धरान / रुपन्देही जिल्लामा पर्ने लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् । रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन् । त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको बताइन्छ ।

lum7
उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष राजसी सुखमा बिताए । तर पनि उनी सदा संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारण के होला भनी चिन्तित रहन्थे । यही दुःख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिदाहा भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे । बोधगया भन्ने ठाउँमा एक बृक्षको मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यकसम्वोधि प्राप्त भयो र त्यसपछि उनी सम्यक सम्बुद्ध कहलाइएको इतिहास पाइन्छ ।
बुद्ध धर्मका प्रणेता शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मेको यो पावभूमी अहिले संसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरु बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्धि कमाएको छ । lum15
सन् १९९७ देखि यो स्थल विश्व सम्पदा सूचीमा समेत सूचिकृत गरिएको छ । हरेक वर्ष संसारभरबाट लाखौंको संख्यामा तिर्थालुहरु पर्यटकहरु तथा अध्ययेताहरु लुम्बिनीको भ्रमण गर्छन् । ९ वटा देशले यस स्थानमा विहार बनाएका छन् ।
ल्ुम्विनीमा अवलोकन गर्ने एतिहासिक तथा पुरातात्विक महत्वमा स्थानहरु छन । अशोक पिललर, मायादेवी मन्दिर , विभिन्न देशले बनाएको विहार, संग्राहहलय, सेन्ट्रल क्यानल, पार्कहरु, शान्ति स्तुपा, खअण्ड शान्ति दिप लगायत रहेका छन । lum13
लुम्विनीमा मात्रै भ्रमण अवलोकन गर्नको गर्नको तीन दिनको समय छुटाउनु पर्ने होटल व्यवासी प्रेम क्षेत्रीले बताए । वाहिरबाट आउने गाईडहरुले मायादेवी मन्दिर, अशोक पिल्लर शान्ती स्तुपा र केही विहारहरु मात्र घुमाउने गरेको उनिहरुको भनाई छ ।
पर्यटकको लागी खान वस्नको लागि लुम्विनीमा सुविधा सम्पन्न होटलहरु रहेका छन । ३ स्टार लेवलको स्तरीय होटलदेखी सामान्य होटल गरी ३ तिन दर्जन भन्दा वढि लुम्विनी मै होटल रहेको होटल व्यवसायीसमेत रहेका क्षेत्रीले बताए । lum14
लुम्विनी गुरुयोजनाले एक हजार १५५ बिघा क्षेत्रफल जमीन ओगटेको छ । लुम्बिनीको तीन वर्ग माइल जमीनलाई उद्यान क्षेत्र, अन्तर्रा्ष्ट्रिय विहार क्षेत्र र नयाँं लुम्बिनी ग्राम गरी तीन भागमा विभाजन गरिएको छ । एक अर्ब २७ लाख ६० हजार लगानीमा संसारकै सुन्दर स्थल बनाउने काम भइरहेको छ । यहिले पनि त्यहाँ जुग्दा जो कोही स्वर्गमा पुगेको अनुभूति गर्ने गरेको पाइन्छ । ‘यहाँ आए पछि त फर्केर जानै मन नलाग्ने । यहाँका अनुपम सुन्दरताले मनमा आनन्द मिलेको विराटनगरबाट साथीहरुसँग घुम्न पुगेकी रञ्जना देवले बताइन । lum1 lum lum3 lum4 lum2 lum5 lum6 lum7 lum8 lum9 lum10 lum11 lum12