तपाईं आज अन्तर्राष्ट्रिय महिला दिवस मनाउने तयारीहरुमा हुनुहुन्छ ? पक्कै पनि अहिले सम्म केही व्यक्तिलाई सन्देश पठाएको हुनुपर्दछ र केहि विशेष व्यक्तिबाट बधाई लिएकाे पनि हुनु पर्छ । तर के तपाईंलाई थाहा छ किन अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ ? र कहिबाट याे सुरु भयो भएकाे हाे ? के यो वास्तवमै एक समारोह हो वा अन्य केही ? धेरै वर्षदेखि, संसारभरका मानिसहरू आज अर्थात ८ मार्च दिन महिला दिवस मनाइरहेका छन ।  तर, यो सबै कसरी सुरु भएकाे हाे भन्ने तपाईंलाई थाहा छ ?

महिला दिवस कहिले सुरु भयो ?
वास्तवमा अन्तर्राष्ट्रिय महिला दिवस श्रम आन्दोलनबाट उत्पन्न भएकाे हाे । यसकाे  विजाराेपण १९०८ मा भएकाे थियाे । जब न्यू योर्क शहरमा १५ हजार महिलाहरू र्याली निकालेर काममा केहि घण्टा कटैतीकाे माग गरीरहेका थिए । त्यही  श्रमीक महिलाहरूकाे आन्दोलन नै आजकाे अन्तर्राष्ट्रिय महिला दिवस बिजाराेपण मानिन्छ । उक्त आन्दोलनमा  श्रमीक महिलाहरूले तलब समानता र सुधारका साथै भोट दिन पाउने अधिकारकाे पनि माग गरेका थिए । आन्दोलनकाे  एक वर्ष पछि, अमेरिकाको सोशलिस्ट पार्टीले यस दिनलाई पहिलो राष्ट्रिय महिला दिवसको रूपमा घोषणा गर्‍यो।

यसलाई अन्तर्राष्ट्रिय बनाउने विचार कहाँबाट आयो ?

यो विचार महिलाको नै रहेकाे मानिएकाे छ । कोपेनहेगनमा  १९१० मा भएकाे १७ देशका सय  श्रमीक महिलाहरूकाे अन्तर्राष्ट्रिय सम्मेलन क्लारा जेटकिन नाम गरेकी एक महिलाले अन्तर्राष्ट्रिय महिला दिवस मनाउनु पर्ने भन्दै दिएकी थिइन् उक्त सम्मेलनले उनकाे त्याे सुझावकाे सर्मथन गरेकाे थियाे । त्यस पछि १९११ मा सबैभन्दा पहिला अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विजरल्याण्डमा मनाइएको थियो। तथापी औपचारीक रूपमा यस वर्ष हामी १०७ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका छौं । जब अन्तर्राष्ट्रिय महिला दिवसले वार्षिक याेजना अनुरूप एक थीमलिएर मनाउन वार्षिक रूपमा मनाउन थाल्याे तव १९७५ मा संयुक्त राष्ट्र संघले महिला दिवस आधिकारिक मान्यता  पाइन्छ । 

किन ८ मार्च मात्र ?
यो प्रश्न तपाईको दिमागमा पनि उठ्नै पर्छ, किन अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा  नै मनाइन्छ ? वास्तवमा क्लारा जेटकिनले महिला दिवस मनाउनको लागि कुनै मिति पुष्टि गरिनन् । १९१७ मा युद्दको क्रममा रूसी महिलाहरूले  'ब्रेड एंड पीस' अर्थात खाना र शान्ती को माग गर्दै हड्ताल गरेका थिए । महिलाकाे उक्त हड्तालले सम्राट निकोलसलाई पद छोड्न बाध्य तुल्याएकाे थियाे र अन्तरिम सरकारले महिलालाई भोट दिने अधिकार दिएकाे थियाे । त्यस समयमा, जुलियन क्यालेन्डर रूसमा प्रयोग गरिन्थ्यो । महिलाहरूले गरेकाे हडतालको मिति २३ फेब्रुअरी थियो । उक्त दिन ग्रेगोरियन क्यालेन्डरमा ८  मार्च रहेकाे थियो र त्यसबेलादेखि अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाउन थालिएकाे हाे ।

के अन्तर्राष्ट्रिय पुरुष दिवस पनि छ ?
छ । १९ नोभेम्बर अन्तर्राष्ट्रिय पुरुष दिवस हो । यो १९९० देखि अन्तर्राष्ट्रिय पुरुष दिवस पनि मनाइदै आएकाे छ । तर, संयुक्त राष्ट्र संघले मान्यता पाएको छैन । अन्तर्राष्ट्रिय पुरुष दिवस ६० भन्दा बढी देशहरूमा मनाइन्छ । यसको उद्देश्य पुरुषहरूको स्वास्थ्य, जेंडर रिलेशन बढाउन, समानता बढाउन र उनीहरूमा सकारात्मकता बढाउनु हो। २०१ ७मा अन्तर्राष्ट्रिय पुरुष दिवसकाे  थीम  सेलिब्रेट मेन एंड बोयज रहेकाे थियाे ।

अन्तर्राष्ट्रिय महिला दिवस विश्वव्यापी रूपमा कसरी मनाइन्छ ?
धेरै देशहरूमा यस दिनमा राष्ट्रिय बिदा घोषणा गरिन्छ। रसिया र अन्य धेरै देशहरू महिला र पुरुषहरू एक अर्कालाई फूल दिएर मनाउने हुनाले ति देशहरूमा फूलहरूको मूल्य  बढ्ने गर्द छ । नेपालमा पनि महिलालाइ बिदाँ दिइन्छ । अमेरिकामा मार्च महिना महिला इतिहास महिनाको रूपमा मनाइन्छ।