उमेर अनुसारको पोसिलो खाने कुरा सबैलाई चाहिन्छ । त्यसमा पनि बढदो उमेरका सानासाना बालबालिकाका लागि पोषिलो खानेकुरा नभई नहुने र अति नै जरुरी हुन्छ । पहिलेपहिले गाँउ र दुरदराजमा गरिविको कारण मानिसले पोषिलो खाने कुरा नपाएर रोगी र कुपोषित हुने गर्थे । यसमा सबैभन्दा बढी मारमा बालबच्चा हुने गरेका थिए । अहिले गाउँ र शहरमा समेत कुपोषणको कारण बालबालिकामा कहालिलाग्दो समस्या देखिन थालेको छ । पहिले गाउँमा खान नपुगेर कुपोषणको समस्या हुने गरेको थियो । अहिले गाउँ शहर जताततै खान नजानेर बालबालिकामा कुपोषणको महामारमी नै चल्न थालेको छ । यदि समयमा नै यो समस्याको समाधान नखोज्ने हो भने जति नै अस्पताल खोले पनि, जति नै डाक्टर भएपनि र जति नै लगानि गरे पनि समाज रोगी बन्ने पक्कापक्कि भइसक्यो ।
कुपोषणले बच्चाहरु ख्याउटे हुने मात्र होइन कि मोटोपन पनि बढाउँछ । उमेर अनुसारको वजन नहुनु र बढी हुनु दुवै कुपोषणको कारण हो । बालबालिकाको बढदो उमेरका लागि चाहिने पौष्टिक खाद्यन्नको अभावले सारिरिक, मानसिक विकास राम्ररी हुन पाउदैन । रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा विरामि भइरहने समस्या हुन्छ । रोग निको हुन धेरै समय लाग्ने गर्छ । यस्तो अवस्थामा समय र धनको बर्बादी त हुन्छ नै साथसाथै व्यक्ति, परिवारको उत्पाकत्व पनि कम हुन्छ । यसले गर्दा मानिस निरन्तर आर्थिक र सारिरिक समस्यामा पर्ने गर्छन् ।
कुपोषणको समस्या पहिलेभन्दा अहिले बढेर जानुमा खाद्यन्नको अभाव र खाद्यन्नमा मानिसको पहँुच कम भएर होइन । शहरमा बस्ने धनी गरिव सबै परिवारका बच्चामा कुपोषणको महामारी देखिएको छ । गाउँमा पनि यो समस्या विकराल बन्न थाल्यो । यो समस्या ती परिवारमा अभैm धेरै छ जुन परिवार या त अल्छि छन् या त अति व्यस्त । जति नै व्यस्त भएपनि आफ्नो र परिवारको स्वास्थभन्दा ठुलो त केही हुदैन । यसको जड अर्थात मुख्य कारण भनेको बजारे तयारी खाना अर्थात प्याकेटका खानेकुरा हुन् । यस्ता खानालाई जङ्कफुड अथवा गरिष्ठ भोजन भन्ने गरिन्छ । गरिष्ठ भोजनका मुख्य दुई खराबि हुन्छन् । एक– पच्न कठिन हुने, ढिलो पच्ने र नपच्ने । दुई –यस्ता गरिष्ट खानामा पोषक तत्वको सधै अभाव हुने गर्छ । शरिरलाई चाहिने पोषक तत्वको अति न्युनता भएको, ढिलो पच्ने वा नपच्ने खाना खाएपछि के हुन्छ ? जे नहुनु पर्ने हो त्यही हुन्छ ।

गरिष्ठ भोजनको विशेषता
यस्ता खानेकुरा विशेष गरि बालबालिकालाई लक्षित गरि उत्पादन गरिन्छ । बालबालिकाले रुचाउने प्रकारको स्वादमा बनाइन्छ । यस्ता गरिष्ठ भोजन उत्पादन गरि बजारमा ल्याउने कम्पनिहरुले ठुलो धन रासी बिज्ञापनमा खर्चने गर्छन् । विज्ञापनले विशेष गरि बालबालिका र अरुलाई पनि आकर्षित गर्छन् । अझ भाग्यवानीले पाउछन् लाखौं करोडौं भनेर उपहारको लोभ देखाउछन् । गरिष्ठ भोजन तयार गरेर लामो समय प्याकेटमा राख्ने हुँदा यस्ता खानालाई सडन नदिन ‘प्रिजर्भेटिभ केमिकल’को प्रयोग गरिन्छ । यस्ता केमिकलको प्रयोगको