ताप्लेजुङ/ लिम्बूवानका अन्तिम राजा हुन् हिलिहाङ । राजा हिलिहाङ योङहाङ तत्कालीन लिम्बूवानका १७ थुममध्येको एउटा थुम, याङ्वरकको हस्तपुर (यक) गढीका राजा हुन् । वि. सं. १७८३ मा जन्मिएका उनले १८१४ देखि १८४२ सालसम्म २८ वर्ष शासन गरेको इतिहासविद् बताउँछन् ।

उनी १८ औँ पुस्ताका राजा हुन् । तिनै राजा हिलिहाङले राज्य सञ्चालन गरेको दरवारको भग्नावशेष पाँचथरको हिलिहाङ गाउँपालिकामा छ । मेची राजमार्ग अन्तर्गतको हिलिहाङ चौकबाट करि साढे २ किलोमिटर कच्ची सडक पार गरेपछि दरबार पुगिन्छ । पुराताŒिवक महŒवको दरबार जीर्ण हुँदा पनि नजर नपुर्याएका सरकारी निकाय र स्थानीय सङ्घसंस्था अहिले यसको संरक्षण र प्रर्वद्धनमा कम्मर कसेर लागेका छन् । दरबारको उत्खनन, दरबार क्षेत्रमा भौतिक संरचना निर्माणदेखि लिएर विभिन्न किसिमका प्रचारात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको हिलिहाङ फाउण्डेशनका अध्यक्ष हर्क बहादुर योङहाङले जानकारी दिए । ‘२ सय ५० वर्षदेखि लुकेर रहेको दरबारको जीर्णोद्धार, उत्खनन, राजाको मूर्ती निर्माणदेखि लिएर विभिन्न भौतिक संरचना निर्माणको काम गरिरहेका छौँ ।’ अध्यक्ष योङहाङले भने ‘सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयमा दरबारको संरक्षणका लागि अझै पनि विभिन्न कामहरू भइरहेका छन् ।’

सो दरबारको संरक्षण र अन्वेषणका लागि हालसम्म विभिन्न निकायमार्फत् ३ करोडभन्दा बढी खर्च गरिएको उनले बताए । सो रकम पुरातŒव विभाग, पर्यटन मन्त्रालय र हिलिहाङ फाउण्डेसनले दरबार क्षेत्रको पुरातात्विक सम्पदाहरूको भग्नावशेष संरक्षण, जिर्णोद्धार, दरबार क्षेत्र पुग्ने कच्ची सडकसँगै हिलिहाङ खेलमैदान र राजाको शालिक निर्माणमा खर्चेका छन् । यस्तै दरबार क्षेत्रमै राजा हिलिहाङले प्रयोग गरेका हातहतियारसँगै अन्य महŒवपूर्ण सामग्रीहरू सङ्ग्रह गर्न सङ्ग्रहालय निर्माण शुरु भएको छ । फाउण्डेसनका अध्यक्ष योङहाङले निर्माण गरिने सङ्ग्रहालयमा तोप, ढाल, तरबार, निशान, राजाको कन्तुर, हिलिहाङ झण्डालगायतका सामग्रीहरूका साथै विभिन्न जात जाती, भाषा भाषीका मौलिक सामग्रीहरू राखिने बताए । दरबारको प्रचारप्रसार गर्ने उद्देश्यले गत वर्ष सो स्थानमा वैशाख २४ गतेबाट ५ दिने हिलिहाङ महोत्सव सञ्चालन गरिएको थियो । गाउँपालिकाको अगुवाईमा सो महोत्सव गरिएको हिलिहाङ गाउँपालिकाका अध्यक्ष भवानी प्रसाद लिङ्देनले जानकारी दिए । ‘हामीले हिलिहाङ गुरुयोजना नै बनाएर काम गरिरहेका छौँ ।’

