मिलेनियम च्यालेन्ज कर्पोरेशन एक स्वतन्त्र अमेरिकी वैदेशिक सहायता निकाय हो । यसले विश्वका करिब ७० देशमा आफ्नो पखेटा फिँजाएको छ । यसले विश्वव्यापी गरिबी विरुद्धको लडाइँको अगुवाइ गर्न सघाएको छ । यसलाई छोटकरीमा एमसीसी भन्ने गरिन्छ । एमसीसी सम्बन्धी धेरै लेख मैले पढेँ । ब्लाष्ट दैनिकलाई धन्यवाद छ । समसामयिक विषयका लेखहरू प्रकाशन गरेर जनचेतना जागृत गरेको छ । ब्लाष्ट पूर्वको पत्रकारिताको सूर्य पनि हो । यसको लोकप्रियता राम्रो छ ।

यस लेखमा मैले अलि बेग्लै ढङ्गले लेख्ने जमर्को गरेको छु । कुनै पनि स्वाभिमानी देशभक्तले एकछाक मात्र खाएर भए पनि कसैको दासत्व स्वीकार गर्दैन । अमेरिका पनि कुनै जमानामा ब्रिटेनको उपनिवेश थियो । ब्रिटिसहरूले तयार पारेको चिया भरिएको जहाजलाई समुद्रमा डुबाइ दिए । त्यहाँबाट अमेरिकनहरूमा स्वतन्त्रताको लडाइँ शुरु भयो । कुनै पनि देशको देशभक्त कहिलै मर्दैन । त्यसैले नाटककार समले लेख्नु भएको छ ‘देश भक्तिता मर्दैन चुत्थै देश भए पनि, पति भक्तिता मर्दैन पापी पति भए पनि ।’ अङ्ग्रेजसँगको युद्धमा नालापानी गढमा भक्ति थापाले देखाएको वीरताको प्रशंसा गर्दै अङ्ग्रेज कमाण्डरले आएर चीतामा दोसल्ला ओढायो । अमरसिंह थापाले भने ‘खैँ मेले लडाइँ हारेको, मेरो शरीरमा अझै रगत बाँकी छ ।’

अरूता के कुरा गर्नु जङ्गबहादुरलाई चाकडीबाट खुशी भएर अङ्ग्रेजले दश लाख र ब्रिटिश सेनाको मानार्थ जनरल दिँदा पनि नलिएर ४ ओटा जिल्ला बाँके, बर्दिया, कैलाली, कञ्चनपुर (नयाँ मुलुक) बक्सिस लिएर देशलाई फाइदा दिलाए । सन् १८१६ भन्दा अगाडि नेपालको भूमि पश्चिममा किल्ला काङ्गडा देहेरादून भन्दा पूर्व पर्दथ्यो । बद्रीनाथ मन्दिर नेपालकै थियो । देहेरादूनमा अमरसिंह थापाको शालिक अझै छ । दक्षिणमा गङ्गा नदी । दिल्ली छेउ पानीपथमा अङ्ग्रेजहरूसँग नेपालको युद्ध भएको थियो । पूर्वमा टिष्टा नदी, टिष्टा बजारभन्दा करिब १ किलोमिटर पूर्व दार्जिलिङतिरबाट रङ्गीन नदी र पूर्व सिक्किम नाम्चीबाट टिष्टा नदी बगेर आएको दोभानमा नेपालको किल्ला नदी किनारमा अझै छ । त्यति बेलाको नेपाल हालको भन्दा ३ दोब्बर ठूलो थियो । अन्तिम राणा प्रधानमन्त्री मोहन शम्शेरलाई ब्रिटिशहरूले भारत छोडेर जाने बेलामा ‘तिमीहरू आफ्नो जमिन लेऊ’ भन्दा मोहन शम्शेरले बाठा र पढेका मानिस आउँछन् भनेर लिएनन् । त्यसैले आज इतिहासले उनीलाई गद्दार भन्दछ ।