सिमा त तोकिएको हुन्छ तर यो सिमाको पालना हाम्रो जस्तो मुलुकमा समान पठाउने र उत्पादन गर्नेले कति नै पो पालना गरेका होलान र ? जब कि बिरामीलाई उपचार गर्ने डाक्टर त कमिशनको लोभमा प्रतिबन्धित फुड सप्लिमेण्ट्रिलाई औषधि भनेर प्रिस्काइप गर्छन् । नाफाका लागि उद्योग चलाउनेहरुले कत्तिको नियम पालना गरेको होलान् ? धेरैै दिन टिक्ने र टिकाउने गरि बजारमा बिक्रिका लागि पठाउने सामग्रिका बारेमा उत्पादकको ध्यान उपभोक्ताको स्वास्थमाभन्दा आफ्ना उत्पादनको आयु धेरै होस् भनेर नै सोच्ने छन् । हेर्नु पर्ने सरकारलाई यसबारेका थाहा पत्तो छैन । पत्तो पाइहालेछन् नै भने पनि यसलाई सजिलै नियन्त्रण गर्न सक्ने छैनन् ।
उपभोक्ता र विशेष गरि बालबालिकालाई केन्द्रमा राखेर उत्पादन गरिएका यस्ता बस्तु बढी स्वादिलो बनाउन बढी नुन, चिनिको प्रयोग गर्ने, फाइबर हटाउने, तेलमातार्ने जस्ता उपक्रम गरिन्छ । बजारमा सजिलै उपलव्ध हुने, पकाउन समय नलाग्ने, पकाउनु नपर्ने, स्वादिला हुने, आकर्षक प्याकेजिङ र प्याकेट, त्यसका पनि उपहारको लोभ । यता बेच्नेलाई सजिलो यस्तो गरिष्ठ प्याकेटका खानेकुरा बेच्दा नै बढी फाइदा हुन्छ । अझ रमाइलो कुरा त के छ भने जति कमशल, पत्रु, गरिष्ठ, अहितकर समान बेच्न सक्यो त्यति बढी नाफा ।
बालबालिका र आफ्नै लागि पनि लिटो, रोटी, चाम्रे, पुवा, खिर, भात, तरकारी, दाल, सातु, दुधदही, मोही, ध्यु, चिउरा, आलु, अण्डा, माछामासु आदि परिकार बनाउन झन्जट गर्नुभन्दा बजारमा गयो चाउचाउ वा यस्तै पत्रु खाना किन्यो, भुलुक्क पानी उमालो । एक छिन छोपिदियो नानी पनि खुसी आपूmलाई पनि फुर्सद । विस्कुट दुईचार प्याकेट किनेर राख्यो आपूmलाई खाजा पनि हुने पाउनाको सत्कार पनि हुने । चिनीका घोल (जुसका प्याकेट, कोल्ड ड्रिङ्स, कोकफेण्टा आदि इत्यादि) घरमा, अफिसमा राखि छाडे बालबच्चा खुसी, पाउनाको सत्कार सम्मान, आपूmलाई पनि सजिलो । यी र यस्तै गरिष्ठ भोजनका धेरै विशेषता छन् । हामी यसैमा मख्ख छौं । अझ यस्ता गरिष्ठ भोजनको प्रयोग गर्न थालेपछि आफ्नो सानमान बढेको अनुभुति गर्छौं । त्यसैले कहिले काँही त देखाउनकै लागि पनि यस्ता बस्तुको उपयोग गर्छौं । विशेष गरि पाउना आउने समयमा र चाडवाडमा ।

बालबालिकाको सानो पेट सानो आन्द्रा
अहिले शहरका हुन वा गाउँका बालबालिका खानाखान उनी मन गर्दैनन् । आफ्नो बच्चाले खाना नखाएकोमा आमाबाबुलाई चिन्ता हुने नै भयो । घरको खाना पटक्कै खान मान्दैन बरु यो त खादैछ भनेर बजारका यस्ता गरिष्ठ खानेकुरा किनिदिने गरेका छौं । बजारमा नानीहरुले कल गर्दा, रुदा फकाउन, साथिसंगीको अगाडि कन्जुस होइनौ भनेर देखिन, देखाउन यस्ता गरिष्ठ खाद्यबस्तु किनेर खान दिन्छौं । कतिपय पाउना जादा वा घरमा पनि अलि समय पछि जादा बच्चालाई मन पर्ने, बच्चा खुसी हुने यस्ता बस्तु किनेर उपहारको रुपमा लगिदिने गरेका छौं । यो कामले बच्चामा के असर परिरहको छ भन्नेचाहीँ ख्याल गर्दैनौं ।
