Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • सरकारका दुई वर्ष: तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण

सरकारका दुई वर्ष: तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण

alt
  • फागुन ४, २०७६
  • ब्लाष्ट खबर
 
काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई वर्षमा तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण भएको छ । सरकारले पूर्वाधार विकासमा उच्च प्राथमिकता दिँदा गत वर्ष झण्डै एक हजार किमी सडक निर्माण भएको थियो गत वर्ष नै सडक विभागले २४३ पुल निर्माण सम्पन्न भएको थियो ।
सडक विभागले चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्रै ४१ वटा सडक पुल निर्माण सम्पन्न भएको जानकारी दिएको छ । पहिलो चौमासिकमा पाँच पुल सम्पन्न गर्ने लक्ष्य लिइएकामा त्योभन्दा सात गुणाबढी सम्पन्न भएको सडक विभाग, पुल महाशाखा प्रमुख दीपक भट्टराईले बताए । चालू आवमा ३०० सम्पन्न गर्ने लक्ष्य लिएको छ । उनले भने, “हाल झण्डै एक हजारभन्दा बढी पुल निर्माणाधीन भएकाले लक्ष्यमा पुगिन्छ भन्ने लागेको छ ।” पछिल्लो दुई वर्षमा नै तीन हजार ५७९ किमी सडक ग्राभेल भएको सडक विभागको तथ्याङ्कले देखाएको छ । सरकारले नयाँ सडकमा एक लेनको निर्माण नगर्ने दुई वर्ष पहिले निर्णय गरेको थियो । नयाँ निर्माण भइरहेका सडक दुई लेन वा त्योभन्दा बढी लेनमा निर्माण भइरहेको र पहिले निर्माण भएका सडकको स्तरोन्नतिको काम भइरहेको छ । पूर्व–पश्चिम राजमार्गलाई उच्च गति तथा क्षमताको चार तथा छ लेनको राजमार्गमा स्तरोन्नति गर्ने काम शुरु भएको छ । धुलिखेल–सिन्धुली–बर्दिवास सडक पनि विस्तारको योजना बनिरहेको आयोजना निर्देशनालयले जनाएको छ । उपत्यका भित्रने र बाहिरिने मुख्य नाकाका रुपमा रहेको नागढुङ्गा–नौबिसे सडक चारदेखि छ लेनमा स्तरोन्नति भइरहेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । उनले भने, “धेरै सडक खण्डमा विस्तारको कामलाई हामीले प्राथमिकता दिइरहेका छौँ ।” सडक यातायातमा नयाँ युगको शुरुआतका रुपमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण शुरु भएको छ । प्रधानमन्त्री ओलीले गत कात्तिकमा सुरुङमार्गको शिलान्यास गरे । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ऋण सहयोगमा निर्माणाधीन सो पुलको अवधि सम्झौता भएको दिनदेखि ४२ महिना रहेको छ । निर्माण कम्पनीले निर्माणस्थल सम्माउने, आवश्यक सामग्रीको व्यवस्थापनसँगै निर्माणका काम शुरु गरिसकेको विभागले जनाएको छ । उक्त परियोजनाअन्तर्गत नै दुई ठाउँमा फ्लाईओभर र पहुँच सडकको निर्माण हुँदैछ । सरकारले थानकोट–चित्लाङ, खुर्कोट–चियाबारी, फेदीखोला–नयाँपुल र सिद्धबाबा (बुटवल) मा सुरुङमार्गको अध्ययन शुरु भएको छ ।