पञ्चायती कालको अन्तिम प्रधानमन्त्री मरिचमान सिंहलाई भारतले एउटा पत्र पठायो । नेपालको परराष्ट्र नीति हेर्ने अधिकार भारतलाई दिएमा नेपालको जन आन्दोलन दबाई दिने । तर, राजा र प्रधानमन्त्री दुवैले स्वीकार गरेनन् त्यसैले राजा वीरेन्द्रले संवैधानिक राज बस्ने घोषणा गर्नुभयो । अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पनि भारत भ्रमणको बेलामा त्यही चिठ्ठी पेश गरियो । सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा भारतले फेरि त्यस्तै चिठ्ठी पठायो । बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा भनेका कुरा सबै हुबहु छापेको थियो भने काङ्ग्रेसको भारतसँगको सम्बन्ध कहिले पनि राम्रो हुने थिएन अरे । बीपीको आत्मामा कति चोट परेको रहेछ । यसबाट थाहा लाग्छ । बीपी कोइराला राष्ट्रवादी हुनुहुन्थ्यो ।

सुन्दरी जल सङ्ग्रहालयमा भएका दुई ओटा कोटमा कालो कोट प्रचण्डले सोकेसबाट निकालेर लगाउनु पनि भयो अरे, पछि त्यहाँ भएकी महिला कर्मचारीले आपत्ति जनाउनु पनि भयो । मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला भारतले भ्रमणको निम्तो पनि दिएन । अरूता के कुरा औषधि उपचार गर्न सिङ्गापुर जाँदा भारतले दिल्ली एयरपोर्टमा भिआईपी ट्रिटमेन्ट दिदैनौं भनेपछि प्लेन काठमाडौंबाट सोझै सिङ्गापुर गयो । फर्कदा थाइल्याण्ड भएर काठमाडौं आउनुभयो । कम्बोडियाका राजा नरोत्तम सिंहानुकले एउटा किताब लेख्नु भएको छ । ‘म कसरी सिआईएको शिकार बने’ ।

अमेरिकाले गरेको व्यवहार हेर्नुहोस् सद्दाम हुसेन, कर्णेल गद्दापी आदिलाई । यी उदाहरणमात्र हुन्, यस्ता धेरै घटनाहरू छन् । उहिले पहाडका सामन्तीहरूले गरिबलाई ऋण दिन्थे सयमा ० थपेर एक हजार पार्दथे, तिर्न नसकेपछि । १६ वर्षे छोरी मागेर ६० वर्षको मान्छेले विहे गर्दथ्यो । यो सामन्ती प्रथा हो । अमेरिकाको नीति पनि विश्वमा यस्तै हो । भियतनाम युद्धका बेला नेपालमा सैनिक अखडा राख्न जमिन मागेको थियो । तर राजा महेन्द्रले दिएनन् पछि थाइल्याण्डमा सैनिक अखडा राख्यो । थाइल्याण्डमा वेश्यावृत्तिको शुरुवात भयो । १२ वर्षका केटीहरू पनि डलरको लोभमा वेश्यावृत्तिमा लागे । अमेरिका सहयोग पनि गर्ने र दासत्व पनि स्वीकार गराउने ।

अब नेपालको वर्तमान राजनीति बारे चर्चा गरौं । नेपालमा हालमा त्यस्तो कुनै कार्यालय छैन जहाँ भ्रष्टाचार नभएको नहोस् । बकुल्लाहरूले माच्छा, भ्यागुता जे पनि खान्छन् । अहिले नेपालमा कतिवडा काण्ड भए, सुनकाण्ड, सेडिकेट काण्ड, उखु काण्ड, निर्मला हत्याकाण्ड, विधेयकहरूको चाङ, ठेकेदार काण्ड, यतिकाण्ड, बालुवाटार काण्ड, मेलम्ची काण्ड, न्याय माग्दा गोली काण्ड, वाइडबडी काण्ड, गुठीकाण्ड, बेला न कुबेला भेनेजुएला, सोल्टी होटल, तरकारी काण्ड, काठमाडौंको धुलो र हिलो, एनसेल काण्ड आदि । ओठे राष्ट्रवादले काम गर्दैन । हालमा ४ कुरा कन्ट्रोल गरे अहिलेको आम्दानी दोब्बर हुन्छ । (१) मालपोत कार्यालय, (२) अन्तःशुल्क, (३) भन्सार कार्यालय, (४) कमिशन र भ्रष्टाचार । देश बनाउन अमेरिकन सहयोग एमसीसी नै चाहिँदैन । एमसीसीबाट आउने परिणाम यही हुन् ।