बच्चाको पेट सानो हुन्छ, आन्दा सानो हुन्छ । त्यहाँ खाना धेरै अटाउदैन । जब बच्चाले यस्ता गरिष्ठ भोजन स्वाद मानेर खान्छन् तिनको पेटमा यस्ता खाना पुगेपछि ठाउ खालि हुदैन र खालि हुन धेरै समय लाग्छ । किनकि यस्ता खाना हत्तपत्त पच्दैनन् । पच्न समय लाग्छ । पेटमा भएको खाना नपचेसम्म फेरी अरु खाना खान मन लाग्दैन । आजकलका बच्चा धेरै समय मोबाइलमा झुम्मिन्छन् । खेल्ने ठाउँ र साथिको अभाव हुदै गएको छ । सारिरिक अभ्यास कम हुने भएपछि खाना पच्न समय लाग्ने नै भयो । झन् घरमा बनाएको खानाका बारेमा यस्तो खाना राम्रो हुन्छ, जरुरी छ भनेर फाइदा सम्झाउदै खुवाउनुको सट्टा गालि गर्न थाल्यौं भने बच्चा तनावमा हुन्छन् । तनावमा भएको कारणले पनि खाना पच्न झन् बढी समय लाग्छ । ढिलो गरि पच्ने यस्ता गरिष्ठ भोजनमा बच्चालाई चाहिने प्रयाप्त पोषण तत्व हुदैन । सन्तुलित र प्रकृतिक आहारका श्रोतहरुबाट कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल र खानालाई पचाउन फाइबर प्राप्त हुन्छ । भोजनलाई स्वादिष्ट पार्न फाइबर हटाउने चलन छ । यो प्रकृतिको नियम बिपरित छ । फाइबर हटाएपछि खान स्वादिलो त हुन्छ तर नपच्ने वा पच्न धेरै समय लाग्ने गर्छ ।
बच्चालाई पटकपटक सम्झाउने, आपूmले पनि गरिष्ठ भोजनको प्रयोग नगर्ने, कहिलेकाही सिमित मात्रामा सम्झाएर यस्ता भोजन दिने तर दिदा आज तिमिले गरिष्ठ खाना खादैछौ भनेर सम्झाउने अभ्यास कामलाग्दो हुन्छ । यो मेरो आफ्नै अनुभव हो । घरमा ५ वर्ष पुगेकी नातिनीसँग मैले यो अभ्यास गरेर सफल भएको छु ।
चिनी, नुन, मैदा, पलिस गरेको सेतो चामल सकेसम्म थोरै खानुपर्छ । पटकपटक उमाल्दै सेलाउदै गरेको तेलमा पकाएको, तारेको, आगोमा पोलेको खानेकुरा पनि राम्रो होइन । तर बजारमा यस्तै चिजको बढी प्रयोग भएका बस्तुको बाहुल्यता छ । बजारमा पाइने सबै प्रकारका जुस र कोल्डड्रिङ्स चिनीका घोल हुन् । यसमा कृतिम फ्लेवरको मिसावटले कसैलाई के कसैलाई के भनिएको हो । चाउचाउ, मैदा र नुन मिसाएर तेलमा तारिएको खाना हो । सबै प्रकारका चक्लेटमा चिनिको मात्रा धेरै हुन्छ । यी र यस्ता सबै गरिष्ठ खाना पेट र शरिरका लागि होइन जिब्रो र आँखाको लागि बनाइएका हुन् । शरिरको सन्तुलन ठिक राख्न पेट खुसी हुनुपर्छ । पेटलाई चाहिएको सन्तुलित खाना दिनु पर्छ । कार्बोहाइड्रेडको श्रोत चामल (भरसक पलिस नगरेको)गहुँ, मकै, जौ, आलु, फापर, कोदो, तरुल आदि । प्रोटिनको श्रोत चिल्लो, दुध, ध्यु, पनिर, दुध, दही, भटमास, माछा, मासु, अण्डा, सुख्खा फल, गेडागुृडी आदि । भिटामिन र मिनरलको श्रोत हरियो पहेलो सागसब्जि, तरकारी, फलपूmल, गेडागुडी आदि । फाइबर यिनै खाध्य बस्तुमा प्रकृतिले दिएको हुन्छ । तर फाइबर हटाएर स्वादिलो बनाएर खादा पच्न मुस्किल हुन्छ । जस्तै बट्टाको जुस भन्दा ताजा फलको जुस राम्रो, त्यो भन्दा सिंगो फल राम्रो । जुस बनाउन फलमा भएको फाइबर हटाइन्छ । झन बट्टाको जुस त चिनिको घोलमा कृतिम फ्लेवरको मिसावट हो ।

गरिष्ठ भोजनको किन बिगबिगि छ ?