सिद्धबाबा सुरुङका लागि सरकारले चालू आवकै बजेटमा रु १० अर्ब बजेट नै विनियोजन गरिसकिएकोे छ । राष्ट्रिय गौरवका आयोजनामा सडकका आयोजनाको काम धमाधाम अघि बढेको छ । यसमध्ये मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा आवको पहिलो छ महिनामा २८ किमी सडक कालोपत्र भएको छ भने पाँच पुल सम्पन्न भएको छ । ३४ किमी सडकको ठेक्का सम्झौता भइसकेको र ५५ किमी सडकको ठेक्का व्यवस्थापन अन्तिम चरणमा रहेको अर्थ मन्त्रालयको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।
सोही समीक्षाका आधारमा हुलाकी राजमार्गमा गत आवमा २७० किमी सडक कालोपत्र, ३२५ किमी ग्राभेल भएको थियो भने ८१ पुल सम्पन्न भएको थियो । चालू आवमा ९३ किमी कालोपत्र ५० किमी ग्राभेल र पाँच पुल सम्पन्न भइसकेको छ । काठमाडौँलाई तराईसँग जोड्ने सबैभन्दा छोटो सडक काठमाडौँ–तराई द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन सरकारबाट स्वीकृत भएसँगै नेपाली सेनाले ठेक्कामार्फत निर्माण शुरु गरिरहेको छ । हालसम्म ९७ प्रतिशत रुख कटान र जग्गा अधिग्रहण सकिएको छ भने ८७ प्रतिशत माटो कटानको काम सकिएको छ ।
उत्तर–दक्षिण करिडोरअन्तर्गत कोशी करिडोरमा १० किमी सडक चौडा गर्ने र दुई दशमलव सात किमी सडक ग्राभेल सम्पन्न भएको छ । कालीगण्डकी करिडोरमा हालसम्म बेनी–जोमसोम कोरला खण्डको १८६ किमी ट्रयाक खोलिइसकेको छ । मालढुङ्गा–राम्दी–गैँडाकोट खण्डमा पनि ट्र्याक खोल्ने काम भइरहेको छ । कर्णाली करिडोरका कठिन भूबनोवट भएका खण्डबाहेक ट्रयाक खोल्ने काम भइसकेको छ । हालसम्म पनि सडक सञ्जालले नछोएको हुम्ला जिल्ला सदरमुकामलाई चालू आवभित्रै सडक पु¥याइने लक्ष्य लिइएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनले भने, “ढिलोमा असोजसम्ममा ट्रयाक खोलिसकिने आयोजना निर्देशनालयले जानकारी दिएको छ ।” सडक यातायात र हवाई यातायात मात्रै यातायातको माध्यम भइरहेकामा रेल यातायात पनि त्यसमा थपिँदैछ । यही वर्ष भारतको जयनगरदेखि नेपालको विजलपुरासम्म नेपालको आफ्नै रेल सञ्चालन हुने गरी काम भइरहेको छ । धनुषाको कुर्थासम्म रेलमार्ग सञ्चालनका लागि भारत सरकारले लिग निर्माण गरिसकेको छ ।
नेपाल सरकारले दुई सेट रेल खरिद गरेको छ । भारतको सरकारी कम्पनीमार्फत खरिद गरिएको सेट निर्माण सम्पन्न भइसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनका अनुसार केही दिनभित्रै रेल आइपुग्नेछ । उनले भने, “रेलमार्ग भएरै ल्याउनुपर्ने भएकाले उपयुक्त समय कुरिरहेका छौँ ।” सरकारका यी दुई वर्षमा कुर्था–जयनगर रेल सञ्चालनको तयारी भइरहेको छ भने पूर्व–पश्चिम रेलमार्ग र काठमाडौँ–केरुङ रेलमार्गको प्रारम्भिक अध्ययन सकिएको छ । अध्ययन पूरा भएका आयोजना निकट भविष्यमा नै निर्माण शुरु हुने बताइएको छ । सरकारले रेलमार्ग निर्माणलाई महत्व दिएको छ । भारत सरकारसँग विगतका वर्षमा भएको सम्झौतानुसार भारतीय सीमाबाट नेपालका महत्वपूर्ण औद्योगिक तथा व्यापारिक क्षेत्र जोड्ने र चीनबाट काठमाडौँ जोड्ने गरी रेलमार्ग निर्माण कार्यको अध्ययन सम्पन्न भएको छ ।