गाउँपालिका अध्यक्ष लिङ्देनले भने ‘यस आर्थिक वर्षमा पनि सङ्ग्रहालय, भ्यूटावर निर्माणलगायतका कामका लागि प्रदेश सरकारसँग समन्वय गरिरहेको छ ।’ प्रदेश नं १ सरकारले समेत यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । प्रदेश सरकारले यस आर्थिक वर्षमा पनि विभिन्न शीर्षकमा बजेट विनियोजन गर्ने आफूहरूसँग कुरा भएको गाउँपालिका अध्यक्ष लिङ्लेनले जानकारी दिए । ‘यस आवमा हामीले प्रदेश सरकारसँग मिलेर काम गर्ने तयारी गरिरहेका छौँ । प्रदेशबाट बजेट विनियोजन भएपछि सोहि क्षेत्रमा भ्यू टावर निर्माण गर्ने योजना छ ।’ उनले भने । ऐतिहासिक महŒवको यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा समेत विकास गर्ने लक्ष्यसहित काम भैरहेको उनको भनाइ छ ।

‘हामी गुरुयोजना बनाएरै अघि बढेका छौँ । पहिलो कुरो त पर्यटक भिœयाउनको लागि पूर्वाधार निर्माण गर्नुपर्छ । अहिले त्यही काममा लागेका छौँ ।’ अध्यक्ष लिङ्देनले भने । सो क्षेत्रमा होटल लगायतका अन्य पूर्वाधार निर्माणतर्फ पनि अव कार्यक्रम सञ्चालन गरिने फाउण्डेशनका अध्यक्ष योङ्हाङले जानकारी दिए । उनले दरबार क्षेत्रमा निर्माण गरिने भौतिक पूर्वाधार र पुराताŒिवक सम्पदाहरूको जीर्णोद्धारले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षण गर्ने विश्वास व्यक्त गरे । दरबार क्षेत्रको संरक्षण र भौतिक पूर्वाधारहरूको निर्माणमा सरकारको निकायदेखि विभिन्न संघसंस्थाहरूले ढिलै भए पनि क्रियाशीलता बढाउँदा पुरातात्विक सम्पदाको संरक्षण हुने स्थानीयवासी बताउँछन् ।

को थिए राजा हिलिहाङ ?
राजा हिलिहाङ योङहाङ तत्कालीन लिम्बूवानका १७ थुममध्येको एउटा थुम, याङ्वरकको हस्तपुर (यक) गढीका राजा हुन् । वि. सं. १७८३ मा जन्मिएका उनले १८१४ देखि १८४२ सालसम्म २८ वर्ष शासन गरेका थिए । गोरखाका राजा पृथ्वीनारायण शाहले ससाना राज्यमाथि आक्रमण गर्दै पूर्वी क्षेत्रको छुट्टै राज्य लिम्बूवानमा प्रवेश गर्दा याङ्वरक थुमको हस्तपुरगढीका राजा हिलिहाङसँग १७ पटकसम्म युद्ध भए पनि दुवैतर्फबाट हारजित नभएपछि लिम्बूवानलाई स्वतः अधिकार दिने गरी गोरखा – लिम्बूवानबीच सम्झौता भएको इतिहासविद्हरू बताउँछन् ।

त्यतिबेला हिलिहाङ योङहाङ र उनका सन्ततिले अविच्छिन्न रूपमा हस्तपुर याङ्वरक (यक)मा शासन सञ्चालन गर्न पाउने, शाहवंशीय राजालाई दाजु र लिम्बूवानका राजालाई भाइ मान्ने, केन्द्रीय सरकार गोरखालाई मान्ने, हस्तपुर (याङ्वरक) यकमा तैनाथ सैनिक (तिलिंगा)हरूलाई लाग्ने सम्पूर्ण खर्च राजा हिलिहाङ आफैँले स्वधिकार प्रयोग गर्न पाउने र सम्भावित सबैतिरका आक्रमणलाई दुवै पक्ष मिली परास्त गर्ने सहमति भएको थियो ।

darbar