मानिसको व्यस्तता बढेसँगै कहिलेकाँही बेलाबेलामा तयारी खानाको जरुरी सबैले महशुस गरे । बनाउने झन्जट नपर्ने, बोकेर लैजान सजिलो हुने, सजिलै खानपिउनका लागि तयार हुने, समयको बचत हुने जस्ता कारणले व्यस्त समाजले तयारी खानाको आवश्यकता बोध ग¥यो र केही यस्ता उत्पादन शुरु भए । सजिलोको लागि त्यसलाई सहजै अपनाउदै लगियो । यस्ता खाना प्रयोग गर्नै नहुने होइन । खान मिल्छ, खान हुन्छ, खुवाउन हुन्छ । तर कति खाने, कहिलेकहिले खाने, कसलाई खुवाउने, यसको आवश्यकता कति हो, यसमा पोषण तत्वको अवस्था कस्तो छ आदि बारेमा सचेत भएर प्रयोग गर्दा धेरै बेठिक हुदैन । तर हामी र हाम्रो समाजले यसको सिमा नै देखेन । सरकारले यसको नकारात्मक प्रभाव बुझ्ने र यसलाई नियन्त्रण गर्ने प्mुर्सद नै पाएन । नाफाका लागि यस्ता बस्तु उत्पादन गर्ने कम्पनिले उपभोक्तामा कस्तो असर परेको छ भनेर हेर्ने कुरै भएन ।
यो महामारी अर्थात कुपोषणको महामारीबाट बच्न सरकारले गर्न सक्ने काम थालि हाल्नु पर्छ । पहिलो चरणमा यस्ता बस्तुको विज्ञापनमा रोक लगाउनु पर्छ । अझ उपभोक्तालाई आकर्शित गर्न हुदै नभएका कुरा जोडेर विज्ञापन गर्ने गरिन्छ । जस्तै इनर्जी ड्रिङ्स, चाउचाउ, बिस्कुटलाई शक्ति बर्धक भनिन्छ । झन् हर्लिक्सले त ब्रेन तेज पार्छ, उचाई बढाउछ भनेर सरासर झुट बिज्ञापन गरेर उपभोक्ताको दिमाग भुटने काम गरेको छ । चिनीका घोलबाट बनेका जुस, कोल्डड्रिङुसको बिज्ञापन रोक्नु जनहितमा हुन्छ । पहिलेपहिले सुर्ति जन्य बस्तु र मदिराको विज्ञापन खुव गरिन्थ्यो । अहिले त्यो बन्द भएको छ । सार्वजनिक स्थानमा सेवन गर्न रोक लगाइएकोछ । यसले स्वास्थलाई हानी गर्छ भनेर लेख्न लगाइएको छ । यस्ता बस्तु उपहार दिन नपाइने नियम छ । यसले मानिसमा एक प्रकारको चेतना विस्तार भएको छ ।
सरकारले सन्तुलित एवं स्वस्थकर खानाको बारेमा र तिनको श्रोतको जानकारी दिन कन्जुस्याई गर्नुहुन्न । सञ्चारमाध्यामबाट पोषण युक्त खाद्य परिकारको विज्ञापन धेरैभन्दा धेरै दिनु पर्छ । विशेष गरि स्कुलको नजिकमा, अस्पतालको क्याण्टिनमा यस्ता बस्तुको बिक्रिलाई प्रोत्साहित गर्नुपर्छ । गरिष्ठ खाद्यबस्तुको प्रयोग नहुने, नबेच्ने स्थानिय उत्पादनको प्रयोग गरेर सन्तुलित र पोषणयुक्त खाजा र खाना खुवाउने होटल र खाजा घरलाई विशेष प्रोत्साहन गर्नुपर्छ ।
गरिष्ठ खाद्यबस्तु स्कुलको नजिकमा बेच्न रोक लगाउनु पर्छ । भएका उत्पादन तोकिएको गुणस्तर भएनभएको निरन्तर खवरदारी गर्नुपर्छ । अहिले नाममात्रको निगरानि हुने गरेको छ । विदेशबाट आउने यस्ता बस्तुमाथि पुर्ण प्रतिबन्ध लगाउनु पर्छ । स्वदेशमा यस्ता बस्तुको उत्पादनको सिमा अर्थात कोटा तोक्नुपर्छ । कर बढाएर पनि निरुत्साहित र नियन्त्रण गर्न सकिन्छ ।
बजारमा गरिष्ठ खानाको बोलवाला बढी रहने, यसमा उपभोक्ताको आकर्षण आकर्षण कम नहुने, केही सिमित देशिविदेशी कम्पनिको नाफा र तिनले सरकारलाई बुझाउने राजस्वको भरमा यस्तो चलनलाई छाडा छाडिदिने हो भने जनताको पैसा त उपचारमा जाने नै भयो सरकारले पनि जति नै अस्पताल बनाए पनि भविष्यमा स्वास्थ नागरिक पाउन मुस्किल हुनेछ ।