छिमेकी मुलुक चीनको वुहानबाट संसारभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरस ( कोभिड १९) ले विश्वभर त्रासदीपूर्ण वातावरण छाएको छ भने यसका कारण कैयौं अन्तराष्ट्रिय हवाई उडान, सयौंको सङ्ख्यामा सभा, सेमिनार, सम्मेलन , पर्यटन प्रवर्दन, स्कुल कलेज लगायत व्यापारिक, औद्योगिक प्रतिष्ठानहरूलाई प्रभावित तुल्याएको छ । यसको निराकरणका लागि यो भाइरसबाट प्रभावित मुलुकहरूको सङ्क्रमणलाई रोक्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषले ५८ खर्व रुपैया“ सहयोग गर्ने घोषणा गरेको छ भने विश्व बैङ्क समूहबाट १२ विलियन डलर अर्थात् १३ खर्ब ९२ अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ । वुहानको यो भाइरस ७० राष्ट्रमा फैलिसकेको छ भने अमेरिकाको क्यालिफोर्नियामा समेत आपतकाल घोषणा गरिएको छ ।

कोभिड १९बाट ७१ वर्षीय वृद्धको मृत्यु भएपछि सो आपतकाल घोषणा गरिएको हो । अमेरिकामा यस भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगिसकेको छ भने विभिन्न १६ राज्यमा १ सय ५० जना सङ्क्रमित हुनेहरूको सङ्ख्या पुगिसकेको छ । इरानमा मृत्यु हुनेको सङ्ख्या १०७ पुगिसकेको छ भने सङ्क्रमितको सङ्ख्या ३ हजार ५ सय १३ पुगिसकेको छ । इटालीमा कोभिड १९ बाट मर्नेको सङ्ख्या २ सय ३० पुगेको र सङ्क्रमितको सङ्ख्या ४ हजार ८ सयभन्दा माथि पुगेको बताइएको छ । चीनपछि सबैभन्दा बढी सङ्क्रमति हुनेहरूको सङ्ख्या दक्षिण कोरियामा रहेको छ । कोरोना भाइरसबाट सबैभन्दा सुरक्षित मुलुकका रूपमा भियतनाम, नेपाललगायतका मुलुकहरू भए पनि नेपालमा कोरोना भाइरसका विरुद्धमा सरकारी र गैरसरकारी क्षेत्रबाट उच्च सतर्कता अपनाइएको छ जुन सराहनीय पक्ष हो ।

यहाँ चर्चा गर्न खोजिएको विषय कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने हो । यो रोग आनुवांशिक उत्परिवर्तनका कारणले खतरनाक बनेर गएको साथै चमेरो र सर्पको जिन फ्युजनका कारणले भएको बताइन्छ । कोरोना भाइरस अर्थात् कोरोना निमोनिया भाइरस अर्थात् कोभिड १९ को सङ्क्रमण भएको लक्षण सजिलै पत्ता लाग्ने भएकाले आत्तिई हाल्नुपर्ने अवस्था छैन । कोरोना भाइरसको सङ्भएका व्यक्तिमा सिँगान बग्ने कुराको ठीक उल्टो सुख्खा नाक हुने र सुख्खा खोकी लाग्ने हुन्छ । चीनका सेन्जेन हस्पिटलका निर्देशक जेन्सिङ्गका अनुसार वुहानबाट फैलिएको यो कोरोना भाइरस तापक्रम प्रतिरोधी छैन र २७ डिग्री सेल्यिसभन्दा माथिको तापक्रम सहन सक्दैन र मर्छ । त्यसकारण प्रशस्त मात्रामा तातो पानी खानको लागि उनले सुझाव दिएका छन् । कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि प्रशस्त तातो पानीलगायतका घरेलु औषधिहरू खान पनि उनले सुझाएका छन् ।

जति बढी आफ्नो शरीरको तापक्रम औसतमा कायम राख्ने प्रयत्न गरियो त्यति यसको सङ्क्रमणबाट जोगिन सकिन्छ । त्यसका लागि चीनका डाक्टरले बढी से बढी अदुवाको सेवन र शारीरिक कसरतमा जोड दिन भनेका छन् । अदुवाको सुप खा“दा शरीरको तापक्रम बढ्ने भएकोले कोरोना सङ्क्रमण हुन सक्दैन । अझ उनले त के पनि भनेका छन् भने यसो गर्ने हो भने कुनै पनि खोपको आवश्यकता पर्दैन । त्यसका अलावा पिरो खोर्सानी, लसुन र मरिचको सेवनलाई जोड दिन पनि भनेका छन् । अमिलो, तितो र गुलियो खानेकुरा कम खानु भन्ने उनको सुझाव रहेको छ । फ्रिजको चिसो पानी पिउनु र चिसो मौसम भएको स्थानतिर हिँडडुल गर्नुले कोरोना भाइरस सङ्क्रमणको डर हुन्छ । जब भाइरस सङ्क्रमण भएको क्षेत्रमा तापमान बढ्छ यो भाइरस स्वाट्टै हराउँछ ।

