रसस्त खानुपर्छ । केटाकेटी बुढाबुढीलाई राम्रो रेखदेख र सफा सुग्गर राख्नुपर्छ । अनावश्यक नाक, मुख छुने, नाक कोट्याउने गर्नु हुँदैन । मुख सुक्खा राख्नु भन्दा थोरै थोरै पानी पिउनुपर्छ ।

ताकी मुखमा भएको विषाणु पेटमा पुगे हाम्रो पेटमा भएको अमिलो पनले मर्छन् । साबुन पानीले मिचिमिचि हात मुख धुनुपर्छ धुनुपर्छ । हल्ला र अफवाहमा नपरौँ । कुनै पनि प्रकोप विस्तारै साम्य हुन्छ । धैर्य राखौँ । अझ पछिल्लो अध्ययन अनुसार भिटामिन सि (कागती पानी ) थोरै थोरै पिउन सके यो भाइरसले आक्रमण गर्न नसक्ने भनिएको छ । सकारात्मक सोच र सचेतनाबाट महामारीका रुपमा फैलिएको यो रोग नियन्त्रणमा राख्न सकिन्छ । –दमक