(१) चितवन, पाल्पा, मुस्ताङ्गमा एमसीसी योजनाको सुरक्षाको लागि ५–१० हजार अमेरिकन सैनिक रहनेछन् । यसरी सैनिक राख्नु भनेको चीनलाई नियन्त्रण गर्न खोज्ने योजना अन्तरगत नै हो । अमेरिकन सेनाले वेश्यावृत्ति बढाउन सक्छ । यो विगतमा प्रभावित भइसकेको छ । योजना लागू भएको स्थानमा कुनै सैनिकले बलात्कार गरेमा नेपालको कानून लाग्दैन । योजना स्थलमा उसको आफ्नै कानून लाग्ने हुन्छ ।

(२) एमसिसीले तैयार पारेको योजनामा नेपालले छलफल गर्न स्वीकृति लिएर मात्र गर्न पाउँछ । यो योजना लागू गर्नलाई भारतको स्वीकृति पनि चाहिन्छ ।

(३) एमसिसी संसद्बाट पारित भएपछि योजना लागू गरेको क्षेत्रमा नेपालको कानून लाग्ने छैन ।

(४) विद्युत् ट्रान्समिसन लाइन र सडक सञ्जाल बजेपछि ती क्षेत्रमा अन्य कुनै देशका योजनाहरू वा सहयोग लागू हुन पाउने छैन । यसो गर्दा चीनले निर्माण गर्न लागेको रेलमार्गमा ठूलो असर पर्न सक्ने सम्भावना पनि हुन सक्दछ ।

(५) एमसिसीका नाममा बैङ्क खातामा नेपालको कानून लागू हुने छैन । शङ्कास्पद बैङ्किङ कारोबार र ब्याज अमेरिकाको आफ्नो खातामा स्वतः सर्नेछ ।

(६) नेपालमा लागू हुने ५५ अर्बका सम्पूर्ण योजनाहरूमा जनशक्ति, भूभाग, त्यसका श्रोत, विद्युत् प्रशारण लाइन, ट्रान्सफर्मर, सडक, लेखापरीक्षण, नीति नियम आदि सम्पूर्ण एमसिसी भित्रको अधिकारमा रहनेछ ।

निष्कर्ष :
(१) काजी लेण्डुप दोर्जेले सिक्किम भारतलाई बुझायो । अहिले उसलाई भारतले खोजखबर पनि गर्दैन अरे ।

(२) डनक्यूजोट, इस्पेनिस लघु उपन्यास हो । डनक्यूजोट अर्धशिल्ली थियो । आफै कल्पना गर्दयो ‘म वीर (प्लष्नजत) हुँ’ भनेर । तर उ दुब्लो र पातलो थियो । संसारमा वीरता प्रदर्शन गर्न पुरानो आर्मर लगाएर दुब्लो घोडामा चढेर घरबाट हिँडेको थियो । सकोपाञ्जा उसलाई समर्थन गर्ने पिछलग्गु थियो । डनक्यूजोटले उसलाई आइसलेण्डको राजा बनाई दिन्छु भनेर लिएर हिँडेको थियो । पछि भतिजोले त्यस्तै वीर बनेर लडाइँ लडेर डनक्यूजोटलाई जितेर घर फर्काएर ल्यायो । यस्तै डनक्यूजोट जस्तै सपना बोकेका नेताहरू नेपालमा नभएका पनि हैनन् । एमसिसी संसद्बाट अनुमोदन होला । तर पछिका पीडितहरूले यी नेताहरूलाई थुक्नेछन् ।

(३) हालमा अग्नि सापकोटालाई सभामुख अगाडि सारेको पनि संसद्मा एमसिसीको फायल पेश गराउने शर्तमा भन्ने कुरा पनि आएको छ ।

(४) कृष्णबहादुर महराले हालमा फेसबुकमा लेखेका छन् ‘मैले नै एमसिसी शुरु गरेको हुँ । पछि कुरा बुझ्दै गएपछि यो त राष्ट्रघाती रहेछ भन्ने बुझेर मैले एमसीसी फायल संसद्मा पेश नगरेको हुँ ।’

(५) विगत प्रधानमन्त्रीहरूले भने :

(क) प्रचण्ड ‘हामी त कठपुतली पो रहेछौं ।’

(ख) बाबुराम भट्टराई ‘देशको चाबी अन्यत्रै रहेछ ।’

(ग) सुशिल कोइराला ‘यो देश माफियाले चलाएको रहेछ ।’
अन्त्यमा भन्नु पर्दा एमसिसीबारे छलफल गर्न नेपाली जनता बीचमा ल्याइयोस् ।