ती डाक्टरको सुझावलाई ध्यान दिने हो भने वास्तवमै कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सकिन्छ भन्ने अड्कल गर्न सकिन्छ । वास्तवमा विश्वभरि जहाँ जहाँ कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ त्यहाँ त्यहाँको तापक्रम चिसो भएको पाइएको छ । ती मुलुकहरूको तापक्रम कुनैमा १६ डिग्री सेल्सियस त कुनैमा ११ अनि कुनैमा ६ डिग्री सेल्सियसको तापक्रम रहेको छ जुन कोरोना भाइरस सङ्क्रमणका लागि उपुयुक्त मौसम हो ।

यो लेख तयार पार्दासम्मको समयमा इरानमा १६ डिग्री सेल्सियस छ भने क्यालिफोर्नियामा १३ डिग्री सेल्सियस र दक्षिण कोरियामा ६ डिग्री सेल्सियस रहेको छ । जसले गर्दा कोरोनाको सक्रमणलाई मौसमी अनुकुलताले साथ दिएको देखिन्छ । तथापि तापक्रमका सम्बन्धमा वैज्ञानिक, डाक्टरहरूको एक मत भने छैन । अमेरिकी राष्ट्रपतिले डोनाल्ड ट्रम्पले ट्वीट गर्दै गर्मी मौसम शुरु भएपछि यो कोभिड १९ हराएर जाने उल्लेख गर्दै चिनिया सरकारले रोकथाम र उपचार अनि केही दिनमै हस्पिटल बनाइएकोमा चिनिया राष्ट्रपति सि जिन पिङको खुलेर प्रशंसा गरेका छन् ।

जोन हपकिन्स युनिभर्सिटीका सङ्क्रामक रोग विशेषज्ञ अमेश अदाल्जा भन्छन् ‘भाइरसहरूको सङ्क्रमणका लागि केही निश्चि वातावरणीय अवस्था अनुकुल हुन्छ । त्यो भनेको चिसो मौसम र कम आर्द्रता हो । यस भनाइले के देखाउँछ भने भाइरसहरू पनि मौसमी हुन्छन् । ’

हावार्ड विश्वविद्यालयका महामारी रोग विषयका प्रोफेसर मार्क लिपस्टिचका अनुसार निश्चित अवस्थामा किन त्यस्ता भाइरसहरू बढी फैलिन्छन् भन्ने कुरा खोजीको विषय रहेको छ । उनका अनुसार किन गर्मी बढ्दै जा“दा त्यस्ता भाइरसहरू हराएर जान्छन् भन्ने सम्बन्धमा गरिएको अडकलबाजी के हो भने त्यस्तो मौसममा भिटामिन ‘डि’ को प्रचुरता बढी हुन्छ जसले प्रतिरोधात्मक क्षमता बढाउ“छ । र उच्च आद्र्रता हुने भएकाले भाइरसको सङ्क्रमणलाई शिथिल बनाउँछ ।

लिपस्टिचको भनाइलाई विश्वास गर्ने हो भने गर्मी मौसम बढ्दै छ र यो भाइरसको सङ्क्रमण शिथिल बन्दै जाने कुरामा विश्वास गर्न सकिन्छ । सार्स भाइरस पनि महामारीको रूपमा फैलिएको थियो र गर्मी मौसममा हराएर गएको थियो । यो सार्स भाइरस गर्मी मौसममा हराएर जानु अनौठो संयोग मात्र हो कि के हो ? भन्ने द्विविधामा रहेको कुरा मिन्नेसोटा विश्वविद्यालयका सङ्क्रामक रोग र नीति केन्द्रका प्रोफेसर माइकल ओस्टरहोल्मले उल्लेख गरेका छन् । तर, २०१२ मा खाडी मुलुकमा फैलिएको मर्स (Middle East respiratory syndrome coronavirus (MERS-CoV) भने ४० भन्दा माथिको तापक्रममा फैलिएकोले अरू कोरोना भाइरस जस्तो अवस्था (pattern) मा नफैलिएको उनले दाबी गरेबाट साँच्चै नै भाइरसहरू यही मौसममा फैलिने वा हराउने भन्ने नहुने रहेछ ।

जे होस्, नेपाल कोरोना भाइरसबाट सुरक्षित भए तापनि सम्भावित सङ्क्रमणलाई लापर्वाही गर्नु भने हुँदैन । सङ्क्रमित भेटिएको स्थानमा मास्कको प्रयोग, हात मिलाउन बन्देज, विदेशी वा विदेशबाट भरखर नेपाल आएका स्वदेशीहरूलाई क्वारेण्टेन नगरीकन नजिक बस्ने वा हात मिलाउने वा नजिकबाट बोल्ने गर्नु हँुदैन ।

१. नियमित रूपमा साबुन पानीले हात धुने,
२. सङ्क्रमित भएका वा नभएका व्यक्तिस“ग बोलचाल गर्दा कम्तीमा १मिटरको दूरी कायम गर्ने
३. कसैको आ“खा, नाक र मुख स्पर्श नगर्ने ताकी आफ्नो हातमा भाइरस नआओस्, लगायतका कुराहरूमा ख्याल गरौं र गर्मी मौसम बढ्दै जाने भएकाले यो नोबल कोरोना (कोभिड १९) भाइरस हराएर जाने कुराको आशा गरौं ।