गत वर्ष नै प्रधानमन्त्री ओलीले एकान्तकुनास्थित नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको थियो । भारतले निर्माण गरेको आन्तरिक जलमार्गको प्रयोग गरी समुन्द्रसम्म पुग्न नेपालको आफ्नै राष्ट्रिय ध्वजावाहक पानीजहाज सञ्चालन गर्नसक्ने गरी भारतसँग सहमति भइसकेको छ । हालै मात्र नारायणी नदीमा क्रुज सञ्चालनको सफल परीक्षणसमेत भइसकेको छ ।
पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले देशभरबाट तुइन विस्थापित गर्ने निर्णय गर्नुभएको थियो । सोहीअनुसार झोलुङ्गे पुल निर्माण अघि बढेको छ । सरकारले सोही कार्यक्रमअन्तर्गत १२५ वटा तुइन झोलुङ्गे पुल निर्माण गरेर विस्थापित गरिसकेको छ । पूर्वाधारतर्फ नै सरकारले खानेपानीको विस्तार र ढल विस्तारलाई समेत प्राथमिकता दिइरहेको छ । बितेका दुई वर्षमा तराई–मधेशका २० जिल्लामा ४११ किमी ढल निर्माण गरिएको थियो । झण्डै दुई दशक पहिले निर्माण शुरु भए पनि अझै सम्पन्न हुन नसकेको मेलम्ची खानेपानी आयोजनाका काम अन्तिम चरणमा पुगेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत बिहीबार श्वेतपत्र जारी गर्दै असारसम्ममा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आइपुग्ने प्रतिबद्धता जनाएको छ । मेलम्ची खानेपानी विकास समितिले आयोजनाका बाँकी कार्य यसै आवभित्र सम्पन्न गर्ने गरी काममा तीव्रता दिइएको छ । यसअघि आयोजनाको निर्माण काम गरिरहेको इटालियन कम्पनी सिएमसीले काम अलपत्र छाडेर जाँदा आयोजना फेरि एकपटक अन्योलमा परेको थियो ।
मन्त्रालयले गत वर्ष खुला प्रतिस्पर्धाबाट चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई बाँकी काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९५ दशमलव १२ प्रतिशत रहेको छ भने वित्तीय प्रगति ८९ दशमलव सात प्रतिशत रहेको छ । आयोजनाको १४ वटा गेटमध्ये नौ वटा सम्पन्न भइसकेका छन भने मुख्य सुरुङगको अन्तिम काम (फिनिसिङ) ६० प्रतिशत सकिएको छ । हालका लागि बाँधका सबै काम सम्पन्न नहुने भए पनि अस्थायी बाँधबाट पनि असारमै पानी काठमाडौँ ल्याइने उहाँले बताउनुभयो । “असारमै अस्थायी बाँधबाट काठमाडौँवासीले मेलम्चीको पानी पाउनेछन्”, उहाँले भन्नुभयो, “सबै काम कम्पनीले असोजसम्ममा सक्ने लक्ष्य लिएको छ ।” मेलम्चीको पानी आएपछि बढ्ने फोहर पानीको व्यवस्थापनका लागि चार ठाउँमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गर्ने सरकारको योजना छ । यसमध्ये गुहेश्वरीमा सम्पन्न भइसकेको छ भने बालकुमारी र सूर्यविनायकमा शुरु भएको छ । गुह्ेश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर क्षमताको अत्याधुनिक प्रशोधन प्रणालीसहितको फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको छ । 
  • सडक
सम्बन्धित समाचार
भन्सार छलीका ३ लाख ६२ हजार बढीका लत्ताकपडा बरामद

विजयपुर । सुनसरीको बर्जु गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले भन ...

खसीको राजखानी देखाएर बाख्रा बेच्छन् मासुपसलेहरूः स्थानीय सरकार किन मौन ?

मासु व्यापारीले भनेको मूल्य तिरेपछि ग्राहकले आफूले चाहेको मासु पाउनुपर्छ, प ...

विधिलाई फलो गर

जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटना यतिबे ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
भन्सार छलीका ३ लाख ६२ हजार बढीका लत्ताकपडा बरामद
भदौ १, २०८३
खसीको राजखानी देखाएर बाख्रा बेच्छन् मासुपसलेहरूः स्थानीय सरकार किन मौन ?
भदौ १, २०८३
विधिलाई फलो गर
भदौ १, २०८३
आजको राशिफलः २०८३ साल भदाै १ गते साेमबार
भदौ १, २०८३
अरमान अली सम्मानित
साउन ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणः प्रेस स्वतन्त्रता र राज्यको नियत
साउन ३१, २०८३
भद्रपुरमा मारवाडी महिलाको तीज
साउन ३१, २०८३
विजयपुर क्षेत्रबाट हटाइएको चिण्डो पुनस्र्थापित गर्न दबाव
साउन ३१, २०८३
कोलम्बियामा शक्तिशाली भूकम्प, मृतकको संख्या २९४ पुग्यो
साउन ३१, २०८३
धरानदेखि तमोर करिडोर हुँदै पाँचथर जाने यात्रुवाहक बस दुर्घटना
साउन ३१, २०८३
इन्डोनेसियाको फ्लोरेसमा शक्तिशाली भूकम्प, ५१ जनाको मृत्यु
साउन ३१, २०८३
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई
साउन ३१, २०८३
दक्षिणी लेबनानमा इजरायली आक्रमण, ११ जनाको मृत्यु
साउन ३१, २०८३
पत्रकारको विरोधः व्यक्ति कि कानून लक्षित ?
साउन २९, २०८३
कोशी सरकारमा सहभागी हुँदै नेकपा : ४ मन्त्रालयका लागि ‘नयाँ र पुराना’ बीच रस्साकस्सी
साउन २८, २०८३
भन्सार छलीका ३ लाख ६२ हजार बढीका लत्ताकपडा बरामद
भदौ १, २०८३
खसीको राजखानी देखाएर बाख्रा बेच्छन् मासुपसलेहरूः स्थानीय सरकार किन मौन ?
भदौ १, २०८३
विधिलाई फलो गर
भदौ १, २०८३
आजको राशिफलः २०८३ साल भदाै १ गते साेमबार
भदौ १, २०८३
अरमान अली सम्मानित
साउन ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणः प्रेस स्वतन्त्रता र राज्यको नियत
साउन ३१, २०८३
भद्रपुरमा मारवाडी महिलाको तीज
साउन ३१, २०८३
विजयपुर क्षेत्रबाट हटाइएको चिण्डो पुनस्र्थापित गर्न दबाव
साउन ३१, २०८३
कोलम्बियामा शक्तिशाली भूकम्प, मृतकको संख्या २९४ पुग्यो
साउन ३१, २०८३
धरानदेखि तमोर करिडोर हुँदै पाँचथर जाने यात्रुवाहक बस दुर्घटना
साउन ३१, २०८३
इन्डोनेसियाको फ्लोरेसमा शक्तिशाली भूकम्प, ५१ जनाको मृत्यु
साउन ३१, २०८३
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई
साउन ३१, २०८३
दक्षिणी लेबनानमा इजरायली आक्रमण, ११ जनाको मृत्यु
साउन ३१, २०८३
पत्रकारको विरोधः व्यक्ति कि कानून लक्षित ?
साउन २९, २०८३
कोशी सरकारमा सहभागी हुँदै नेकपा : ४ मन्त्रालयका लागि ‘नयाँ र पुराना’ बीच रस्साकस्सी
साउन २८, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क